“योभन्दा राम्रो कुरा तपाईंको लागि अरू कुनै हुन सक्दैन”
आलेक्सिस, पाँच वर्षका केटा हुन्। तिनी मेक्सिकोको मोरेलिया भन्ने ठाउँका हुन् र तिनका आमाबाबु यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्दैछन् र सभाहरू पनि धाउँदैछन्। आफ्नो परिवारसँग क्षेत्रीय सम्मेलनमा उपस्थित हुँदा तिनले घर-घरको प्रचारकार्यसम्बन्धी एउटा प्रदर्शन हेरे। त्यसपछि तुरुन्तै तिनले आफ्नो बुबातिर फर्केर यसो भने, “बाबा, बाबा, तपाईं पनि प्रचारमा जानुहोस् न!” तिनको बुबाले यस्तो जवाफ दिए, “प्रचारमा जान सकौं भनेर नै म अध्ययन गर्दैछु।” आलेक्सिसले उत्साहित हुँदै अझ यसो भने, “बाबा, योभन्दा राम्रो कुरा तपाईंको लागि अरू कुनै हुन सक्दैन।”
यी साना बालकले यहोवाको ज्ञानअनुसार आफ्नो काम पनि हुनुपर्ने आवश्यकता बुझे। तिनका कोही-कोही नातेदारहरू तिनीसँगै एउटै घरमा बस्ने भएकोले तिनले पहिला यहोवालाई प्रार्थना गरे अनि आमाबाबुबाट आफूले सिकेका कुराहरू बाइबल कथाहरू भएको मेरो पुस्तक-बाट बताए। आलेक्सिस पढ्न जान्दैनथे तैपनि तिनले चित्रहरू हेरेर सबै कथाहरू भन्न सक्थे। परमेश्वरको उद्देश्यबारे आफूले सिकेका कुराहरूबारे अरूलाई बताउन तिनीहरू मानिसहरूको घर-घरमा जान चाहन्छन् भनेर समेत तिनले बताए।
साँच्चै, जवान र वृद्ध सबैले आफ्नो जीवनलाई “पवित्र परमप्रभु” यहोवाले चाहनुभएअनुसार परिवर्तन गर्न सक्छन् र राष्ट्रहरूमाझ उहाँबारे साक्षी दिने विशेषाधिकार पाउन सक्छन्। (यशैया ४३:३; मत्ती २१:१६) साँच्चै, कुनै पनि व्यक्तिको लागि योभन्दा राम्रो कुरा अरू कुनै हुन सक्दैन।