प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ७/१ पृ. १०
  • “तपाईंले हेर्न इच्छा गर्नुहुनेथियो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तपाईंले हेर्न इच्छा गर्नुहुनेथियो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • “यहोवामा आशा राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • अय्यूबको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • सुधार स्वीकार्ने उदाहरणीय पुरुष
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ७/१ पृ. १०

परमेश्‍वरको नजिक हुनुहोस्‌

“तपाईंले हेर्न इच्छा गर्नुहुनेथियो”

आफूले माया गरेको व्यक्‍तिले दुःख पाएको र उसको मृत्यु भएको देख्नु असाध्यै पीडादायी हुन्छ। यस्तो अपूरणीय क्षति हुँदा हामी शोकविह्वल हुनु स्वाभाविकै हो। तथापि हाम्रा सृष्टिकर्ता यहोवा परमेश्‍वरले हाम्रो दुःख बुझ्नुहुन्छ भनेर थाह पाउनु सान्त्वनादायी छ। यति मात्र होइन, मरेकाहरूलाई फेरि जीवित बनाउन उहाँ आफ्नो असीम शक्‍ति प्रयोग गर्न पनि चाहनुहुन्छ। अय्यूब १४:१३-१५ मा लिपिबद्ध अय्यूबका शब्दहरूमा पाइने आशालाई विचार गर्नुहोस्‌।

एकछिन अय्यूबको पृष्ठभूमि विचार गरौं। उल्लेखनीय विश्‍वास भएका अय्यूबमाथि कठिन परीक्षाहरू आइपर्छ। तिनले आफ्नो धनसम्पत्ति गुमाउँछन्‌, आफूले माया गरेका सबै छोराछोरीको मृत्यु हुन्छ अनि तिनलाई पीडादायी रोगले सताउँछ। आफ्नो असह्‍य वेदनामा तिनी परमेश्‍वरलाई यसरी पुकार्छन्‌: “तपाईंले मलाई पातालमा [चिहानमा] लुकाउनुभएता . . . हुनेथियो!” (पद १३) अय्यूबले चिहानलाई दुःखकष्टबाट मुक्‍ति पाउने ठाउँको रूपमा हेरेका थिए। त्यहाँ तिनी परमेश्‍वरले लुकाएर राख्नुभएको धनसम्पत्तिजस्तै हुने थिए अनि आफ्ना कठिनाइ र वेदनाबाट मुक्‍त हुने थिए। a

के अय्यूब सधैंका लागि चिहानमा रहने थिए? त्यस्तो हुनेछैन भनी अय्यूब विश्‍वस्त छन्‌। तिनी अझै यसरी प्रार्थना गर्छन्‌: “तपाईंले मेरो समयको सीमा तोकिदिएर मलाई सम्झनुभएता हुनेथियो!” चिहानमा म केही समयका लागि मात्र रहनेछु र यहोवाले मलाई बिर्सनुहुनेछैन भनेर अय्यूब निर्धक्क थिए। तिनी आफूले चिहानमा बिताउनुपर्ने समयलाई मन नलागे तापनि पर्खनुपर्ने अनिवार्य “सेवा”-को समयावधिसित तुलना गर्छन्‌। कहिलेसम्म पर्खने? “मेरो उद्धार” नआएसम्म भनेर तिनी बताउँछन्‌। (पद १४) त्यो उद्धार भनेको चिहानबाट छुटकारा पाउनु हो। अर्को शब्दमा भन्‍नुपर्दा, मृतावस्थाबाट पुनर्जीवित हुनु हो!

आफ्नो उद्धार हुनेछ भनेर अय्यूब किन यत्तिको विश्‍वस्त छन्‌? किनभने मरिसकेका आफ्ना वफादार उपासकहरूबारे हाम्रा मायालु सृष्टिकर्ता कस्तो महसुस गर्नुहुन्छ भनेर तिनलाई थाह छ। अय्यूब भन्छन्‌: “तपाईंले मलाई आज्ञा गर्नुहुनेथियो, र म जवाफ दिनेथिएँ। आफूले सृजनुभएको प्राणीलाई तपाईंले हेर्न इच्छा गर्नुहुनेथियो।” (पद १५) आफूलाई परमेश्‍वरले सृजनुभएको हो भनेर अय्यूब स्वीकार्छन्‌। गर्भमा अद्‌भुत ढङ्‌गले अय्यूबको रचना गर्ने जीवनदाता परमेश्‍वर नै हुनुभएकोले पक्कै पनि उहाँले तिनलाई मृत्युपछि पनि फेरि जीवित बनाउन सक्नुहुन्छ।—अय्यूब १०:८, ९; ३१:१५.

अय्यूबका शब्दहरूले यहोवा कत्तिको मायालु हुनुहुन्छ भनेर हामीलाई बताउँछ: आफूलाई यहोवाको हातमा सुम्पने र उहाँको नजरमा ग्रहणयोग्य बनाउन उहाँले आकार दिनुहुँदा त्यसैअनुसार ढल्न चाहने अय्यूबजस्ता व्यक्‍तिहरूसित उहाँको विशेष सम्बन्ध हुन्छ। (यशैया ६४:८) उहाँ आफ्ना वफादार उपासकहरूलाई बहुमूल्य ठान्‍नुहुन्छ। उहाँ मरिसकेका वफादार जनहरूलाई हेर्न “इच्छा” गर्नुहुन्छ। यहाँ चलाइएको हिब्रू शब्द “तीव्र इच्छाको भाव जनाउन चलाइने सबैभन्दा सशक्‍त शब्दहरूमध्ये एक हो भन्‍नेमा कुनै सन्देह छैन” भनी एक जना शास्त्रविद्‌ बताउँछन्‌। हो, यहोवाले आफ्ना उपासकहरूलाई सम्झने मात्र होइन तर तिनीहरूलाई फेरि जीवित बनाउन तीव्र इच्छा पनि गर्नुहुन्छ।

खुसीको कुरा, सुरु-सुरुमा लेखिएका बाइबलका पुस्तकहरूमध्ये एउटा, अय्यूबको पुस्तकमा नै यहोवाले मरेकाहरूलाई पुनर्जीवित बनाउने आफ्नो उद्देश्‍य प्रकट गर्नुभयो।b मरिसकेका तपाईंका प्रियजनसित तपाईंको पुनर्मिलन गराउन उहाँ चाहनुहुन्छ। यो कुरा मनमा राख्दा अपूरणीय क्षति सहन केही हदसम्म सहज हुन सक्छ। यस्तो मायालु परमेश्‍वरबारे अनि उहाँले राख्नुभएको उद्देश्‍य पूरा भएको देख्न योग्य व्यक्‍ति बनाउन उहाँले तपाईंलाई आकार दिनुहुँदा कसरी त्यसैअनुसार ढल्न सक्नुहुन्छ, त्यसबारे अझ थप कुरा सिके कसो होला? ( w11 -E 03/01)

[फुटनोट]

a एउटा पुस्तकले बताएअनुसार “लुकाउनुभएता” भन्‍ने अय्यूबको शब्दले “बहुमूल्य धनसम्पत्तिलाई जस्तै सुरक्षित राख्नुभएता” भन्‍ने अर्थ दिन सक्छ। अर्को एउटा पुस्तकले चाहिं यो शब्दले “धनसम्पत्तिलाई जस्तै मलाई लुकाउनुहोस्‌” भन्‍ने अर्थ बुझाउँछ।

b परमेश्‍वरको स्तरबमोजिम चल्ने असल मानिसहरूले भरिएको नयाँ संसारमा पाइने पुनर्जीवनबारे अझ धेरै सिक्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने