प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 २/१ पृ. ३२
  • निष्कपटता मनमोहक तर के यो पर्याप्त छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निष्कपटता मनमोहक तर के यो पर्याप्त छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 २/१ पृ. ३२

निष्कपटता मनमोहक तर के यो पर्याप्त छ?

के निष्कपटता हाम्रो दैनिक जीवनमा साँच्चै मनमोहक गुण हो? एउटा शब्दकोशले “निष्कपटता” भनेको “छल वा कपटबाट मुक्‍त; इमानदारी; सोझोपन; निष्कपट हुनाको भाव” भनेर परिभाषित गरेको छ। स्पष्टतः यो गुण अरूसित राम्रो सम्बन्ध विकास गर्न महत्त्वपूर्ण छ। पावलले यस्तो आग्रह गरे: “आँखाका अगाडि मानिसहरूलाई खुशी तुल्याउने जस्तैगरी होइन, तर प्रभुको डर मानेर शुद्ध हृदयसाथ सबै कुरामा शरीरअनुसार तिमीहरूका मालिकहरूका आज्ञा पालन गर।” (कलस्सी ३:२२) यस्तो निष्कपट कामदार पाउँदा कसलाई पो खुसी लाग्दैन र? आज, निष्कपट मानिसहरूले जागिर पाउने र त्यो नगुमाउने सम्भावना बढी हुन्छ।

तथापि, निष्कपटताको गुणले परमेश्‍वरसितको हाम्रो सम्बन्धमा असर पार्ने भएकोले यो झनै मनमोहक छ। पुरातन इस्राएलीहरूले नियम तथा उत्सवहरू आज्ञाकारी भई पालन गर्दा परमेश्‍वरको आशिष्‌ पाए। मण्डलीको स्वच्छताबारे छलफल गर्दा पावलले मसीहीहरूलाई यस्तो आग्रह गरे: “हामी नता पूरानो खमीरले, न कुकर्म र दुष्टताको खमीरले, तर निष्कपट र सत्यताको अखमिरी रोटीले चाड़ मनाऔं।” (१ कोरिन्थी ५:८) परमेश्‍वरलाई हाम्रो उपासना स्वीकार्य हुनको निम्ति निष्कपटता मनमोहक मात्र होइन अत्यावश्‍यक गुण पनि हो। यद्यपि, ध्यान दिनुहोस्‌, निष्कपटता मात्र भएर पुग्दैन। यसको साथसाथै सत्य पनि हुनुपर्छ।

टाइटानिक-को निर्माता तथा यात्रुहरूले यो जहाज डुब्ने छैन भन्‍ने कुरा विना कुनै सन्देह विश्‍वास गरेको हुनुपर्छ। तथापि, सन्‌ १९१२ मा यसले पहिलो यात्रा गर्दा एउटा ठूलो हिमचट्टानमा ठोक्किएर १,५१७ जनाले ज्यान गुमाउनुपऱ्‍यो। प्रथम शताब्दीका केही यहूदीहरू परमेश्‍वरलाई उपासना गर्ने आफ्नो तरिका सही छ भनी निष्कपटतासाथ विश्‍वास गर्थे तर तिनीहरूको जोस “सही ज्ञानअनुसारको” थिएन। (रोमी १०:२, NW) परमेश्‍वरलाई हामी स्वीकार्य हुनको लागि हाम्रा निष्कपट विश्‍वास सही जानकारीमा आधारित हुनुपर्छ। निष्कपटता र सत्यतामा परमेश्‍वरको सेवा गर्नुमा के-के बिथोलित छन्‌ भनेर जाँच्न तपाईंको इलाकाका यहोवाका साक्षीहरूले तपाईंलाई खुसीसाथ मदत गर्नेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने