प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 २/१ p. ३२
  • “जागा रहो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “जागा रहो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 २/१ p. ३२

“जागा रहो”

पुरातन समयमा सहर र मन्दिरको प्रवेशद्वार अनि कुनै-कुनै निजी घरको मूलद्वारमा समेत ढोकेहरू खटिन्थे। राती ढोका बन्द भए नभएको राम्ररी हेर्नुको अलावा तिनीहरूले पहरेदारको समेत काम गर्थे। यो एउटा अत्यन्तै जिम्मेवारपूर्ण कार्यभार थियो किनकि तिनीहरूले कुनै सन्‍निकट खतराबारे मानिसहरूलाई कराएर जनाउ दिनुमै सहरको सुरक्षा निर्भर हुन्थ्यो।

ढोकेको भूमिका कस्तो हुन्छ, त्यो येशू ख्रीष्टलाई राम्ररी थाह थियो। एक पटक उहाँले आफ्ना चेलाहरूलाई ढोकेसित तुलना गर्नुभयो अनि यहूदी रीतिरिवाजको अन्तलाई लिएर जागा रहन प्रोत्साहन दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “होशियार रहो, जागा बस . . . किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ। यो ता . . . , ढोकेलाई ‘तँ जागै रहनू’ भन्‍ने आज्ञा समेत दिएर आफ्नो घर छोडेर परदेश लागेको कोही एउटा मानिसजस्तो हो। यसकारण जागा रहो, किनकि घरको मालिक . . . कहिले आउने हो सो तिमीहरू जान्दैनौ।”—मर्कूस १३:३३-३५.

यसरी नै, यो पत्रिका प्रहरीधरहरा-ले “जागा रहो” भन्‍ने येशूको यस आह्वान बताउँदै आएको १२५ वर्षभन्दा धेरै समय भइसकेको छ। कसरी? यो पत्रिकाको पृष्ठ २ मा बताएझैं “यसले बाइबलका भविष्यवाणीहरू पूरा गर्ने वर्तमान विश्‍वघटनाहरूमाथि दृष्टि राख्छ। आफ्ना सहजनहरूमाथि अत्याचार गर्ने सबैलाई परमेश्‍वरको राज्यले नष्ट गर्नेछ र पृथ्वीलाई एउटा प्रमोदवनमा परिणत गर्नेछ भन्‍ने सुसमाचारद्वारा यसले सबैलाई सान्त्वना प्रदान गर्छ।” विश्‍वभरि १५० भाषामा २,६०,००,००० भन्दा धेरै प्रतिहरू वितरण हुने यो प्रहरीधरहरा पत्रिका सबैभन्दा व्यापक वितरण हुने धार्मिक पत्रिका हो। पुरातन समयका ढोकेहरू जस्तै यहोवाका साक्षीहरूले यस पत्रिकाद्वारा विश्‍वको चारैकुनामा रहेका सबैलाई आध्यात्मिक तवरमा ‘जागा रहन’ आग्रह गरिरहेका छन्‌ किनकि मालिक येशू ख्रीष्ट फर्कन अनि यस रीतिरिवाजमाथि न्याय गर्न आउनै लाग्नुभएको छ।—मर्कूस १३:२६, ३७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने