प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १/१ p. २६
  • तिनको लगनशीलताले इनाम पायो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनको लगनशीलताले इनाम पायो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पत्नी हो—आफ्ना पतिको गहिरो आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • के परमेश्‍वरले तपाईंको परिवारमा प्राथमिकता पाएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १/१ p. २६

तिनको लगनशीलताले इनाम पायो

धेरै निष्कपट हृदय भएका व्यक्‍तिहरू आफ्ना प्रियजनहरूले परमेश्‍वरको उद्देश्‍यबारे सिकेर सुखी जीवन बिताएको चाहन्छन्‌। जवान होस्‌ या वृद्ध, कुनै व्यक्‍तिले आफूलाई परमेश्‍वरमा समर्पण गरिसकेपछि आफ्नो असल चालचलनद्वारा अरूलाई पनि त्यस बुद्धिमत्तापूर्ण निर्णय गर्न मदत दिन सक्छन्‌। जेरीम नाउँ गरेकी मेक्सिकोकी एक किशोरीले यसलाई चरितार्थ गरिन्‌। यहोवाका साक्षीहरूको विशेष सम्मेलन दिनमा उनले भाइहरूलाई एउटा यस्तो टिपोट लेखेर दिइन्‌:

‘म आज आफ्नो आनन्द र खुसी तपाईंहरूसित बाँड्‌न चाहन्छु। किन थाह छ, तपाईंहरूलाई? अठार वर्षअघि मैले यस पृथ्वीमा आँखा नखोल्दा मेरा आमाबाबुले सच्चाइ सिक्नुभयो। मेरी आमाले प्रगति गर्नुभयो र त्यसपछि मेरो भाइ र मैले पनि प्रगति गरें। मेरो बुबा पनि जीवनको मार्गमा हिंड्‌न सकून्‌ भनी हामी सँगै यहोवालाई प्रार्थना गर्थ्यौं। अठार वर्षपछि आज हाम्रो जीवनमा अत्यन्तै विशेष दिन आएको छ। मेरो बुबाले आज बप्तिस्मा लिंदै हुनुहुन्छ। लामो समयदेखि प्रतिक्षारत यस घडी आउनुअघि अन्त नल्याउनुभएकोमा म यहोवाप्रति आभारी छु। यहोवा, धन्यवाद छ!”

वर्षौंको दौडान यस किशोरीका परिवारले १ पत्रुस ३:१, २-का ईश्‍वरप्रेरित सल्लाहको मूल सिद्धान्तलाई पक्कै पनि आफ्नो मनमा राखेको हुनुपर्छ, जहाँ यसो भनिएको छ: “हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि, तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्‍वास गर्ने होऊन्‌।” अनि किशोरी जेरीमले पक्कै व्यवस्था ५:१६ का शब्दहरूलाई आफ्नो जीवनमा उतारिन्‌: “आफ्ना माता-पिताको आदर गर्नू, र परमप्रभु तेरा परमेश्‍वरले दिनुभएको देशमा तँ दीर्घायु हुनेछस्‌।” यस्ता सिद्धान्तहरूलाई जीवनमा उतारेर अनि यहोवामा धैर्यपूर्वक पर्खंदा जेरीम अनि उनका परिवारले निश्‍चय पनि आशिष्‌ पाए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने