प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १२/१ पृ. ३२
  • सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १२/१ पृ. ३२

सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार

यो पुस्तिका सन्‌ २००४/२००५ मा सम्पन्‍न यहोवाका साक्षीहरूको “परमेश्‍वरसित हिंड्‌नुहोस्‌” जिल्ला अधिवेशनमा विमोचन गरिएको हो। यसको एउटा संस्करण ९६ पृष्ठको छ। यसभित्र अफ्रिकान्स, चाइनिज र हंगेरी जस्ता ९२ वटा भाषामा एउटै सन्देश छोटकरीमा लेखिएको छ। धेरैभन्दा धेरै मानिसहरूलाई सुसमाचार सुनाउन यो पुस्तिका तयार पारिएको हो। (मत्ती २४:१४) यसलाई चलाउँदा पाइएका राम्रा-राम्रा अनुभवहरूको केही झलक यहाँ दिइएको छ।

• अधिवेशनमा यो पुस्तिका पाइसकेपछि एक साक्षी परिवार तीन वटा पार्कमा घुम्न गएका थिए। त्यहाँ तिनीहरूले भारत, नेदरल्याण्ड्‌स, पाकिस्तान र फिलिपिन्सका मानिसहरू भेटे। बुबा भन्छन्‌: “हुन त ती मानिसहरू कामचलाउ अङ्‌ग्रेजी बोल्न सक्थे। तैपनि आफ्नै भाषामा सन्देश पढ्‌न पाउँदा अत्यन्त खुसी भए किनकि तिनीहरू सात समुद्रपारि विदेशमा बसिरहेका थिए। तिनीहरूले बुझे कि हामी एकतामा बाँधिएर संसारभरि नै सुसमाचार सुनाइरहेका छौं।”

• एक साक्षी बहिनीले सँगै काम गर्ने भारतीय पुरुषलाई यो पुस्तिका देखाइन्‌। यसमा थुप्रै भाषा देखेर तिनी त दंग परे र हत्तपत्त आफ्नै भाषाको सन्देश पल्टाएर पढिहाले। तिनीसित बाइबलबारे अरू छलफल पनि भयो। उक्‍त बहिनीकै फिलिपिनो सहकर्मी चाहिं पुस्तिकामा आफ्नो भाषा देखेर छक्क परिन्‌ र यहोवाका साक्षीहरूबारे थप जानकारी लिन इच्छुक भइन्‌।

• क्यानाडामा, साक्षी बहिनीसित एक नेपाली महिला फोनबाट बाइबल अध्ययन गर्न त राजी भइन्‌ तर घरैमा भेटेर कुरा गर्न भने चाहिनन्‌। जब बहिनीले यस पुस्तिकाबारे बताइन्‌ तब रोमाञ्चित हुँदै बहिनीलाई घरमा तुरुन्तै बोलाइन्‌। उनी आफ्नै भाषामा सन्देश पढ्‌न आतुर थिइन्‌! त्यस दिनदेखि यता उनकै घरमा बाइबल अध्ययन भइरहेको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने