प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १२/१ पृ. ३
  • सकी नसकी दिनु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सकी नसकी दिनु
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंहरू दशांश दिने गर्नुहुन्छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • बाइबलले दशांश चढाउनेबारे के भन्छ?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • दिंदा पाइने आनन्द
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “तिमीहरू धन्यवादी होओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १२/१ पृ. ३

सकी नसकी दिनु

“तिमीले मलाई मगन्ते भने पनि केही फरक पर्दैन। म येशूको लागि माग्दैछु।” प्रोटेस्टेन्ट धर्मका एक जना पादरीले भनेको त्यस कुराले धार्मिक कार्यको लागि चन्दा उठाउने विषयसित सम्बन्धित विवादलाई स्पष्ट पार्छ। स्थापित धर्महरू आर्थिक सहयोग धेरै भएकोले मात्र अस्तित्वमा रहनसकेका हुन्‌ कि जस्तो देखिन्छ। तलब दिन, मन्दिर निर्माण र मर्मतसम्भार गर्न, प्रचार अभियानहरू गर्न पैसा खर्च गर्नुपर्छ। आवश्‍यक पैसाको जोहो कसरी गर्ने?

थुप्रै चर्चहरूको लागि त्यस प्रश्‍नको जवाफ दशांश उठाउनु हो।a “यस पृथ्वीमा आफ्नो राज्यसम्बन्धी गतिविधिको लागि आवश्‍यक आर्थिक खर्च बेहोर्ने परमेश्‍वरको एउटा तरिका दशांश उठाउनु हो” भनेर प्रचारक नर्मन रोबर्टसन दाबी गर्छन्‌। “यो सुसमाचार प्रचार कार्यमा टेवा पुऱ्‍याउने उहाँको आर्थिक संरचना हो।” आफ्ना चेलाहरूलाई दिनुपर्ने दायित्वबारे स्मरण गराउँदै तिनले नहिचकिचाईकन यसो भने: ‘दशांश दिने भनेको औकात भएकोले दिने मात्र होइन। यो त आज्ञाकारिताको प्रदर्शन हो। दशांश नदिनु भनेको स्पष्टै परमेश्‍वरको आज्ञाको उल्लंघन गर्नु हो। यसो गर्नु लुट्‌नु सरह हो।’— टाइथिङ— गड्‌स फाइनान्सियल प्लान।

सायद तपाईं पनि दिनु भनेको मसीही उपासनाको भाग हुनुपर्छ भन्‍ने कुरामा सहमत हुनुहुन्छ होला। तथापि, के तपाईंले जतिखेर पनि पैसा मागिरहेको सुन्दा दिक्कलाग्दो वा अझ अपमानित नै भएको महसुस गर्नुभएको छ? ब्राजिलका शास्त्रविद्‌ इनासियो स्ट्राइडरले चर्चहरूलाई “आफ्ना संगठनात्मक समस्याहरू सुल्झाउन” दशांश उठाएको दोष लगाएका छन्‌ र त्यस्तो कार्यलाई तिनले “गैरकानूनी, दुर्व्यवहारपूर्ण र धार्मिक विकृति” हुन्‌ भनेका छन्‌। तिनको विचारमा यसको परिणामस्वरूप, “बेरोजगार, विधवाहरू, गरिब बस्तीमा बसोबास गर्नेहरू र राम्ररी सोचविचार गर्न नसक्नेहरू आफ्नो परिवार भोकभोकै भए तापनि ‘प्रचारकहरूलाई’ पैसा दिन बाध्य हुन्छन्‌, त्यसैकारण तिनीहरू आफूलाई परमेश्‍वरले त्याग्नुभएछ भन्‍ने निष्कर्षमा पुग्छन्‌।”

तपाईं सोध्नुहोला: ‘चर्चहरूले दशांश माग्नु धर्मशास्त्रअनुरूप नै हो त? वा केही धर्महरूले आफ्ना बगाललाई लुट्‌न परमेश्‍वरको डर देखाइरहेका पो हुन्‌ कि? साँच्चै के परमेश्‍वरले कसै-कसैले भन्‍ने गरे झैं अरूको लागि सकी नसकी देओस्‌ भन्‍ने चाहनुहुन्छ?’

[फुटनोट]

a दशांश भनेको कुनै व्यक्‍तिको कूल आम्दानीको दस प्रतिशत हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने