प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ७/१ p. ३२
  • धोकामा नपर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धोकामा नपर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ७/१ p. ३२

धोकामा नपर्नुहोस्‌

मानवजातिको सुरुआत भएको जति भयो धोका दिने काम सुरु भएको पनि त्यति नै भयो। लिपिबद्ध इतिहासमा घटेका प्रथम घटनाहरूमध्ये एउटा धोका पनि हो। त्यो घटना अदनको बगैंचामा शैतानले हव्वालाई धोका दिंदा घटेको थियो।—उत्पत्ति ३:१३; १ तिमोथी २:१४.

त्यस बेलादेखि यता पृथ्वीमा धोका दिने काम निकै भए तापनि विशेष गरी यो अहिले एकदमै व्याप्त छ। वर्तमान अवस्थालाई ध्यानमा राख्दै बाइबलले यस्तो चेताउनी दिएको थियो: “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌ झन्‌ खराब हुँदै जानेछन्‌।”—२ तिमोथी ३:१३.

मानिसहरू विभिन्‍न कारणहरूले गर्दा ठगिएका छन्‌। ठग र झूटो आश्‍वासन दिने मानिसहरूले पैसा धुत्न मानिसहरूलाई ठग्ने गर्छन्‌। कोही-कोही राजनीतिज्ञहरूले कुनै पनि हालतमा सत्ता हत्याउन आफ्ना मतदाताहरूलाई ठग्छन्‌। मानिसहरूले आफैलाई समेत धोका दिन्छन्‌। हानिकारक बानीहरू; जस्तै: धूम्रपान, लागूपदार्थको दुर्व्यसन वा यौन अनैतिकतामा फस्दा नतिजा डरलाग्दो हुन्छ भनेर मानिलिनुको सट्टा तिनीहरू यी सबै गर्नुमा कुनै खराबी छैन भनी सोच्ने गर्छन्‌।

धार्मिक विषयहरूमा पनि धोका दिने काम हुन्छ। येशूको समयका धार्मिक नेताहरूले मानिसहरूलाई ठगे। ती धोकेबाजहरूबारे येशूले यसो भन्‍नुभयो: “ती अन्धा अगुवाहरू हुन्‌। अन्धाले अन्धालाई डोऱ्‍याउँछ भने, दुवै खाल्डामा पर्नेछन्‌।” (मत्ती १५:१४) त्यति मात्रै होइन, धार्मिक विषयहरूमा मानिसहरूले आफैलाई धोका दिन्छन्‌। हितोपदेश १४:१२ यसो भन्छ: “कुनै बाटो मानिसलाई सीधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमानै पुऱ्‍याउने हुन्छ।”

येशूको समयमा जस्तै अहिले पनि धेरै मानिसहरू धार्मिक विषयहरूमा ठगिएका छन्‌ र यो कुनै अचम्मलाग्दो कुरा होइन! प्रेरित पावलले भनेझैं शैतानले ‘ख्रीष्ट, जो परमेश्‍वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस्‌ भनेर अविश्‍वासीहरूको समझशक्‍तिलाई अन्धा तुल्याइदिएको छ।’—२ कोरिन्थी ४:४.

ठगले हामीलाई ठग्यो भने हामी पैसा गुमाउँछौं। राजनीतिज्ञले धोका दिएमा हामी आफ्नो केही स्वतन्त्रता गुमाउन सक्छौं। तर यदि शैतानले हामीलाई धोका दियो र हामीले येशू ख्रीष्टबारे सच्चाइ अस्वीकार गऱ्‍यौं भने, हामीले अनन्त जीवन नै गुमाउनेछौं! त्यसैले, धोकामा नपर्नुहोस्‌। धार्मिक सत्यको निर्विवाद स्रोत, बाइबललाई निष्पक्ष भई जाँच्न आफ्नो मन अनि हृदय खोल्नुहोस्‌। नत्र ठूलो खतरा बेहोर्नुपर्नेछ।—यूहन्‍ना १७:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने