प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ५/१५ पृ. ३२
  • तपाईं कस्तो जगमा निर्माण गर्दै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं कस्तो जगमा निर्माण गर्दै हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ५/१५ पृ. ३२

तपाईं कस्तो जगमा निर्माण गर्दै हुनुहुन्छ?

कुनै पनि भवन टिकाउ हुने वा नहुने कुरा धेरै हदसम्म यसको जगको मजबुतीमा भर पर्छ। कहिलेकाहीं बाइबलले यस सिद्धान्तलाई लाक्षणिक अर्थमा पनि प्रयोग गर्छ।

उदाहरणका लागि, अगमवक्‍ता यशैया यहोवा परमेश्‍वरलाई “पृथ्वीको जग बसाल्नुहुने” व्यक्‍तिको रूपमा सङ्‌केत गर्छन्‌। (यशैया ५१:१३) यो लाक्षणिक जगले परमेश्‍वरका अपरिवर्तनशील नियमहरूलाई बुझाउँछ जसले पृथ्वीको गतिलाई नियन्त्रण गर्नुका साथै पृथ्वीलाई आफ्नो ठाउँमा अडिन मदत गर्छ। (भजन १०४:५) परमेश्‍वरको वचन बाइबलले मानव समाज बसालिएका “जगहरू[को]” विषयमा पनि बताउँछ। यी हुन्‌ न्याय, नियमकानुन र सुव्यवस्था। अन्याय, भ्रष्टाचार र हिंसाद्वारा ती ‘नष्ट हुँदा’ अथवा फितलो बनाइँदा सामाजिक सुव्यवस्था पनि भताभुङ्‌ग हुन्छ।—भजन ११:२-६; हितोपदेश २९:४.

यो सिद्धान्त मानिसको व्यक्‍तिगत जीवनमा पनि लागू हुन्छ। डाँडाको प्रख्यात उपदेशको अन्तमा येशू ख्रीष्टले यसो भन्‍नुभयो: “जसले मेरा यी वचनहरू सुन्छ र गर्छ, म एउटा बुद्धिमान मानिससित त्यसको तुलना गर्छु, जसले आफ्नो घर चटानमाथि बनायो। अनि पानी परेर भल आयो, हुरी चल्यो, र त्यस घरमाथि बजारियो, र पनि त्यो ढलेन। किनकि त्यो चटानमाथि बसालिएको थियो। औ जसले मेरा यी कुरा सुनेर पनि त्यसअनुसार गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससित गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो। पानी परेर भल आयो, हुरी चल्यो र त्यस घरमाथि ठक्कर लाग्यो, र त्यो ढल्यो, अनि त्यसको पतन ठूलो भयो।”—मत्ती ७:२४-२७.

तपाईं आफ्नो जीवन कस्तो जगमा निर्माण गर्दै हुनुहुन्छ? के भक्‍तिहीन मानव दर्शनको कमजोर बालुवामा, जसको जग अन्तमा ढल्नेछ? अथवा के तपाईंले येशू ख्रीष्टका वचनहरू पालन गरेर बलियो चटानमाथि निर्माण गर्दै हुनुहुन्छ, जसले तपाईंलाई जीवनमा आइपर्ने लाक्षणिक हुरीबतासको सामना गर्न मदत गर्नेछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने