प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ६/१५ pp. १६-१७
  • के अब्राहामसित ऊँटहरू साँच्चै थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के अब्राहामसित ऊँटहरू साँच्चै थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • इसहाकले असल पत्नी पाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • इसहाकको लागि पत्नी खोज्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • जहाँ ऊँट र ब्रम्बिहरू स्वतन्त्र भएर घुमफिर गर्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ६/१५ pp. १६-१७

के अब्राहामसित ऊँटहरू साँच्चै थियो?

अब्राहामले फिरऊनबाट पाएको घरपालुवा जनावरमध्ये ऊँट पनि थियो भनेर बाइबल बताउँछ। (उत्प. १२:१६) अब्राहामको दास मेसोपोटामियाको लामो यात्रामा जाँदा तिनले “आफ्ना मालिकका दशवटा ऊँट” लिएर गए। त्यसैले आजभन्दा लगभग ४,००० वर्षअघि अब्राहामसित ऊँटहरू थिए भनी बाइबलले स्पष्टसँग भन्छ।—उत्प. २४:१०.

कसै-कसैले यसलाई स्वीकार्दैनन्‌। बाइबलको पुरातत्त्वसम्बन्धी अध्ययन गर्ने पुस्तकa यसो भन्छ: “ऊँटको विषयमा बताइएको कुरामा ऐतिहासिक सत्यता छैन भनी शास्त्रविद्‌हरूले विवाद गरेका छन्‌ किनभने तिनीहरूमध्ये धेरैको सोचाइअनुसार आजभन्दा लगभग ३,००० वर्ष पहिलेसम्म अर्थात्‌ अब्राहामको समयभन्दा धेरै पछिसम्म पनि यी जनावरलाई घरमा पाल्ने प्रचलन सामान्य भइसकेको थिएन।” त्यसैले ऊँटबारे बताइएको पुरानो बाइबल विवरणलाई ऐतिहासिक मितिमा देखिएको त्रुटि अर्थात्‌ कालक्रममा भएको भुल ठानिनेछ।

तर अन्य शास्त्रविद्‌हरूचाहिं ऊँट घरमा पाल्ने चलनलाई आजभन्दा लगभग ३,००० वर्षअघि महत्त्वपूर्ण ठान्‍न थालिए तापनि त्योभन्दा पहिलेचाहिं ऊँटहरूको प्रयोग नै हुँदैनथ्यो भन्‍ने होइन भनी टिप्पणी गर्छन्‌। सभ्यतासम्बन्धी एउटा पुस्तकb यसो भन्छ: “हालैको अनुसन्धानले के देखाएको छ भने दक्षिण-पूर्वी अरेबियामा ऊँटहरूलाई घरमा पाल्ने काम ४,००० वर्षभन्दा पहिल्यै सुरु भएको थियो। सुरुमा त यिनीहरूलाई दूध, रौं, छाला र मासुको लागि पालिन्थ्यो तर त्यसलाई भारी बोक्ने जन्तुको रूपमा प्रयोग गर्न सकिन्छ भनेर मानिसहरूले चाँडै थाह पाइहाले।” हड्डीका टुक्राहरू र अन्य पुरातात्त्विक अवशेषले पनि अब्राहामको समयअघिको यस मितिलाई समर्थन गरेजस्तो देखिन्छ।

लिखित प्रमाणहरू पनि अस्तित्वमा छन्‌। त्यही किताब यसो भन्छ: “मेसोपोटामियामा कीलाक्षर सूचीमा पनि यस प्राणीबारे [ऊँटबारे] उल्लेख गरिएको छ र कुँदिएका थुप्रै सामाग्रीमा ऊँटलाई चित्रण गरिएको छ। यसले के देखाउँछ भने आजभन्दा लगभग ४,००० वर्ष पहिल्यै मेसोपोटामियामा यो जनावर पुगिसकेको हुनुपर्छ।” यसको मतलब हो, अब्राहामको समयसम्म।

केही शास्त्रविद्‌हरू के विश्‍वास गर्छन्‌ भने धूप व्यापारमा संलग्न दक्षिण अरबियाली व्यापारीहरूले आफ्ना सर-सामानहरूलाई मरभूमि हुँदै उत्तरतर्फ लैजान ऊँटको प्रयोग गर्थे। यसरी मिश्र र सिरियाजस्ता इलाकामा जाँदा तिनीहरूले ऊँटहरू पनि सँगै लगे। यो व्यापार सायद आजभन्दा ४,००० वर्ष पहिल्यै सामान्य भइसकेको थियो। रोचक कुरा के छ भने, इश्‍माएली व्यापारीहरूले अब्राहामको समयभन्दा लगभग १०० वर्षपछि मिश्रमा धूप लैजान ऊँटहरू प्रयोग गरेको विवरणबारे उत्पत्ति ३७:२५-२८ मा बताइएको छ।

सायद आजभन्दा लगभग ४,००० वर्षअघि ऊँटहरूको प्रयोग मध्य-पूर्वमा त्यति व्यापक थिएन। तैपनि, प्रमाणहरूले पुष्टि गरेअनुसार त्यतिबेला ऊँटहरूबारे बिलकुलै थाह नभएको चाहिं थिएन। त्यसैले एउटा बाइबल विश्‍वकोशc यस्तो निष्कर्षमा पुग्छ: “कुलपिताहरूको समयभन्दा पहिल्यै ऊँटहरू पालिन्थ्यो भन्‍ने प्रशस्त पुरातात्त्विक प्रमाण भएकोले कुलपिताहरूको समयमा ऊँट प्रयोग गरिएको बाइबल विवरणमा ऐतिहासिक सत्यता छैन भन्ठान्‍नु मिल्दैन।”

[फुटनोट]

a New International Version Archaeological Study Bible

b Civilizations of the Ancient Near East

c The International Standard Bible Encyclopedia

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने