प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ८/१५ p. ८
  • गालीलको समुद्रमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गालीलको समुद्रमा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • येशू हामीलाई बचाउन सक्नुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • टापुमा जहाज दुर्घटना
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येसु समुद्रमा चलेको आँधीलाई शान्त पार्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येसु पानीमाथि हिँड्‌नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ८/१५ p. ८

गालीलको समुद्रमा

मर्कूस ४:३५-४१ ले गालीलको समुद्र पार गर्न येशू र उहाँका चेलाहरू एउटा डुङ्‌गामा चढ्‌नुभयो भनी बताउँछ। त्यहाँ यस्तो लेखिएको छ: “ठूलो बतासको हुरी चल्यो, र छालहरू डुङ्‌गामा बज्रन लागे, यहाँसम्म कि, डुङ्‌गा पानीले भरिनलाग्यो। उहाँ [येशू] आफै चाहिं पछिल्तिर एउटा तकियामा सिरानी लाएर निदाइरहनुभएको थियो।”

बाइबलमा यहाँ मात्र “तकिया” अर्थ दिने युनानी शब्द प्रयोग गरिएको छ। त्यसैले अधिकांश विद्वान्‌हरूलाई यस शब्दको वास्तविक अर्थ थाह छैन। अधिकांश बाइबलले यस शब्दलाई “तकिया” अथवा “चकटी” भनेर अनुवाद गरेका छन्‌। तर कस्तो तकिया? मूल भाषामा मर्कूसले त्यस तकियालाई डुङ्‌गामै भएको एउटा वस्तु भनेका छन्‌। सन्‌ १९८६ मा गालीलको समुद्रमा भेटिएको एउटा डुङ्‌गाले मर्कूसले चलाएको यस युनानी शब्दबारे थप स्पष्टीकरण दिन्छ।

अनुसन्धानबाट २६ फुट लामो यस डुङ्‌गामा पाल र खियाउने बाहाना भएको पत्ता लाग्यो। यो डुङ्‌गा माछा मार्नको लागि प्रयोग गरिन्थ्यो। ठूलो र गह्रौं माछा मार्ने जाल राख्न डुङ्‌गामा एउटा कडा तख्ता हुन्थ्यो। डुङ्‌गाका पाटपूर्जाहरू हेर्दा ई.पू. १०० देखि इ.सं. ७० बीचमा डुङ्‌गाको प्रयोग भएको हुन सक्थ्यो। येशू र उहाँका चेलाहरूले प्रयोग गरेको डुङ्‌गा पनि सम्भवतः यस्तै थियो। द सी अफ गालीली बोट—एन एक्स्ट्राअडिनरी २००० यर वल्ड डिस्कभरी पुस्तकका लेखक शेली भाक्स्‌म्यान त्यस डुङ्‌गाको उत्खनन्‌मा संलग्न थिए। उनको भनाइमा येशू सुत्नुभएको त्यो “तकिया” भार सन्तुलनको लागि प्रयोग गरिएको बालुवाको बोरा थियो। जाल हानेर माछा मार्नमा अनुभवी एक जना माझीले यसो भने: “सानो छँदा माछा मार्न मैले प्रयोग गर्ने डुङ्‌गामा एक-दुईटा बालुवाका बोरा हुन्थ्यो। . . . यात्रा गर्दा भार सन्तुलन राख्न डुङ्‌गामा यस्ता बोराहरू राखिन्थ्यो। तर प्रयोग नहुँदा भने ती बोराहरू डुङ्‌गाको कडा तख्तामुनि थन्काएर राख्थ्यौं। कोही थाक्यो भने घस्रदै डुङ्‌गाको तख्ताको मुनि जान्थ्यो र बालुवाको बोरालाई तकिया बनाई सुत्थ्यो।”

तख्तामुनिको बालुवाको बोरा राखिएको ठाउँमा येशू सुत्नुभयो भनी मर्कूस भन्दै थिए। अधिकांश विद्वान्‌को भनाइमा आँधीबेहरी आउँदा बस्ने सबैभन्दा सुरक्षित ठाउँ यही हो। तकिया जस्तोसुकै भए पनि मुख्य कुरा त त्यसबेला घटेको घटना हो। परमेश्‍वरको समर्थन र शक्‍ति पाएर येशूले आँधीग्रस्त समुद्र शान्त पार्नुभयो। चेलाहरूले समेत यस्तो प्रश्‍न गरे: “यिनी को हुन्‌? बतास र समुद्रले पनि यिनको हुकूम मान्छन्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने