प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ९/१ p. ३२
  • ‘एउटाले अर्कोलाई क्षमा गर’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘एउटाले अर्कोलाई क्षमा गर’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ९/१ p. ३२

‘एउटाले अर्कोलाई क्षमा गर’

परमेश्‍वरले तपाईंको पाप क्षमा गर्नुभएको छ भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ? संयुक्‍त राज्य अमेरिकाका अधिकांश वयस्कहरूले विश्‍वास गरेजस्तो देखिन्छ। युनिभर्सिटी अफ मिचिगन इन्स्टिच्युट फर सोसियल रिसर्चमा सञ्चालित अध्ययनका लेखक डा. लोरेन टोसेन्टको रिपोर्टअनुसार १,४२३ अमेरिकीहरूसित गरिएको सर्वेक्षणमा ४५ वर्ष नाघिसकेका लगभग ८० प्रतिशत वयस्कहरूले परमेश्‍वरले हाम्रो पाप क्षमा गर्नुभएको छ भने।

तर चाखलाग्दो कुरा के छ भने, सर्वेक्षण गरिएकाहरूमध्ये ५७ प्रतिशतले मात्र अरूलाई क्षमा गरेको कुरा बताए। उक्‍त तथ्यांकले हामीलाई डाँडाको उपदेशमा येशूले भन्‍नुभएका शब्दहरू स्मरण गराउँछ: “तिमीहरूले मानिसहरूका कसूर क्षमा गऱ्‍यौ भने तिमीहरूका स्वर्गका पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका कसूर क्षमा गरेनौ भनेता तिमीहरूका पिताले तिमीहरूका कसूर क्षमा गर्नुहुनेछैन।” (मत्ती ६:१४, १५) हो, हाम्रो पाप परमेश्‍वरले क्षमा गर्ने नगर्ने कुरा केही हदसम्म अरूलाई क्षमा गर्न हामी कत्ति इच्छुक छौं त्यसमा पनि भर पर्छ।

कलस्सीका मसीहीहरूलाई प्रेरित पावलले यो सिद्धान्त स्मरण गराए। तिनले यस्तो आग्रह गरे: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।” (कलस्सी ३:१३) हुन त हो, यसो गर्न सधैं सजिलो हुँदैन। उदाहरणका लागि, कसैले तपाईंलाई विचारै नपुऱ्‍याई प्याच्च केही भन्यो वा कटु वचन प्रहार गऱ्‍यो भने, त्यतिखेर चुपो लागेर बस्न गाह्रो हुन सक्छ।

तथापि, क्षमा गर्न तयार हुँदाका धेरै लाभहरू छन्‌। समाजशास्त्री डा. डेविड आर. विलियम्सले आफ्नो अनुसन्धानबारे यसो भने: “विशेष गरी अधबैंसे तथा वृद्ध अमेरिकीहरूको मानसिक स्वास्थ्य र अरूलाई क्षमा गर्नुबीच नजिकको सम्बन्ध भएको हामीले पायौं।” यो कुरा आजभन्दा लगभग ३,००० वर्षअघि बुद्धिमान्‌ राजा सुलेमानले भनेका शब्दहरूसित ठ्याक्क मेल खान्छ: “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।” (हितोपदेश १४:३०) क्षमाशील मनोवृत्तिले परमेश्‍वर तथा हाम्रो छिमेकीसित राम्रो सम्बन्ध राख्न उत्प्रेरित गर्ने भएको कारण हामीले एक अर्कालाई हृदयदेखि क्षमा गर्न इच्छुक हुनुको हामीसित ठोस कारण छ।—मत्ती १८:३५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने