प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १/१ पृ. ३२
  • “तिमीले ठीक भन्यौ, जीवन रमाइलो छ!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीले ठीक भन्यौ, जीवन रमाइलो छ!”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १/१ पृ. ३२

“तिमीले ठीक भन्यौ, जीवन रमाइलो छ!”

के तपाईं जीवनको साँचो अर्थ बुझ्न चाहनुहुन्छ? पोल्याण्डको सेसेनमा बसोबास गर्ने अठार वर्षीया मग्दालिना, जो एक जना यहोवाका साक्षी हुन्‌ तिनले उच्च माध्यामिक विद्यालयका आफ्ना सहपाठी कटारजीनालाई जीवनको साँचो अर्थ बुझ्न मदत गरिन्‌। कटारजीनाले आफू नास्तिक हुँ भनी स्वीकारेकी थिइन्‌ तर मग्दालिनाले बाइबलबारे कुरा गर्दा तिनले साँचो चासो देखाइन्‌।

मग्दालिनाले बाइबलबाट सुनाएका कुरा कटारजीनालाई राम्रो लागे तापनि तिनीले ती सबै कुरा स्वीकार्न सकिनन्‌। साँचो साथीहरूबारे मग्दालिनासित कुरा गर्दा कटारजीनाले एक चोटि यसो भनेकी थिइन्‌: “तिमीसित बाइबल छ; कुन सिद्धान्त पछ्याउनुपर्छ र असल साथीहरू कहाँ भेट्टाउन सकिन्छ भन्‍ने कुरा तिमीलाई त थाह छ। तर अहिलेसम्म ती सिद्धान्तहरू अँगाल्न नसक्ने मानिसहरूले के गर्ने?”

कटारजीना इंगल्याण्डको लण्डन गएपछि तिनको जीवनले नयाँ मोड लियो। त्यहाँ तिनले यहोवाका साक्षीहरूको शाखा कार्यालयको भ्रमण गरिन्‌ र तिनीप्रति देखाइएको दयाले तिनको मन छोयो। तिनको लागि ढोका खोलिदिनु र तिनले भनिरहेका कुराप्रति साँचो चासो दिएर सुन्‍नुजस्ता साना-तिना कार्यले गर्दा तिनी प्रभावित भइन्‌।

सेप्टेम्बर २००१ मा नयाँ स्कूल वर्ष सुरु हुँदा, कटारजीनाले नियमित बाइबल अध्ययनको प्रस्ताव स्वीकार्ने निधो गरिन्‌। तिनले बाइबल सिद्धान्तहरूप्रति आफ्नो मूल्यांकन बढाउनुका साथै ती आफ्नो दैनिक जीवनमा लागू गर्न थालेकी छिन्‌। हालै, तिनले मग्दालिनालाई यसो भनिन्‌: “मलाई त मेरो नयाँ जीवन सुरु भयो जस्तो लागिरहेको छ।” साथै, सेलुलर फोनमार्फत पनि तिनले मग्दालिनालाई यस्तो छोटो सन्देश पठाइन्‌: “आजको हाम्रो अध्ययनको लागि धेरै-धेरै धन्यवाद! तिमीले ठीक भन्यौ, जीवन रमाइलो छ! यी सबैको लागि कसलाई धन्यवाद दिनुपर्छ भन्‍ने कुरा थाह पाउनु बडो उदेकलाग्दो कुरा हो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने