प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १२/१५ p. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • दिंदा पाइने आनन्द
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • माफी माग्नु शान्ति स्थापना गर्ने तरिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • तपाईंहरू दशांश दिने गर्नुहुन्छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १२/१५ p. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरूलाई गहिरिएर ध्यान दिनुभयो? त्यसो हो भने निम्न बुँदाहरू पुनः स्मरण गर्न तपाईंलाई रोचक लाग्नेछ:

• “विवेक” [सोच्ने क्षमता, NW] कसरी सुरक्षा हुन सक्छ? (हितोपदेश १:४)

यसले आध्यात्मिक खतराहरूबारे सचेत गराउनुका साथै काम गर्ने ठाउँमा अनैतिक प्रलोभनहरूदेखि जोगिनेजस्ता उपयुक्‍त कदम चाल्न उत्प्रेरित गर्न सक्छ। यसले हामीलाई सँगी मसीहीहरू असिद्ध हुन्‌ भन्‍ने कुरा बुझ्न मदत गर्नुका साथै रिस उठेको बेला तुरुन्तै प्रतिक्रिया नदेखाउन मदत गर्न सक्छ। यसले हामीलाई आध्यात्मिक मार्गबाट अलग गराउने भौतिक दबाबहरूदेखि टाढा रहन पनि प्रेरित गर्छ।—८/१५ पृष्ठ २१-४.

• कसरी एक जना मानिस छिमेकीको हैसियतमा सम्पत्ति साबित हुन सक्छ?

असल छिमेकी बन्‍ने दुईवटा तरिका उदार तथा कृतज्ञ हुनु हो। विपत्ति आइपर्दा असल छिमेकी हुनु महत्त्वपूर्ण कुरा हो। घट्‌नै लागेको घटना अर्थात्‌ दुष्टहरूलाई समाप्त गर्ने परमेश्‍वरको कार्यबारे अरूलाई चेतावनी दिएर यहोवाका साक्षीहरू असल छिमेकी बन्‍ने प्रयत्न गर्छन्‌।—९/१, पृष्ठ ४-७.

• बाइबलअनुसार साँचो सन्तहरू को हुन्‌ र तिनीहरूले मानवजातिलाई कसरी मदत गर्नेछन्‌?

सबै प्रारम्भिक मसीहीहरू साँचो सन्तहरू थिए अर्थात्‌ मानिस वा संगठनहरूद्वारा नभई परमेश्‍वरद्वारा पवित्र जन हुनलाई बोलावट भएकाहरू थिए। (रोमी १:७) स्वर्गीय जीवनको लागि एक चोटि पुनरुत्थान भइसकेपछि पृथ्वीमा भएका विश्‍वासी मानिसहरूमाथि आशिष्‌ बर्साउने काममा पवित्र जनहरूले ख्रीष्टसँगसँगै भाग लिनेछन्‌। (एफिसी १:१८-२१)—९/१५, पृष्ठ ५-७.

• पुरातन ग्रीसमा हुने खेलहरूबारे केही कुरा थाह पाउनु मसीहीहरूको लागि कसरी लाभदायी हुन सक्छ?

प्रेरित पत्रुस र पावलका लेखोटहरूमा पुरातन खेलहरूमा आधारित दृष्टान्त अथवा संकेतहरू पाइन्छन्‌। (१ कोरिन्थी ९:२६; १ तिमोथी ४:७; २ तिमोथी २:५; १ पत्रुस ५:१०) पुरातन खेलाडीहरूको लागि असल प्रशिक्षक, आत्मसंयम खेती गर्नु र लक्ष्यतर्फ केन्द्रित भई प्रयास गर्नु महत्त्वपूर्ण थियो। आजका मसीहीहरूले गर्ने आध्यात्मिक प्रयासबारे पनि यसै भन्‍न सकिन्छ।—१०/१, पृष्ठ २८-३१.

• प्रवासमा छोराछोरी हुर्काउनुका चुनौती तथा इनामहरू के-के हुन्‌?

धेरैजसो बच्चाहरूले आफ्ना आमाबाबुहरूले भन्दा छिट्टै नयाँ भाषा सिक्छन्‌। यसो हुँदा आमाबाबुहरूलाई आफ्ना छोराछोरीहरूको विचार तथा प्रतिक्रियाहरू बुझ्न गाह्रो पर्न सक्छ। अनि छोराछोरीहरूले आफ्ना आमाबाबुको भाषामा बाइबलका शिक्षाहरू सजिलै नबुझ्न सक्छन्‌। तथापि, आमाबाबुहरूले छोराछोरीहरूलाई आफ्नो भाषा सिकाएको खण्डमा पारिवारिक बन्धन बलियो हुन सक्छ। यसप्रकार छोराछोरीहरूले दुइटै भाषामा बोल्न सिक्नुका साथै दुईवटा संस्कृतिको भाग भएको महसुस गर्नेछन्‌।—१०/१५, पृष्ठ २२-६.

• माफी माग्न सिक्नु किन महत्त्वपूर्ण छ?

बिग्रिएको सम्बन्ध सुधार्ने प्रभावकारी तरिका साँचो हृदयले माफी माग्नु हो। माफी माग्नु कत्तिको प्रभावकारी हुन्छ भन्‍ने सन्दर्भमा बाइबलमा उदाहरणहरू छन्‌। (१ शमूएल २५:२-३५; प्रेरित २३:१-५) अक्सर, दुई जना मानिसबीच विवाद हुँदा, दुवैको पक्षमा केही गल्ती भएको हुन्छ। यसकारण, आपसी समझदारी हुनु र माफी माग्नु आवश्‍यक छ।—११/१, पृष्ठ ४-७.

• थोरै पैसाको बाजी राखेर जूवा खेल्नुसमेत किन ठीक होइन?

जूवाले अहंभाव, प्रतिस्पर्धा वा लोभ उत्पन्‍न गर्छ, जसलाई बाइबलले घोर निन्दा गर्छ। (१ कोरिन्थी ६:९, १०) जूवा खेल्ने कुलतमा फसेकाहरूले सानै छँदादेखि थोरै पैसाको बाजी थाप्न सुरु गरिसकेका हुन्छन्‌।—११/१, पृष्ठ ३१.

• बाइबलका धेरैजसो पुस्तकहरू युनानी भाषामा लेखिएकोले किन फेरि यसलाई युनानीमै अनुवाद गर्नु आवश्‍यक पऱ्‍यो र यसको परिणाम कस्तो भएको छ?

आधुनिक युनानी भाषा हिब्रू धर्मशास्त्रको सेप्टुआजिन्ट अनुवाद र मसीही युनानी धर्मशास्त्रमा प्रयोग गरिएको युनानी भाषाभन्दा एकदमै भिन्‍न छ। हालैका शताब्दीहरूको दौडान बोलीचालीको युनानी भाषामा केही वा सम्पूर्ण बाइबल उल्था गर्ने अनगिन्ती प्रयासहरू गरिएका छन्‌। अहिले पूरा वा आंशिक गरेर लगभग ३० वटा बाइबल अनुवादहरू उपलब्ध छन्‌ र प्रायजसो ग्रीकहरूले यी सजिलै बुझ्न सक्छन्‌। तीमध्ये एउटा साँचो रत्न न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स-को ग्रीक संस्करण हो, जुन सन्‌ १९९७ मा प्रकाशित भएको थियो।—११/१५, पृष्ठ २६-९.

• मसीहीहरूले किन दशांश चढाउनु आवश्‍यक छैन?

पुरातन इस्राएललाई दिइएको व्यवस्थाअन्तर्गत लेवी कुललाई सहयोग गर्न र खाँचोमा परेकाहरूको रेखदेख गर्न दशांश दिइन्थ्यो। (लेवी २७:३०; व्यवस्था १४:२८, २९) येशूको बलिदानरूपी मृत्युले त्यो व्यवस्था र त्यसको साथसाथै दशांश चढाउनुपर्ने आवश्‍यकतालाई खारेज गऱ्‍यो। (एफिसी २:१३-१५) प्रारम्भिक मण्डलीमा, यो नमुना प्रत्येक मसीहीको लागि थियो र उनीहरूले आफ्नो औकात अनि आफ्नो मनमा अड्‌कले बमोजिम दिनुपर्थ्यो। (२ कोरिन्थी ९:५, ७)—१२/१, पृष्ठ ४-६.

• प्रकाश २०:८ बाट के हामी अन्तिम परीक्षामा शैतानले ठगेका मानिसहरूको संख्या एकदमै धेरै हुनेछ भन्‍ने निष्कर्षमा पुग्नु उचित हुनेछ?

उक्‍त पदले बताएअनुसार ठगिएका मानिसहरू “समुद्रका बालुवा जतिकै” हुनेछन्‌। बाइबलमा यस अभिव्यक्‍तिले अक्सर निकै धेरै र अत्यधिक परिमाण वा मात्राजस्तो कुरालाई बुझाउँछ। अब्राहामको वंश, जुन “समुद्रका बालुवासरह” हुनेथियो त्यसमा येशू ख्रीष्टबाहेक १,४४,००० जना मानिसहरू रहेछन्‌ भन्‍ने कुरा पछि गएर पुष्टि भयो। (उत्पत्ति २२:१७; प्रकाश १४:१-४)—१२/१, पृष्ठ २९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने