प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 २/१ पृ. ३२
  • सय वर्ष काटेकी अझ छैनन्‌ थाकेकी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सय वर्ष काटेकी अझ छैनन्‌ थाकेकी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 २/१ पृ. ३२

सय वर्ष काटेकी अझ छैनन्‌ थाकेकी

स्वीडेनमा, भर्खरै १०५ वर्ष पुगेका ६० जना मानिसहरू छन्‌। त्यहींकी एलिन पनि १०५ वर्षकी भइन्‌। हुन त, अहिले उनी वृद्धाश्रममा बस्छिन्‌। तैपनि ६० वर्षअघि यहोवाको साक्षी हुँदा एलीन जत्ति सक्रिय थिइन्‌, अहिले पनि उत्तिकै सक्रिय भई यहोवाको सेवा गर्छिन्‌।

नजरबन्दमा पर्दा पावलले अरूलाई प्रचार गरेकै तरिकामा एलिन अरूलाई प्रचार गर्छिन्‌। भेट्‌न आउने सबैलाई पावल प्रचार गर्थे। (प्रेरित २८:१६, ३०, ३१) एलिन पनि त्यस्तै मौकाको फाइदा उठाउँछिन्‌। त्यहाँ आउने कपाल काटिदिने मान्छे, डाक्टर, डेन्टिस्ट, नर्स, सर-सफाई गर्ने कामदार र ज-जसलाई भेट्यो उसैलाई बाइबलमा पाइने सुसमाचार सुनाइहाल्छिन्‌। एलिनको मण्डलीका भाइबहिनीहरू बेलाबेलामा आफ्ना बाइबल विद्यार्थीलाई एलिनकहाँ लैजान्छन्‌। यसरी भेट्‌दा एलिनको अनुभवबाट बाइबल विद्यार्थीहरू प्रोत्साहित हुन्छन्‌।

सधैं आनन्दित भइरहने र जिज्ञासु स्वभावकी एलिनलाई देख्दा उनको मण्डलीका भाइबहिनीहरू तिनलाई निकै माया गर्छन्‌। एक जना भाइ भन्छन्‌: “अचम्मै छ, मण्डलीमा के कस्तो भइरहेको छ भनेर एलिन सधैं चासो राख्छिन्‌! एलिनलाई सबै केटाकेटीको र अर्को मण्डलीबाट भर्खरै सरेकाहरूको नाम थाह छ।” अतिथि सत्कार गर्ने, रमाइलो गर्ने र जीवनलाई सकारात्मक ढङ्‌गले हेर्ने बहिनी भनेर एलिनले नाउँ कमाएकी छिन्‌।

यति आनन्दित हुन र आफ्नो जीवनको उद्देश्‍य नबिर्सन एलिनलाई केले मदत गरेको छ? यहोवाका साक्षीहरूद्वारा प्रकाशित दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट एलिन दिनदिनै बाइबलको एउटा पद पढ्‌छिन्‌। अक्षर ठूलो पार्ने लेन्सले हेरेर उनी अलिकता भए पनि बाइबल पढ्‌ने गर्छिन्‌। यहोवाका साक्षीहरूले प्रत्येक हप्ता सञ्चालन गर्ने सभाहरूको तयारी पनि गर्छिन्‌। हुन त उनी सभामा जान सक्दिनन्‌ तर पनि सबै सभाको रेकर्डिङ सुन्छिन्‌। बाइबल अनि बाइबल आधारित प्रकाशनहरू सधैं पढ्‌दा र मसीही सभाहरू जान नछोड्‌दा यसले हामीलाई सन्तोकी हुन र उद्देश्‍यपूर्ण जीवन बिताउन मदत गर्छ, चाहे हाम्रो उमेर जतिसुकै होस्‌! (w07 1/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने