प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १/१ पृ. ३२
  • हेनरी आठौं र बाइबल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हेनरी आठौं र बाइबल
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १/१ पृ. ३२

हेनरी आठौं र बाइबल

विन्स्टन चर्चिलले हिस्ट्री अफ दी इंग्लिश-स्पिकिङ पिपल्स (खण्ड २) नामक आफ्नो पुस्तकमा यस्तो लेखे: “धार्मिक विश्‍वासको क्षेत्रमा सुधारवादले आमूल परिवर्तनहरू ल्याए। विभिन्‍न क्षेत्रमा बाइबलको प्रभावकारिता प्रमाणित भयो। अघिल्लो पुस्ताका मानिसहरूले पवित्र वचन अनपढहरूको हातमा पर्नु खतरनाक हुन्छ र यो पादरीहरूले मात्र पढ्‌नुपर्छ भन्‍ने सोचाइ राख्थे।”

उक्‍त विवरण अझ यसो भन्छ: “टिन्डेल र कभरडेलले अंग्रेजीमा अनुवाद गरेको सम्पूर्ण बाइबल सन्‌ १५३५ को शरद्‌ऋतुको अन्ततिर पहिलो चोटि देखा पऱ्‍यो र त्यसका थुप्रै थप संस्करणहरू प्रकाशित भए। सबैलाई बाइबल पढ्‌न प्रोत्साहन दिनको लागि सरकारले पादरीहरूलाई अह्रायो।” बाइबलको ज्ञानविना शताब्दीयौंदेखि चलिआएको बेलाइत बिस्तारै साक्षर हुन थाल्यो तर यसको श्रेय चर्चलाई होइन तर हेनरी आठौंको सरकारलाई जान्छ।a

“सरकारले पेरिसमा पहिलाको संस्करणभन्दा राम्रो अंग्रेजी बाइबल प्रशस्त मात्रामा छाप्ने आदेश दिंदा र सेप्टेम्बर १५३८ मा प्रत्येक चर्चले अंग्रेजी भाषामा बाइबलको सबैभन्दा ठूलो संस्करण किनेर चर्चका सदस्यहरूले सजिलै देख्न तथा पढ्‌नसक्ने ठाउँमा राख्ने आज्ञा दिंदा पुराना विचारधारा राख्ने मानिसहरूलाई झनै ठूलो धक्का पुग्यो। लण्डन शहरको सेन्ट पल चर्चमा छवटा प्रति राखियो र दिनहुँ ठूलो संख्यामा मानिसहरू ओइरिए। अझ विशेष गरी ठूलो स्वरमा पढ्‌ने कोही हुँदा झन्‌ धेरै मानिसहरू ओइरिन्थे।”

दुःखको कुरा, थुप्रै राष्ट्रका मानिसहरूले नियमित तवरमा बाइबल पढ्‌ने सुअवसरको फाइदा उठाउँदैनन्‌। यो ठूलो चिन्ताको विषय हो किनभने बाइबल मात्र “परमेश्‍वरबाट प्रेरणा भएको . . . छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ।”—२ तिमोथी ३:१६.

[फुटनोट]

a राजा हेनरी आठौंले बेलाइतमा सन्‌ १५०९ देखि १५४७ सम्म शासन गरे।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Henry VIII: Painting in the Royal Gallery at Kensington, from the book The History of Protestantism (Vol. I)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने