प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ७/१ पृ. ३१
  • युवाहरूको मन छुन तयार पारिएको भिडिओ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवाहरूको मन छुन तयार पारिएको भिडिओ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ७/१ पृ. ३१

युवाहरूको मन छुन तयार पारिएको भिडिओ

थुप्रै युवाहरू यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्‌स?a भन्‍ने भिडिओ हेरिसकेपछि आफ्नो आचरणबारे गम्भीर भई सोच्न प्रोत्साहित भए। यस भिडिओमा ठोस धर्मशास्त्रीय सल्लाह, जवान मसीहीहरूले व्यक्‍त गरेका अभिव्यक्‍तिहरू अनि बाइबल विवरणमा आधारित दिनाको प्रेरणादायी समसामयिक नाटक समावेश गरिएको छ। (उत्पत्ति, अध्याय ३४) भिडिओबारे निम्न अभिव्यक्‍तिहरू मेक्सिकोबाट प्राप्त भएका हुन्‌।

मार्था यसो भन्छिन्‌: “भिडिओले मेरो मनै छोयो। मलाई त यो मेरै लागि तयार पारिएको जस्तो लाग्यो। पहिला-पहिला मलाई मेरा शिक्षक तथा सहपाठीहरूले म एक जना यहोवाको साक्षी हुँ भन्‍ने कुरा थाह पाएपछि पुगिहाल्यो नि जस्तो लाग्थ्यो। तर मैले उनीहरूलाई साक्षी दिएर यो कुरा प्रमाणित गरेकी थिइनँ। यहोवाले प्रबन्ध गर्नुहुने सबै जानकारी, त्यसमा पनि अझ विशेष गरी यस भिडिओले जस्तो मन छुने किसिमको जानकारीको लागि म कृतज्ञ छु।”

युआन कार्लोस यसो भन्छन्‌: “यो भिडिओले साँच्चै तपाईंलाई सोच्न बाध्य पार्छ। जवान व्यक्‍तिको हैसियतमा मैले केही गल्तीहरू गरेको छु अनि नाटकका केही पात्राहरूले गल्ती गर्नुको कारण बुझ्न सकें। केही वर्षअघि म दोहोरो जीवन बिताउँथें तर यस प्रकारको जीवन बिताउँदा परिणाम घातक हुन सक्छ भन्‍ने कुरा मैले बुझें। त्यो भिडिओ हेरेपछि म यहोवाप्रति वफादार हुन कटिबद्ध भएको छु।”

सुलेम स्वीकार्छिन्‌: “भिडिओ हेर्दा म भावविह्वल भएँ। पहिला त मैले बाइबल पढ्‌न छोडिनै दिएकी थिएँ र यहोवालाई पनि म त्यति धेरै प्रार्थना गर्दिनथें। भिडिओमा देखाइएका युवा जनहरूले गरेका टिप्पणीहरू सुनेपछि म पुनः बाइबल अध्ययन सुरु गर्न र यहोवालाई प्रार्थना गर्न उत्प्रेरित भएँ।”

आज युवा जनहरूले तीनथुप्रो चुनौतीहरूको सामना गर्छन्‌ र तिनीहरूले छनौट गर्ने साथीहरूले तिनीहरूको जीवन शैलीमा निकै प्रभाव पार्न सक्छ। (भजन २६:४; हितोपदेश १३:२०) यस सन्दर्भमा यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्‌स? भन्‍ने भिडिओले थुप्रैलाई सही निर्णयहरू गर्न मदत दिइरहेको छ।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा निर्मित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने