प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 २/१ पृ. ३-४
  • जागिरको सुरक्षा तथा सन्तुष्टि खतरामा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जागिरको सुरक्षा तथा सन्तुष्टि खतरामा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • कामप्रति सन्तुलित दृष्टिकोण कसरी खेती गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आफ्नो परिश्रमको फलस्वरूप आनन्द उपभोग गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • तपाईं आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • कसरी जागिर पाउने (र त्यो नगुमाउने!)?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 २/१ पृ. ३-४

जागिरको सुरक्षा तथा सन्तुष्टि खतरामा

संयुक्‍त राष्ट्र संघद्वारा प्रकाशित विश्‍वव्यापी मानवअधिकार घोषणापत्रअनुसार “काम गर्ने अधिकार” सबै मानिसहरूको आधारभूत अधिकार हो। तथापि, त्यो अधिकार उपभोग गर्न पाउने ग्यारेन्टी सधैं पाइँदैन। स्थानीय अर्थतन्त्रदेखि लिएर विश्‍व बजारको अवस्थाले जागिरको सुरक्षालाई असर गरेको हुन्छ। तैपनि, जागिर गुमाउनुपर्दा वा जागिर जान सक्ने खतरा आइपर्दा प्रदर्शन, दंगाफसाद तथा हडतालहरू हुने गर्छन्‌। यस्ता कुराहरू नहुने देश कमै मात्र होलान्‌। “काम” भन्‍ने शब्द नै “अक्सर भावनालाई जुरमुराउने खालको हुन्छ” भनी एक जना लेखकले बताए।

थुप्रै कारणले गर्दा काम अर्थात्‌ जागिर महत्त्वपूर्ण हुन्छ। हामीले यसबाट आर्थिक आम्दानी गर्नुका साथै आफ्नो मानसिक तथा भावनात्मक हितमा पनि यसले योगदान पुऱ्‍याउँछ। समाजको उपयोगी सदस्य बन्‍ने र जीवन अर्थपूर्ण बनाउने मानिसको रहरलाई कामले पूरा गर्छ। यसले हामीभित्र आत्म-सम्मान पनि बढाउँछ। त्यसैले, आफ्ना आवश्‍यकताहरू पूरा गर्न पर्याप्त सम्पत्ति भएका वा अवकाश लिने उमेर पुगिसकेका कोही-कोही मानिस काम गरिनै रहन रुचाउँछन्‌। हो, काम एकदमै महत्त्वपूर्ण छ र कामको कमी हुँदा यसले गम्भीर सामाजिक समस्याहरू निम्त्याउँछ।

अर्कोतर्फ, जागिर भए तापनि कामको चापले गर्दा त्यसबाट सन्तुष्टि पाउन नसकेका मानिसहरू पनि थुप्रै छन्‌। उदाहरणका लागि, आजको एकदमै प्रतिस्पर्धात्मक बजारमा धेरैभन्दा धेरै कम्पनीहरूले आफ्नो खर्च कम गर्न कामदारहरूलाई निकाल्ने गरेका छन्‌। यसले गर्दा बाँकी कर्मचारीहरूबाट बढी आशा गरिन्छ र तिनीहरूले थप कार्यभार सम्हाल्नुपर्ने हुन्छ।

जीवन सरल र कामलाई एकदमै प्रभावकारी बनाउनुपर्ने आधुनिक प्रविधिले गर्दा काम गर्ने ठाउँमा थप दबाब सिर्जना भएको हुन सक्छ। उदाहरणका लागि, कम्प्युटर, फ्याक्स मेसिन र इन्टरनेटको कारण मानिसहरू घरैमा बसेर आफ्नो काम गर्न सक्छन्‌ र यसले गर्दा घर अनि अफिसबीचको परिभाषा धमिलिंदैछ। कम्पनीको पेजर र सेल फोन भनेको मालिकले चाहेजति तानेर आफ्नो नियन्त्रणमा राख्ने अदृश्‍य डोरीजस्तै भएको छ भनेर एक जना कामदारले महसुस गरे।

आज तीव्र गतिमा परिवर्तन भइरहेको हाम्रो अर्थतन्त्र तथा काम गर्ने वातावरणमा थुप्रै वृद्ध मानिसहरू आफूलाई समयअगावै बर्खास्त गरिने हो कि भनेर डराउँछन्‌। यस सन्दर्भमा भूतपूर्व मानवअधिकार कमिशनर क्रिस सिडोटीले यसो भने: “चालीस वर्षभन्दा माथिका मानिसहरूलाई कम्प्युटर र नयाँ प्रविधि चलाउन आउँदैन भन्‍ने धारणा राख्न थालेको देखिन्छ।” तसर्थ, कुनै समय एकदमै उपयोगी ठानिने कामदारहरूसमेत अहिले आएर बूढो अनि काम नलाग्ने ठानिन्छन्‌। कस्तो दुःखलाग्दो कुरा!

त्यसैले, पहिलेको कम्पनीको कामप्रति देखाउनुपर्ने आचारसंहिता तथा वफादारीता हालैका वर्षहरूमा निकै खस्कँदै जानुको कारण हामी बुझ्न सक्छौं। फ्रान्सेली पत्रिका लिबराश्‍यों यसो भन्छ, “जब कुनै सहकारी संस्थाले स्टक बजारमा भएको सानोतिनो घटबढको कारण आफ्ना मानिसहरूलाई निकाल्न थाल्छ, त्यसबेला संस्थाप्रतिको वफादारितालाई वास्ता गरिंदैन। हो, तपाईंले काम गर्नुपर्छ तर कम्पनीको लागि होइन आफ्नै लागि।”

यी बढ्‌दा समस्याहरूका बाबजुद काम गर्नु मानिसहरूको आधारभूत आवश्‍यकता हो। त्यसैकारण, तीव्र गतिमा परिवर्तन भइरहेको यस्तो समयमा पनि हामी कसरी जागिरप्रति सन्तुलित दृष्टिकोण राखेर जागिरको सुरक्षा र त्यसबाट प्राप्त हुने सन्तुष्टि अनुभूति गर्न सक्छौं?

[पृष्ठ ३-मा भएको चित्र]

आधुनिक प्रविधिले गर्दा काम गर्ने ठाउँमा थप दबाब सिर्जना भएको हुन सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने