प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ६/१५ पृ. ३२
  • “उनको विश्‍वासको खातिर सताइयो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उनको विश्‍वासको खातिर सताइयो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ६/१५ पृ. ३२

“उनको विश्‍वासको खातिर सताइयो”

मानव अधिकार हननको सिकार भएकाहरूको सम्झनामा उत्तरी इटालीस्थित सेर्नोबोई सहरको स्थानीय पार्कमा एउटा स्मारक बनाइयो। स्मारकमा राखिएको एउटा पाटी नारसिसो रिटलाई समर्पित गरिएको छ। इटालियन आमाबाबुबाट जर्मनीमा जन्मेका रिट सन्‌ १९३० मा यहोवाका साक्षी बने। हिटलरको शासनमा यहोवाका साक्षीहरूलाई सताइयो किनकि तिनीहरूले हिटलरलाई साँचो परमेश्‍वरभन्दा माथि राख्न इन्कार गरे।

जब यातना शिविरमा प्रहरीधरहरा भित्र्याउने काममा रिट संलग्न भएको कुरा गेस्तापोले चाल पाए, उनी चेर्नोब्यो भागे। त्यहाँ उनलाई इटालियन भाषामा प्रहरीधरहरा अनुवाद गरेर नजिकैका सँगी विश्‍वासीहरूलाई वितरण गर्न भनियो। उनको त्यो जोसिलो कार्य अरूको आँखाबाट लुक्न सकेन। एक जना विशेष सैन्यदलका अफसर र उनका मानिसहरूले रिटको घरमा छापा मारे, उनलाई पक्राउ गरे र “सबुत प्रमाणहरू[को]” रूपमा दुईवटा बाइबल र केही चिठीहरू जफत गरे! रिटलाई जर्मनीमा निर्वासनमा पठाइयो र डाकाऊ यातना शिविरमा बन्दी बनाइयो र दोस्रो विश्‍वयुद्ध समाप्त हुनुभन्दा केही समयअघि मृत्युदण्ड दिइयो। उक्‍त सेर्नोबोई पाटीमा यस्तो लेखिएको छ, “उनको विश्‍वासको खातिर सताइयो।”

नाजी सतावटको सिकार भएका नारसिसो रिटको विश्‍वास र अन्य धेरै साक्षीहरूको विश्‍वास आजका मसीहीहरूको लागि तिनीहरूको उपासनाको योग्य ब्रह्‍माण्डको एक मात्र व्यक्‍तित्व यहोवाप्रति विश्‍वासी रहनको लागि एउटा प्रोत्साहन भएको छ। (प्रकाश ४:११) येशूले यसो भन्‍नुभयो: “धन्य धार्मिकता निम्ति सताइनेहरू।” परमेश्‍वरले तिनीहरूका कार्य सम्झनुहुनेछ अनि तिनीहरूको साहसिक कार्यको लागि आशिष्‌ दिनुहुनेछ।—मत्ती ५:१०; हिब्रू ६:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने