मसीही प्रेम कुरामा मात्र सीमित छैन
ट्रिनिडाडमा बारथोलोमाइ परिवारको घर आगोले भस्म भयो। तिनीहरूको ज्यानबाहेक अरू सबै नाश भए। नजिकै बस्ने एक जना नातेदारले तिनीहरूलाई उनको घरमा बास दिइन् तर यो कथा त्यत्तिकैमा टुंगिएन।
अलिभ बारथोलोमाइ यहोवाका साक्षी हुन्। तिनको मण्डलीका सदस्यका साथै सँगैका अन्य मण्डलीहरूले पनि उनी र उनको परिवारले गुमाएको घर पुनर्निर्माण गर्न सघाए। पुनर्निर्माण कार्यको सुपरिवेक्षणको निम्ति समिति गठन गरियो र निर्माण कार्य सुरु भयो। केही छिमेकीहरूलगायत झन्डै २० जना साक्षीहरू निर्माण स्थलमा थिए। केही युवाहरूले समेत साथ दिए र अरू कोहीले चाहिं खाजा नास्ता ल्याइदिए।
ट्रिनिडाडको सन्डे गार्डियन-ले रिपोर्ट गरेअनुसार अलिभ यसो भन्छिन्, “मेरो गैरसाक्षी परिवार स्तब्ध भएको छ भने मेरो श्रीमान् अक्क न बक्क हुनुभएको छ।”
निर्माण कार्यका संयोजकले यस्ता प्रयासहरू साँचो मसीहीधर्मको चिनारी हो भनी संक्षिप्तमा बताए। तिनले यसो भने: “हामी प्रेमबारे कुरा गर्दै घरघर मात्र जाँदैनौं। हामी आफूले प्रचार गरेको कुरा व्यवहारमा उतार्ने पनि कोसिस गर्छौं।”—यूहन्ना १३:३४, ३५.
[पृष्ठ ३२-मा भएको चित्र]
अलिभ बारथोलोमाइ आफ्नो श्रीमान्सित