प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ८/१५ पृ. ३२
  • बाइबलप्रति देखाइएको चासोको प्रशंसा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलप्रति देखाइएको चासोको प्रशंसा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ८/१५ पृ. ३२

बाइबलप्रति देखाइएको चासोको प्रशंसा

अठार वर्षीया मारियाना दक्षिण इटालीकी यहोवाका साक्षी हुन्‌। तिनी हाइस्कूलको अन्तिम वर्षमा अध्ययनरत छिन्‌। तिनको स्कूलमा अरू साक्षीहरू पनि पढ्‌छन्‌।

मारियाना लेख्छिन्‌, “केही वर्ष भयो, हामी केही साक्षीहरू मिलेर स्कूलको खाजा खाने समयमा दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट दैनिक पद छलफल गर्ने गर्छौं। दैनिक पद छलफल गर्न एउटै मात्र उपयुक्‍त ठाउँ शिक्षकहरूको कोठा जाने बाटो थियो। त्यो त्यति एकान्त ठाउँ त थिएन। शिक्षकहरू त्यो बाटो ओहोरदोहोर गर्दा प्रायः उहाँहरूले हामीलाई देख्नुहुन्थ्यो र कोही-कोही त रोकिएर हामीले के गरिरहेको भनेर हेर्नुहुन्थ्यो। हामीले उहाँहरूका प्रश्‍नहरूको उत्तर पनि दियौं। हरेक दिन कुनै न कुनै शिक्षकले त सोधेकै हुन्थे। धेरैले रोकिएरै हाम्रो बाइबल छलफल सुन्‍ने गर्नुहुन्छ। साक्षीहरूले आध्यात्मिक कुराहरूप्रति देखाउने चासोको उहाँहरू प्रशंसा गर्नुहुन्छ। एक पटक सहायक प्रिन्सिपलले हामीलाई शिक्षकहरूको कोठामै दैनिक पद छलफल गर्न बोलाउनुभयो।”

“हाम्रो छलफल गर्ने ठाउँलाई देखेर एक जना शिक्षकले छलफलको लागि हामीलाई कुनै एउटा एकान्त कक्षा कोठा चलाउने दिने की भनी प्रिन्सिपललाई सोध्नुभयो। उहाँले अनुमति दिनुभयो। हामीले बसालेको असल उदाहरणको लागि शिक्षकले सारा कक्षासामु हाम्रो प्रशंसा गर्नुभयो। यहोवाले यति राम्रो मौका दिनुभएकोमा हामी खुसी छौं।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने