प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ४/१५ पृ. ३
  • तपाईं सुरक्षा कहाँ पाउन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं सुरक्षा कहाँ पाउन सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • अहिले सुरक्षित महसुस गर्ने सदा सुरक्षित रहने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ४/१५ पृ. ३

तपाईं सुरक्षा कहाँ पाउन सक्नुहुन्छ?

पश्‍चिम अफ्रिकाको एउटा सानो गाउँका झोझ्वा नाउँ गरेका युवक आफ्नो परिवार तथा मित्रहरूसँग बिदाबारी हुन्छन्‌।a त्यसपछि तिनी आर्थिक सुरक्षाको खोजीमा ठूलो शहरमा जान्छन्‌। तथापि, त्यहाँ धनी हुन त्यति सजिलो रहेनछ भन्‍ने कुरा चाँडै बुझेपछि तिनको आशा धमिलिन्छ।

शहरी जीवन शैली बिताउने संघर्ष गर्दागर्दै झोझ्वा निराश हुन्छन्‌। त्यो ठूलो शहर तिनले सोचेभन्दा कता हो कता फरक थियो। त्यस बेला झोझ्वाको मनमा आफूले छोडेर आएको त्यस सानो गाउँमा आफ्ना परिवार तथा मित्रहरूकहाँ नै फर्कने चाहना जाग्छ। तर कोही-कोही गाउँलेहरूले गिज्याउलान्‌ भनी तिनी डराउँछन्‌। ‘तिनीहरूले मलाई निकम्मा भन्‍नेछन्‌ किनभने मैले शहरमा सफलता हासिल गर्न सकिनँ’ भन्दै तिनी चिन्तित हुन्छन्‌।

अझ तिनका आमाबाबुले महसुस गर्नसक्ने निराशाबारे सोच्दा त तिनको कष्ट झन्‌ बढ्‌न थाल्छ। आर्थिक आडभरोसाको लागि आमाबाबुले तिनीमाथि भर गरेका छन्‌। यस भावनात्मक तनाउ कम गर्न झ्वोझ्वा सानोतिनो काम गर्नसमेत पछि पर्दैनन्‌ र दिनहुँ धेरै घण्टा काम गरेर पनि सोचेभन्दा कम पैसा कमाउँछन्‌। घोटी-घोटी काम गरेको हुनाले तिनी लखतरान छन्‌। अनि तिनले निकै मूल्यवान्‌ ठान्‍ने मसीही गतिविधिको लागि छुट्याएको समयमा पनि हप्तैपिच्छे कमी आउन थाल्छ। आफ्नो परिवार र पुराना मित्रहरूभन्दा धेरै टाढा बसेर तिनी दिक्क हुन्छन्‌ र एक्लो महसुस गर्छन्‌। तिनले असाध्यै लालसा गरेको सुरक्षा त्यस शहरले नदिएको महसुस गर्छन्‌।

नाउँ र ठाउँ फरक-फरक भए तापनि झोझ्वाको जस्तै घटनाहरू बारम्बार घट्‌ने गर्छन्‌। झोझ्वाको बसाइँ-सराईमा स्वार्थ लुकेको थिएन बरु तिनी सुरक्षाको खोजी गर्दै थिए। आफ्नो सानो गाउँमा भन्दा त्यस शहरमा थप मौका मिल्नेछ भन्ठानेका थिए। हो, कहिलेकाहीं भौतिक तवरमा त्यस्तो मानिसको अवस्था राम्रो होला तर त्यो नै साँचो सुरक्षा नहुन सक्छ। झोझ्वाले वास्तवमा साँचो सुरक्षा पाएनन्‌ न त त्यस्तो प्रयास गर्नेहरूमध्ये धेरैजसोले नै त्यस्तो सुरक्षा पाउँछन्‌। यसले गर्दा हामी यस्तो प्रश्‍न सोध्न बाध्य हुन्छौं, ‘सुरक्षा भनेको हो के?’

सुरक्षाप्रति मानिसहरूको आ-आफ्नै धारणा छ। एउटा शब्दकोशअनुसार सुरक्षा भनेको “खतराबाट स्वतन्त्रता” वा “डर वा चिन्ताबाट स्वतन्त्रता” हो। अहिले पूर्णतया “खतराबाट स्वतन्त्र” हुनु सम्भव छैन भनेर थुप्रै मानिसहरूले महसुस गरेका छन्‌। तिनीहरू आफू वरपर जस्तोसुकै डरलाग्दो परिस्थिति भए तापनि आफूले सुरक्षित महसुस गरुन्जेल सन्तुष्ट हुन्छन्‌।

तपाईं नि? सुरक्षाको लागि तपाईं कहाँ हेर्नुहुन्छ? झोझ्वाले सम्झेझैं के यो गाउँमा नभई शहरमा पाउन सकिएला? अथवा चाहे जस्तोसुकै तरिका अपनाएर कमाएको पैसाबाट पाउन सकिन्छ? वा उच्च सामाजिक प्रतिष्ठा कमाएर पो पाउन सकिएला कि? तपाईंले चाहे जुनसुकै ढंगबाट आफ्नो सुरक्षा हुने आशा राख्नुभएको किन नहोस्‌, त्यसले तपाईं र तपाईंको परिवारलाई कहिलेसम्म सुरक्षा देला?

मानिसहरूले सुरक्षाको खोजी गर्ने तीनवटा क्षेत्रलाई अब हामी विचार गरौं। ती हुन्‌: भौगोलिक स्थान, पैसा, ओहोदा वा दर्जा। त्यसपछि हामी साँचो अनि स्थायी सुरक्षा कहाँ पाउन सक्छौं भनी जाँच्नेछौं।

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने