प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ८/१५ p. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • जीवित परमेश्‍वरको निर्देशन स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • रगतप्रति परमेश्‍वरको दृष्टिकोण
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ८/१५ p. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरूलाई गहिरिएर ध्यान दिनुभयो? दिनुभएको छ भने, निम्न बुँदाहरू पुनः स्मरण गर्न तपाईंलाई रोचक लाग्नेछ:

• यशैया ६५:१७-१९ को “नयाँ आकाश र नयाँ पृथ्वी”-सम्बन्धी भविष्यवाणीको पूर्ति यहूदीहरू निर्वासनबाट फर्कनुमा मात्र सीमित थिएन भनी हामी कसरी पक्का हुनसक्छौं?

किनभने प्रेरित पत्रुस र यूहन्‍नाले सा.यु. प्रथम शताब्दीमा लेखेका कुराले भविष्यमा पूरा हुने कुरालाई औंल्यायो र त्यसमा पूरा हुन बाँकी आशिष्‌हरू समावेश छन्‌। (२ पत्रुस ३:१३; प्रकाश २१:१-४)—४/१५, पृष्ठ १०-१२.

• पुरातन युनानी हिंस्रक अर्धदेवहरूसम्बन्धी कथाहरूको आधार के हुनसक्छ?

यी, जलप्रलयअघि केही स्वर्गदूतहरूले मानव शरीर धारण गरेर पृथ्वीमा हिंस्रक र अनैतिक जीवन बिताउन सुरु गरे भन्‍ने तथ्यलाई बंग्याइएका रोचक कथाहरूजस्ता देखिन्छन्‌। (उत्पत्ति ६:१, २)—४/१५, पृष्ठ २६, २७.

• विवाह समारोहहरूमा परिपक्व मसीहीहरू सतर्क रहनुपर्ने केही खतरा के हुन्‌?

विना रोकटोक प्रशस्त मद्यपान गर्न दिइएको छ र ठूलठूलो स्वरले गीत बजाउँदै, मनपरी नाच्न दिइएको छ भने त्यहाँ अचाक्ली रमझम हुने खतरा हुन्छ। विवाह भोजमा जोसुकै पनि आउनसक्छन्‌ भनी प्रस्ट पारिएको छैन भने निम्तो नपाएकाहरूले विवाह भोजमा सरिक हुनुहुँदैन। ठीक समयभित्र विवाह भोज सिध्यायाउने समयसम्म जिम्मेवार मसीहीहरू उपस्थित छन्‌ कि छैनन्‌, दुलहाले पक्का गर्नुपर्छ।—५/१, पृष्ठ १९-२२.

• भजन १२८:३ मा छोरा-छोरीहरू, टेबल वरिपरि “भद्राक्षका मुनाहरू जस्तै” हुनेछन्‌ भन्‍नुको अर्थ के हो?

प्राय: भद्राक्षको रूखको फेदबाट नयाँ मुनाहरू पलाउने गर्छन्‌। रूख बूढो भएर पहिलेजस्तो फल दिन नसक्ने भएपछि नयाँ मुनाहरू उक्‍त रूखको अभिन्‍न भाग भएर चारैतिर बलिया हाँगाको रूपमा पलाउँछन्‌। त्यस्तै, आफूसँगसँगै छोराछोरीले फल फलाउँदै यहोवाको सेवा गरेको देखेर आमाबाबु रमाउनसक्छन्‌।—५/१५, पृष्ठ २७.

• स्वास्थ्यकर पारिवारिक वातावरणबाट छोराछोरीले पाउने केही लाभ के के हुन्‌?

त्यसले अख्तियारप्रतिको सही दृष्टिकोण, उचित मूल्यमान्यताहरूको मूल्यांकन र अरूसितको असल सम्बन्धमा जग बसालेको हुन्छ। यस्तो वातावरणले तिनीहरूलाई परमेश्‍वरसित मित्रता विकास गर्न पनि मदत गर्नसक्छ।—६/१, पृष्ठ १८.

• सुदूर पूर्वको एउटा देशमा सबै मसीहीहरू भाइभाइ हुन्‌ भन्‍ने भाव जगाउन के गरियो?

केही खास व्यक्‍तिहरूलाई मात्र आदरवाची पदवी प्रयोग गर्ने गर्नुहुदैन बरु, सबैलाई समान रूपले भाइ भनी सम्बोधन गर्नुपर्छ भनेर सम्पूर्ण मण्डलीलाई आग्रह गरियो।—६/१५, पृष्ठ २१, २२.

• के यहोवाका साक्षीहरू रगतबाट बनाइएका औषधीहरू प्रयोग गर्छन्‌?

‘रगतबाट अलग रहनू’ भन्‍ने बाइबलको आज्ञामा सम्पूर्ण रगत अथवा यसका आधारभूत तत्त्वहरू (प्लाज्मा, रातो रक्‍तकोष, सेतो रक्‍तकोषहरू र प्लेट्‌लेट्‌स) क्षेपण गर्नु सबै बिथोलित छन्‌ भन्‍ने कुरामा हामी विश्‍वास गर्छौं। (प्रेरित १५:२८, २९) रगतका आधारभूत तत्त्वहरूबाट निकालिएका तत्त्वहरूको सम्बन्धमा बाइबलले के भन्छ र परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई विचार गर्दै प्रत्येक मसीहीले व्यक्‍तिगत निर्णय गर्नुपर्छ।—६/१५, पृष्ठ २९-३१.

• के आज पनि आन्तरिक शान्ति पाउन सकिन्छ?

अवश्‍य सकिन्छ। बाइबलमार्फत येशू ख्रीष्टले मानिसहरूलाई शुद्ध उपासनाको बाटोमा डोऱ्‍याउनु हुँदा तिनीहरूले यशैया ३२:१८ मा वर्णन गरिएको शान्ति अनुभव गर्छन्‌। यसको अतिरिक्‍त, त्यस्तो शान्ति अनुभव गर्नेहरूले भजन ३७:११, २९ को पूर्तिस्वरूप यस पृथ्वीमा चिरस्थायी शान्तिको प्रत्याशा गर्छन्‌।—७/१, पृष्ठ ७.

• आधुनिक ईश्‍वरतान्त्रिक इतिहासमा जर्ज यङको के भूमिका छ?

सन्‌ १९१७ को सुरुमा, तिनी थुप्रै राष्ट्रका निम्ति ज्योतिवाहक साबित भए। तिनको सेवकाईले तिनलाई क्यानाडाभरि, क्यारेबियनका टापुहरू, ब्राजील, दक्षिण अमेरिकादेखि मध्य अमेरिकाका विभिन्‍न भू-भागहरूसम्म, स्पेन, पुर्तुगालदेखि सोभियत संघ र संयुक्‍त राज्यसम्म पुऱ्‍यायो।—७/१, पृष्ठ २२-७.

• पहिलो कोरिन्थी १५:२९ मा कसै कसैले “मरेकाहरूको निम्ति बप्तिस्मा लिन्छन्‌” भन्‍नुको अर्थ के हो?

यसको मतलब हो, मसीहीहरू पवित्र आत्माद्वारा अभिषिक्‍त हुँदा मृत्यु र त्यसपछि स्वर्गीय जीवनमा पुनरुत्थान हुने मार्गमा लाग्छन्‌।—७/१५, पृष्ठ १७.

• प्रेरित पावलबारे उल्लेख नगरिएका वर्षहरूमा तिनी के गर्दै थिए?

त्यतिबेला तिनले सिरिया र सिलिसियामा मण्डलीहरू स्थापित गर्न वा बलियो पार्न मदत गरेका हुनसक्छ। दोस्रो कोरिन्थी ११:२३-२७ मा उल्लिखित थुप्रै कष्टहरू पनि तिनले त्यसैबेला भोग्नु परेकोले तिनी सेवकाईमा सक्रिय थिए भनी संकेत गर्छ।—७/१५, पृष्ठ २६, २७.

• हाम्रा आशाहरूलाई व्यावहारिक बनाउन हामीलाई केले मदत दिन्छ?

यहोवा समझदार परमेश्‍वर हुनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। उहाँलाई प्रार्थना गर्दा त्यसले हाम्रो सोचाइलाई सन्तुलित बनाउन मदत गर्नसक्छ र यसले नम्रता झल्काउँछ। यसबाहेक, परिपक्व साथीसित कुरा गरेर नयाँ दृष्टिकोण प्राप्त गर्नु, मदत पाउने अर्को तरिका हो।—८/१, पृष्ठ २९, ३०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने