सम्झनुपर्ने त्यो दिन
आफ्नो मृत्युको अघिल्लो साँझ येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई अखमिरी रोटी र एक कचौरा रातो दाखमद्य दिनुभयो अनि त्यो खान र पिउन निर्देशन दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।”—लूका २२:१९.
यो वर्ष यस घटनाको वार्षिकोत्सव आइतबार, अप्रिल ४ का दिन सूर्यास्तपछि पर्छ। येशूले आज्ञा गर्नुभएजस्तै गरी यो स्मरणार्थ उत्सव मनाउन उक्त साँझ विश्वभर रहेका यहोवाका साक्षीहरू भेला हुनेछन्। तिनीहरूसितै सहभागी हुन तपाईंलाई हार्दिक निमन्त्रणा छ। यो विशेष सभा सुरु हुने समय तथा स्थानबारे कृपया स्थानीय यहोवाका साक्षीहरूसित पक्का गर्नुहोस्।