प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ९/१ पृ. ३२
  • निरुत्साहको सामना कसरी गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निरुत्साहको सामना कसरी गर्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ९/१ पृ. ३२

निरुत्साहको सामना कसरी गर्ने

के तपाईं निरुत्साहित हुनुहुन्छ? अनिश्‍चितता र झैझगडाले व्याप्त अहिलेको युगमा थुप्रै मानिसहरू निरुत्साहित छन्‌। कोही-कोही बेरोजगार भएको कारण निराश छन्‌। अरु कतिपयले चाहिं दुर्घटनापछिका असरहरू भोगिरहेका छन्‌। पारिवारिक समस्या, सिकिस्त बिरामी अथवा एकाकीपनसित सङ्‌घर्ष गरिरहेकाहरू पनि छन्‌।

यदि तपाईं निरुत्साहित हुनुभएको छ भने, तपाईं कहाँ मदत खोज्न सक्नुहुन्छ? विश्‍वभरिका लाखौं मानिसहरूले परमेश्‍वरको वचन बाइबल पढेर सान्त्वना पाएका छन्‌। तिनीहरूले प्रेरित पावलका यी शब्दहरूबाट आश्‍वासन पाएका छन्‌, जसले यसो भने: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर र पिता, कृपाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर धन्यका हुनुहुन्छ। . . . उहाँले हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुभएको छ।” (२ कोरिन्थी १:३, ४) आफ्नै बाइबल खोलेर यो तथा अन्य बाइबल पदहरू पढ्‌नुभए कसो होला? यसो गर्दा यसले ‘तपाईंको हृदयलाई सान्त्वना दिनुका साथै तपाईंलाई स्थिर गराउनेछ।’—२ थिस्सलोनिकी २:१७.

यहोवाको सेवा गर्ने व्यक्‍तिहरूसित सरसंगत गरेर पनि निरुत्साहको सामना गर्ने मदत पाउन सकिन्छ। हितोपदेश १२:२५ यसो भन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।” मसीही सभाहरूमा उपस्थित हुँदा हामी ती “दयालु वचन” सुन्छौं, जसले “प्राणलाई मिठास दिन्छ, र हड्डीहरू निको पार्छ।” (हितोपदेश १६:२४, NRV) यस्तो भेलाले तपाईंलाई कसरी सुदृढ पार्दो रहेछ भन्‍ने कुरा आफैले अनुभव गर्न यहोवाका साक्षीहरूको राज्यभवनमा हुने सभामा उपस्थित हुनुभए कसो होला?

प्रार्थनाको शक्‍तिबाट पनि तपाईं लाभ उठाउन सक्नुहुन्छ। जीवनका फिक्रीहरूले लादिएको महसुस गर्नुहुँदा आफ्नो मनका पीर-व्यथाहरू “प्रार्थना सुन्‍नुहुने[लाई]” पोख्नुहोस्‌। (भजन ६५:२) हामी आफूलाई जति बुझ्छौं हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरले हामीलाई त्योभन्दा राम्ररी बुझ्नुहुन्छ। हामी उहाँको मदतमा भर पर्न सक्छौं। उहाँको वचन हामीलाई यस्तो प्रतिज्ञा गर्छ: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” (भजन ५५:२२) हो, “परमप्रभुको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्‌।”—यशैया ४०:३१.

निरुत्साहको सफलतासाथ सामना गर्न यहोवा परमेश्‍वरले हाम्रो लागि सशक्‍त प्रबन्धहरू मिलाउनुभएको छ। के तपाईं त्यसको उपयोग गर्न चाहन्‍नुहुन्‍न र?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने