प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ११/१ p. ३२
  • रूखका विनाशकहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रूखका विनाशकहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ११/१ p. ३२

रूखका विनाशकहरू

बाइबलकालीन समयमा रूखलाई बहुमूल्य चीजको रूपमा लिइन्थ्यो। उदाहरणका लागि, अब्राहामले आफ्नी प्रिय पत्नी गाड्‌न खेत किन्दा गरिएको सम्झौताको सूचीमा रूख पनि थियो।—उत्पत्ति २३:१५-१८.

त्यसै गरी आज पनि रूखलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ र जंगलको संरक्षणको निम्ति अन्तरराष्ट्रियजगत्‌मै निकै ध्यान दिइएको छ। स्टेट अफ द वर्ल्ड १९९८ (विश्‍वको अवस्था १९९८) पुस्तक यसो भन्छ: “उत्तरी देशका थुप्रै मानिस उष्ण भेगका जंगलहरूलाई लिएर चिन्तित छन्‌ तर तिनीहरूलाई आफ्नै देशको विभिन्‍न ठाउँमा भएका शीतोष्ण जंगलहरू सबैभन्दा खतरामा छन्‌ भन्‍ने कुरा भने थाहै छैन।” उत्तरमा पर्ने युरोप र उत्तर अमेरिकाका जंगलहरू कस्तो प्रकारको खतरामा परेका छन्‌? थुप्रै मानिसले यसको कारण जंगल फडानी हो भन्छन्‌ तर चालै नपाउने ढंगमा रूखलाई बिस्तारै नाश गर्ने अन्य कारणहरू पनि छन्‌। ती के हुन्‌? वायु प्रदूषण र अम्ल वर्षा। यी प्रदूषणकारीहरूले बिस्तारै रूखलाई कमजोर बनाउनसक्छ र यसले गर्दा कीरा तथा रोग लाग्ने सम्भावना धेरै हुन्छ।

वातावरणविद्‌ तथा अन्य चिन्तित नागरिकहरूले पृथ्वीको पर्यावरणलाई बचाउनुपर्छ भनेर चेताउनी दिएको दशकौं भइसक्यो। सन्‌ १९८० को दशकमा जर्मनीका वैज्ञानिकहरूले वायु प्रदूषण र अम्ल वर्षाले वातावरणमा पार्ने असरबारे अध्ययन गरिसकेपछि यस्तो निष्कर्ष निकाले: ‘अब पनि केही कदम चालिएन भने सन्‌ २००० सम्ममा मानिसहरूले पुरानो फोटो र चलचित्र हेरेर मात्र जंगलको आनन्द उठाउन पाउनेछन्‌।’ तर आनन्दको कुरा के छ भने, पृथ्वीको पुनरुत्पादन गर्ने शक्‍ति यति बलियो छ कि अहिलेसम्म त्यस हदसम्म क्षति भएको छैन।

तथापि, अन्ततः पृथ्वीको पर्यावरणलाई जोगाउन परमेश्‍वरले नै निर्णायक कदम चाल्नुहुनेछ। “उहाँले आफ्ना कोठाहरूबाट डाँड़ाहरूलाई पानीले भिजाउनुहुन्छ” र “गाई-वस्तुहरूका निम्ति उहाँले घाँस, र त्यसले पृथ्वीबाट खाने पदार्थहरू उब्जाऊन्‌ भनेर मानिसको कामको निम्ति सागपातहरू उमार्नुहुन्छ।” अनि उहाँले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्ने प्रतिज्ञा गर्नुभएको छ। (भजन १०४:१३, १४; प्रकाश ११:१८) पृथ्वीका मानिसहरूले प्रदूषणरहित पृथ्वीको सधैंभरि आनन्द उठाउन पाउँदा कत्ति राम्रो हुनेछ!—भजन ३७:९-११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने