प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १२/१ पृ. ३२
  • “तपाईंकै ज्योतिमा हामी ज्योति पाउनेछौं”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तपाईंकै ज्योतिमा हामी ज्योति पाउनेछौं”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १२/१ पृ. ३२

“तपाईंकै ज्योतिमा हामी ज्योति पाउनेछौं”

विद्युत्‌ आपूर्ति अवरुद्ध भएको बेला शहरमा निष्पट्ट अँध्यारो छाएपछि मात्र हामी ज्योति वा प्रकाश कत्तिको मूल्यवान्‌ छ भनी बुझ्छौं। खुसीको कुरा, हाम्रो आकाशीय “विद्युत्‌ स्टेसन” अर्थात्‌ सूर्य अत्यन्तै भरपर्दो छ। अनि सूर्यबाट आउने ज्योतिकै कारण हामी देख्न, खान, सास फेर्न र जीवित रहन सकेका छौं।

जीवनको निम्ति ज्योति अत्यावश्‍यक भएको कारण उत्पत्तिको पुस्तक पढ्‌दा सृष्टिको पहिलो दिन नै ज्योति देखापर्नु कुनै छक्कलाग्दो कुरा होइन। “परमेश्‍वरले भन्‍नुभयो, ‘उज्यालो होस्‌’ तब उज्यालो भइहाल्यो।” (उत्पत्ति १:३) राजा दाऊद जस्ता श्रद्धालु व्यक्‍तिले यहोवा, जीवन र ज्योतिको स्रोत हुनुहुन्छ भनी सधैं स्वीकारे। दाऊदले यस्तो लेखे: “जीवनको मूल तपाईंसँग छ। तपाईंकै ज्योतिमा हामी ज्योति पाउनेछौं।”—भजन ३६:९.

दाऊदका शब्दहरू शाब्दिक र लाक्षणिक दुवै अर्थमा लागू हुन्छ। इनसाइक्लोपीडिया ब्रिटानिका-मा यसो भनिएको छ: “हाम्रो दृश्‍यशक्‍तिको निम्ति ज्योति अपरिहार्य छ।” अनि त्यसमा अझ यसो भनिएको छ: “अन्य कुनै पनि इन्द्रियहरूभन्दा आँखाबाट दिमागमा सबैभन्दा बढी जानकारी पुग्छ।” हामीले सिक्ने धेरै कुरा दृष्टिमा भरपर्ने र यसको निम्ति ज्योति नितान्त आवश्‍यक भएकोले धर्मशास्त्रमा ज्योतिलाई प्रतीकात्मक अर्थमा पनि प्रयोग गरिएको छ।

अतः येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “म संसारको ज्योति हुँ, मपछि लाग्ने अँध्यारोमा हिंड़डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” (यूहन्‍ना ८:१२) येशूले यहाँ संकेत गरिरहनुभएको प्रतीकात्मक ज्योति उहाँले प्रचार गर्नुभएको सत्यको सन्देश थियो, जसले उहाँका श्रोताहरूको मन अनि हृदय उज्यालो पार्नसक्थ्यो। वर्षौंको आध्यात्मिक अन्धकारपछि बल्ल येशूका चेलाहरूले मानिसजातिको निम्ति परमेश्‍वरको उद्देश्‍य र राज्यको आशाबारे बुझ्न सके। यो निश्‍चय पनि “जीवनको ज्योति” थियो, किनभने यसले अनन्त जीवनतर्फ डोऱ्‍याउनसक्थ्यो। येशूले स्वर्गमा हुनुहुने आफ्नो पितालाई प्रार्थना गर्नुहुँदा यसो भन्‍नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) हामी यस आध्यात्मिक ज्योतिलाई कहिल्यै हल्कासित नलेऔं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने