प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ११/१५ p. ३२
  • ‘तिमीहरूको प्रेम बढ्‌दैछ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तिमीहरूको प्रेम बढ्‌दैछ’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ११/१५ p. ३२

‘तिमीहरूको प्रेम बढ्‌दैछ’

सन्‌ २००४ मा एकपछि अर्को प्राकृतिक प्रकोपले जापानलाई निकै सतायो। ती प्रकोपहरू थिए—आँधीबेहरी, बाढी र भूकम्प। त्यस्ता प्राकृतिक प्रकोपहरूको कारण यहोवाका साक्षीहरूलगायत अरू थुप्रैको जीवन अस्तव्यस्त भयो। (उपदेशक ९:११) तर त्यस्तो विपत्ति आइपर्दा यहोवाका साक्षीहरूले भने एक-अर्कालाई भातृ-प्रेम देखाउने सुनौलो मौका पाए।—१ पत्रुस १:२२.

उदाहरणको लागि, जुलाई महिनामा मुसलधारे पानी परेपछि जापानको मध्य भागस्थित एउटा नदी ह्वात्तै बढेर आयो। यहोवाका साक्षीहरूको २० वटा भन्दा बढी घरलाई बाढीले क्षति पुऱ्‍यायो। एउटा राज्यभवनमा त तीन फिटसम्म पानी जम्मा भयो। छिमेकमा जति मण्डलीहरू थिए, त्यहाँका सबै भाइबहिनी मदत गर्न तुरुन्तै अघि सरे। सयौं स्वयम्‌सेवकले हिलाम्मे घरहरू सफा गरे। राज्यभवन पनि सफा गरियो र दुई हप्ताभित्रै मर्मत-सम्भार गर्ने काम सिद्धियो।

अक्टोबर २३ तारिखका दिन त्यही ठाउँमा ६.८ रेक्टर स्केलको ठूलो भूकम्प आयो। घटीमा पनि ४० जनाले ज्यान गुमाए भने, १,००,००० भन्दा बढीलाई उद्धार गर्नुपऱ्‍यो। पानी, ग्यास र बिजुलीको आपूर्ति ठप्प भयो। भूकम्पको केन्द्रबिन्दु भर्खरै मर्मत-सम्भार गरिएको राज्यभवनदेखि ५० किलोमिटर टाढा थियो तर राज्यभवनलाई भने केही भएन। त्यो राज्यभवन तत्काललाई अस्थायी उद्धार केन्द्र नै बन्यो। आफ्ना भाइबहिनीहरू के-कस्तो अवस्थामा छन्‌ भनेर मसीही निरीक्षकहरूले रत्तीभर ढिलाइ नगरी सोधखोज गरे र सबैजना सकुशल रहेको जानकारी पाएपछि ढुक्क भए। त्यसको भोलिपल्ट बिहान, जुलाई महिनामा आएको बाढीमा परेका छ जना यहोवाका साक्षीले भूकम्प प्रभावित इलाकामा खाद्यान्‍न र पानी पुऱ्‍याउन खुसीसाथ सघाए। भूकम्प गएको केही घण्टाभित्रै त्यहाँ राहत सामग्रीहरू पुऱ्‍याइएको थियो।

मण्डलीका एक जना प्राचीन यसो भन्छन्‌, “बाढी पीडित भाइबहिनीहरूले भूकम्प पीडित भाइबहिनीहरूलाई मदत गर्नु उनीहरूले लगाएको गुन तिर्ने सुनौलो मौका ठाने। तिनीहरूले झिसमिसे उज्यालोदेखि आधा रातसम्म खटेर काम गरे। आनन्दले उनीहरूको मुहारै चम्केको थियो!”

चाहे बाढी आओस्‌ वा भूकम्प जाओस्‌, कुनै पनि कुराले यहोवाका साक्षीहरूको मसीही भ्रातृत्वलाई बाँधेर राख्ने प्रेमको डोरी चुडाउन सक्दैन। बरु, यस्ता प्राकृतिक प्रकोपहरू आइपर्दा मसीहीहरू थिस्सलोनिकीका सँगी भाइबहिनीलाई प्रेरित पावलले भनेको कुरा अनुभव गर्छन्‌: ‘तिमीहरूको प्रेम, एक अर्कोप्रति बढ्‌दैछ।’—२ थिस्सलोनिकी १:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने