प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ८/१ पृ. ३२
  • एउटा लामो यात्राको इनाम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा लामो यात्राको इनाम
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ८/१ पृ. ३२

एउटा लामो यात्राको इनाम

प्रजातान्त्रिक गणतन्त्र कंगोका दुई जना साक्खे दिदीबहिनीको एउटा यस्तो रिपोर्ट छ, जसले लिसाला सहरमा आयोजित “परमेश्‍वरलाई महिमा दिनुहोस्‌” जिल्ला अधिवेशनमा उपस्थित हुन युद्धग्रस्त इलाकाको निकै लामो यात्रा गर्ने निर्णय गरे। उनीहरूले अधिवेशनमा प्रदान गरिने आध्यात्मिक निर्देशन तथा मसीही सरसंगतिबाट लाभ उठाउने आशा राख्नुका साथै किन्सासास्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयबाट आउने प्रतिनिधिहरूलाई भेट्‌ने सोच पनि बनाएका थिए। देशमा गृहयुद्ध मच्चिरहेको कारण शाखा कार्यालयको कसैसँग पनि भेट नभएको वर्षौं भइसकेको थियो र यस अवसरमा उनीहरू ती प्रतिनिधिहरूलाई भेट्‌न चाहन्थे।

डुङ्‌गामा यात्रा गर्दै ती दुई दिदीबहिनी आफू बसोबास गर्ने सहर बासाकुसुदेखि लिसालातिर लागे र त्यो यात्रा जङ्‌गलै-जङ्‌गल अनि दुईवटा नदी पार गरेर जानुपर्ने ३०० किलोमिटर लामो यात्रा थियो। यात्रा पूरा गर्न उनीहरूलाई तीन हप्ता लाग्यो। एक जनाले ३ वर्ष र अर्कीले १९ वर्ष अग्रगामी गरिसकेका ती दुवै दिदीबहिनी पूर्ण-समय सेवकहरू भएको कारण उनीहरूले आफ्नो यात्राभरि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरे। यात्रामा भेटेका मानिसहरूलाई प्रचार गरेर उनीहरूले ११० घण्टा बिताए भने, २०० वटा पर्चा र ३० वटा पत्रिका वितरण गरे।

नदीमा चाहिं उनीहरूले त्यस इलाकामा अक्सर देखिने जलगैंडा र गोहीहरूको बीचबाट यात्रा गर्नुपर्थ्यो। उनीहरूले रातको समयमा यात्रा गर्न सकेनन्‌ किनभने अँध्यारो भएपछि नदीमा खतरा हुने भएकोले डुङ्‌गा यात्रा गर्नै सकिंदैनथ्यो! उनीहरूले यात्रा गरेको बाटोमा सैन्य जाँच चौकीहरू पनि थुप्रै थिए।

यो निकै लामो र थकाइलाग्दो यात्रा भए पनि त्यस्तो प्रयास गरेकोमा ती दिदीबहिनी खुसी थिए। लिसालामा आयोजित अधिवेशनमा उपस्थित हुन सकेकोमा उनीहरू दुवै जना कृतज्ञता र हर्षले गद्‌गद थिए। उनीहरूको हृदय सत्यप्रतिको जोसले ओतप्रोत थियो र अधिवेशनमा उपस्थित ७,००० भाइबहिनीको संगतिबाट उनीहरूले धेरै प्रोत्साहन पाए। अधिवेशन सकेर घर फर्किंदा पनि उनीहरूले त्यस्तै चुनौतीहरूको सामना गर्नुपऱ्‍यो। घर पुग्दा उनीहरूले आफ्नो परिवारलाई सकुशल पाए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने