प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ५/१ पृ. ३
  • “सबै युद्ध अन्त गर्ने युद्ध”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सबै युद्ध अन्त गर्ने युद्ध”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • मिल्दोजुल्दो सामग्री
  • आणविक युद्ध—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • आणविक युद्ध—के यो अझै एउटा खतरा हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • आणविक युद्ध—खतरा कसबाट?
    ब्यूँझनुहोस्‌!—२००४
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ५/१ पृ. ३

“सबै युद्ध अन्त गर्ने युद्ध”

‘म तपाईंहरूलाई वचन दिन्छु कि यो अन्तिम युद्ध हुनेछ —सबै युद्ध अन्त गर्ने युद्ध।’ —वुड्रो विल्सन, अमेरिकी राष्ट्रपति (१९१३-१९२१)।

यस्तो ठूलो आशा गरेका थिए लगभग ९० वर्षअघि अर्थात्‌ प्रथम विश्‍वयुद्धको अन्ततिर विश्‍वका एक नेताले। त्यो विश्‍वव्यापी लडाइँ यति डरलाग्दो थियो कि विजयीहरूले आफ्नो बलिदानद्वारा चिरकालीन लाभ हुनेछ भनेर विश्‍वास गर्न चाहे र त्यसरी विश्‍वास गर्नु आवश्‍यक पनि ठाने। तर मानव युद्धले विरलै मात्र समस्याहरू समाधान गर्छ, गहिरो जरा गाढेर बसेको युद्धकै समस्या त झन्‌ परै जाओस्‌।

राष्ट्रपति विल्सनले त्यस्तो बेतुकको कुरो गरेको लगभग २० वर्षपछि दोस्रो विश्‍वयुद्ध सुरु भयो। प्रथम विश्‍वयुद्धमा भन्दा यस युद्धमा ठूलो धनजनको विनाश भयो। बीस वर्षभित्र प्राविधिक क्षेत्रमा भएको उन्‍नतिले गर्दा मानिसहरू आम विनाश गर्न निकै माहिर भइसकेका थिए। दोस्रो विश्‍वयुद्धको अन्त भएपछि विश्‍वका नेताहरूले युद्ध हुने सम्भावना पहिलाभन्दा झन्‌ बढी भएको याद गरे।

सन्‌ १९४५ मा अमेरिकी जनरल डग्लस म्याक आर्थरले यस्तो घोषणा गरे: “हामीले अन्तिम मौका पाइसकेका छौं। यदि हामीले उत्तम र अझ निष्पक्ष प्रणाली बनाएनौं भने आरमागेडोनले हामीलाई ढुकेर बस्नेछ।”

दोस्रो विश्‍वयुद्धको अन्ततिर दुइटा परमाणु बमले जापानको नागासाकी र हिरोसिमामा कस्तो विध्वंश मच्चायो, त्यो कुरा जनरल म्याक आर्थरलाई थाह थियो। ती सहरहरूमा भएको भयानक विनाशले गर्दा उक्‍त जनरलले “आरमागेडोन” शब्दको नयाँ अर्थ लगाए। मतलब, तिनको विचारमा आरमागेडोन भनेको अन्तिम आणविक विपत्ति थियो अर्थात्‌ पृथ्वीको सभ्यताको अन्त।

आणविक विध्वंश हुन सक्ने चिन्ताले मानिसहरूलाई पिरोल्न छोडेको छैन। सन्‌ १९६० को दशकसम्म विश्‍वशक्‍तिहरूले “आणविक हातहतियारद्वारा शक्‍ति सन्तुलन”-को रणनीति अपनाएका थिए। तिनीहरूको लक्ष्य भनेको युद्ध जुनै पक्षले सुरु गरेको भए तापनि विरोधी पक्षको २५ प्रतिशत जनसाधारण र ५० प्रतिशत औद्योगिक क्षमता विनाश गर्न पुग्ने क्षेप्यास्त्र राख्ने वा ती प्रहार गर्ने तरिकाहरू खोज्नु थियो। विश्‍व शान्ति कायम राख्न बनाइएको यो रणनीतिबाट थोरै मानिसले मात्र राहत महसुस गरे।

आज, आणविक हात-हतियारको संख्या बढिरहेको छ अनि ठाउँ-ठाउँमा भइरहेका युद्धहरूले असंख्य मानिसको ज्यान लिइरहेको छ। आणविक विपत्तिको खतरा अझै छ। सबै मानिसहरू युद्ध अन्त भएको चाहन्छन्‌। अर्को कुनै युद्ध वा रणनीतिले यो लक्ष्य प्राप्त गर्न सक्छ भनेर धेरैलाई शंका लाग्छ।

तर बाइबलले सबै युद्धहरूको अन्त गर्ने एउटा विशेष युद्धबारे बताउँछ। बाइबलमा त्यस युद्धलाई “आरमागेडोन” भनिएको छ। अक्सर मानिसहरूले यो शब्दलाई आणविक विनाशसित जोड्‌छन्‌। आरमागेडोनले वास्तवमै कसरी युद्धको अन्त गर्न सक्नेछ? यस प्रश्‍नको उत्तर अर्को लेखमा छलफल गरिनेछ। (w08 4/1)

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

DTRA Photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने