प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ११/१ पृ. ३२
  • “मैले मित्रता, प्रेम र हेरचाह पाएँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मैले मित्रता, प्रेम र हेरचाह पाएँ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ११/१ पृ. ३२

“मैले मित्रता, प्रेम र हेरचाह पाएँ”

“यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) येशूले भन्‍नुभएझैं प्रेम प्रारम्भिक मसीही भ्रातृत्वको चिनारी बन्यो। येशूको मृत्यु भएको सय वर्षभन्दा पनि पछिका लेखक टर्टुलियनले एक जना दर्शकको भनाइ यसरी उद्धृत गरे: ‘हेर, तिनीहरूबीच कस्तो प्रेम छ र तिनीहरू एकअर्काको निम्ति मर्न समेत तयार छन्‌।’

संसारमा के अहिले पनि यस्तै प्रेम पाउन सकिन्छ? हो, सकिन्छ। उदाहरणका लागि, यहोवाका साक्षीहरूको ब्राजिल शाखा कार्यालयले प्राप्त गरेको एउटा पत्रलाई विचार गर्नुहोस्‌। उक्‍त पत्र लेख्ने मरिलिया नाउँकी स्त्रीले यस्तो लेखिन्‌:

“अर्जेन्टिनाको बिया मरसाथसमा बस्दा मेरी आमा, जो यहोवाको साक्षी हुनुहुन्छ, उहाँलाई सन्धिबाथ भयो र कम्मरदेखि मुनिको भागमा पक्षघात भयो। उहाँ बिरामी हुनुभएको सुरुको आठ महिनासम्म, बिया मरसाथसका साक्षीहरूले मायालु ढंगमा विचार पुऱ्‍याई उहाँको हेरचाह गरे। तिनीहरूले सबै कुराको रेखदेख गरे, उहाँको घर सफा गरिदिए अनि उहाँको लागि खाना बनाइदिए। आमा अस्पतालमा हुनुहुँदा समेत रातदिन कोही न कोही उहाँसँग हुन्थ्यो।

“अहिले आमा र म ब्राजिल फर्किसकेका छौं र उहाँ यहीं नै स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ। अहिले हामी बसिरहेको ठाउँका साक्षीहरूले आमाको स्वास्थ्य लाभको लागि सक्दो सबै गरिरहेका छन्‌।”

मरिलिया आफ्नो पत्र यसरी टुंग्याउँछिन्‌: “हुन त म एक जना साक्षी होइन तर साक्षीहरूमाझ मैले मित्रता, प्रेम र हेरचाह पाएँ।”

हो, साँचो मसीही प्रेमसहित काम गर्ने मानिसहरू अझै पनि छन्‌। यसो गरेर तिनीहरू येशूका शिक्षाहरूले हाम्रो जीवनमा कस्तो असर पार्न सक्छ भन्‍ने कुराको प्रदर्शन गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने