प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 २/१५ पृ. ३२
  • सफा अन्तस्करण राख्न के गर्नुपऱ्‍यो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सफा अन्तस्करण राख्न के गर्नुपऱ्‍यो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 २/१५ पृ. ३२

सफा अन्तस्करण राख्न के गर्नुपऱ्‍यो?

“सरकारलाई २०,००० ब्राजिलियन रियल बुझिलिने आदेश दिइयो।” यो अनौठो शीर्षसमाचार हालैको ब्राजिलियन खबरपत्रिका कोरायु डु पोभु-मा छापियो। उक्‍त लेखले लुइज एल्भो डि अराउजु नाउँ गरेको एक व्यक्‍तिको कथा बताएको थियो, जो एक जना स्थानीय हुलाकी थिए। तिनले आफ्नो जमिनको एक टुक्रा सरकारलाई बेचेका थिए। सरकारको नाउँमा जमिनको नामसारी गरिसकेपछि आफूलाई कबुल गरिएको रकमभन्दा २०,००० ब्राजिलियन रियल (लगभग ८,००० अमेरिकी डलर) बढी भुक्‍तान गरिएकोमा तिनी छक्क परे!

बढी भएको रकम फिर्ता गर्नु त्यति सजिलो भएन। धेरै चोटि सरकारी कार्यालय धाइसकेपछि लुइजलाई वकिल राखी अदालतमा छिनोफानो गर्ने सल्लाह दिइयो। सरकारलाई रकम बुझिलिन अनि मुद्दा खर्च तिर्ने आदेश दिंदै न्यायाधीशले यसो भने, “कसैको गल्ती र सरकारी नियमको जटिलताले गर्दा उत्पन्‍न यस समस्यालाई कसरी सुल्झाउने कसैलाई थाह थिएन। मैले आफ्नो जीवनमा यस्तो मुद्दा कहिल्यै देखेको थिइनँ।”

लुइज एक जना यहोवाका साक्षी हुन्‌, तिनी यसो भन्छन्‌, “मेरो बाइबल प्रशिक्षित अन्तस्करणले मलाई जुन कुरा मेरो होइन, त्यो राख्ने अनुमति दिएन। मैले जसरी भए पनि रकम फर्काउनै पर्ने थियो।”

धेरैलाई यस्तो व्यवहार अनौठो र बुझ्न गाह्रो लाग्ला। तर सरकारी अधिकारीहरूसित व्यवहार गर्दा साँचो मसीहीहरूले सफा अन्तस्करण कायम राख्छन्‌ भन्‍ने कुरालाई परमेश्‍वरको वचनले देखाउँछ। (रोमी १३:५) यहोवाका साक्षीहरू ‘सबै कुरामा इमानदारीसाथ रहन र असल विवेक राख्न’ कटिबद्ध छन्‌।—हिब्रू १३:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने