प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ११/१ पृ. ३२
  • तिनीहरू बहिराहरूलाई सुसमाचार सुनाउँछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरू बहिराहरूलाई सुसमाचार सुनाउँछन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ११/१ पृ. ३२

तिनीहरू बहिराहरूलाई सुसमाचार सुनाउँछन्‌

“तिनीहरू तपाईंलाई आध्यात्मिक कुरा सुनाउँछन्‌!” स्पेनको माड्रिडमा पर्ने नाभालकारनेरोमा भएको एउटा वृद्धाश्रममा यहोवाका साक्षीहरूले प्रचार गरेपछि त्यहाँका डाइरेक्टरले त्यसो भनेका थिए। उनले त्यसो भन्‍नुको कारण के थियो?

रोजा डेल कामेनो नामको त्यस वृद्धाश्रममा बहिराहरू पनि बस्छन्‌। यहोवाका साक्षीहरूले स्पेनी साङ्‌केतिक भाषा सिकेको कारण तिनीहरू ती बहिराहरूसँग कुराकानी गर्न सक्छन्‌। यहोवाका साक्षीहरूले बहिराहरूको आवश्‍यकता बुझेर खुसीसाथ बाइबलका कुराहरू निश्‍शुल्क सिकाउन आफ्नो समय दिएकोमा त्यस वृद्धाश्रमका डाइरेक्टरले साक्षीहरूको धेरै प्रशंसा गरे। परमेश्‍वरको राज्यको सुसमाचारले वृद्धाश्रमका बहिराहरूमा पारेको राम्रो प्रभावबारे तिनले टिप्पणी गरे। वृद्धाश्रमका सबैले, त्यसमा पनि विशेष गरी अन्धा र बहिराहरूले पनि यहोवाका साक्षीहरू त्यहाँ आएकोमा खुसी व्यक्‍त गरेका छन्‌।

आँखा पनि नदेख्ने र कान पनि नसुन्‍ने युलोहिओ अहिले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गरिरहेका छन्‌। एक दिन बाइबल अध्ययन गरिरहेको बेला एक जना वृद्ध आएर अध्ययन सञ्चालन गरिरहेका साक्षीलाई एउटा कविता दिए। त्यो कविता वृद्धाश्रमका सबैले मूल्याङ्‌कन व्यक्‍त गर्दै लेखिएको थियो। कविताको शीर्षक थियो: “यहोवाको साक्षी।” त्यो कविताको केही भाग यस्तो थियो: “उनीहरूको जीवन सुखी छ, असल र अनुशासित। यहोवाबाटै बुद्धि पाउँछन्‌ र आनन्दित हुन्छन्‌। दोहोऱ्‍याइ-तेहऱ्‍याइ घर-घरमा जान्छन्‌। किनकि उनीहरू यहोवमा भरोसा राख्छन्‌।”

यहोवामाथि पूर्ण भरोसा राखेकोले गर्दा नै संसारभरिका धेरै साक्षीहरूले आ-आफ्नो देशको साङ्‌केतिक भाषा सिकेका छन्‌। यसरी तिनीहरू बाइबलमा पाइने भविष्यको सुन्दर आशाको सन्देश बहिराहरूलाई सुनाउँछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने