प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ८/१५ p. १७
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • के मसीहसम्बन्धी भविष्यवाणीहरूले येसु नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • “हामीले मसीहलाई भेट्टाएका छौं!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • मसीहबारे भविष्यवाणी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • मसीह! परमेश्‍वरले मुक्‍ति दिने माध्यम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ८/१५ p. १७

पाठकहरूको प्रश्‍न

हिब्रू धर्मशास्त्रमा मसीहबारे कति वटा भविष्यवाणी गरिएका छन्‌, तोकेरै भन्‍न सम्भव छ?

हिब्रू धर्मशास्त्रलाई ध्यानपूर्वक अध्ययन गर्ने हो भने हामी येशू ख्रीष्टमा पूरा भएका दर्जनौं भविष्यवाणीहरू ठम्याउन सक्छौं। ती भविष्यवाणीहरू मसीहको पृष्ठभूमि, उहाँ मसीहको रूपमा देखा पर्ने समय, पृथ्वीमा उहाँले गर्ने काम, उहाँसँग मानिसहरूले गर्ने व्यवहार अनि यहोवाको प्रबन्धमा उहाँले खेल्ने भूमिकासित सम्बन्धित छन्‌। ती भविष्यवाणीहरूलाई गहिरिएर अध्ययन गऱ्‍यौं भने येशू नै मसीह हुनुहुन्छ भनेर हामीले थाह पाउन सक्नेछौं। तर हिब्रू धर्मशास्त्रमा मसीहबारे ठ्याक्कै कति वटा भविष्यवाणी गरिएका छन्‌ भनेर नाटीकुटी गर्नदेखि भने हामी होसियार हुनुपर्छ।

कुनचाहिं भविष्यवाणी मसीहबारे गरिएको हो वा कुनचाहिं होइन भन्‍ने सन्दर्भमा प्रायः सबैको धारणा बेग्ला-बेग्लै छ। ‘रब्बीहरूको पुरातन लेखोटले हिब्रू धर्मशास्त्रका ४५६ पदलाई मसीहबारे गरिएको भविष्यवाणीको संज्ञा दिएको छ तर ती पदहरूमध्ये थुप्रैमा मसीहबारे तोकेरै लेखिएको पाइँदैन’ भनेर अल्फ्‌रेड इडरसिमले येशू मसीहको जीवन र समय (अङ्‌ग्रेजी) नामक आफ्नो पुस्तकमा लेखेका छन्‌। ती ४५६ पदलाई राम्ररी विचार गर्ने हो भने तीमध्ये केही भविष्यवाणीहरूको सन्दर्भमा ‘के यी भविष्यवाणीहरू येशू ख्रीष्टबारे नै गरिएका हुन्‌ र?’ भन्‍ने शङ्‌का उत्पन्‍न हुन सक्छ। उदाहरणको लागि, उत्पत्ति ८:११ लाई यहूदीहरू मसीहबारे गरिएको भविष्यवाणी मान्छन्‌ भनी इडरसिमले बताएका छन्‌। तिनीहरू ‘ढुकुरले भद्राक्षको पात मसीहको डाँडाबाट ल्याएको थियो’ भनेर विश्‍वास गर्थे। इडरसिमले आफ्नो लेखमा प्रस्थान १२:४२ बारे पनि लेखेका छन्‌। यहूदीहरूले उक्‍त पदलाई गलत तरिकाले बुझेका थिए भनेर व्याख्या गर्दै तिनले यस्तो लेखे: “जसरी मोशा उजाडस्थानबाट निस्केर आए त्यसरी नै मसीह पनि रोमबाट निस्केर आउनेछन्‌।” थुप्रै विद्वान्‌ अनि अरूले यी दुई पद र मसीहबारे गरिएको गलत व्याख्या येशू ख्रीष्टसित कसरी मेल खान्छ, त्यो बुझ्न सकेका छैनन्‌।

येशू ख्रीष्टमा साँच्चै पूरा भएका भविष्यवाणीहरूलाई नै अध्ययन गर्ने हो भने पनि उहाँबारे ठ्याक्कै कति वटा भविष्यवाणी गरिएका छन्‌ भनेर खुट्ट्याउन गाह्रो छ। उदाहरणको लागि, यशैया अध्याय ५३ मा मसीहबारे गरिएको भविष्यवाणीको थुप्रै पक्ष दिइएको छ। यशैया ५३:२-७ मा यस्तो भविष्यवाणी गरिएको छ: “उसको न केही रूप नता शोभा नै थियो . . . ऊ मानिसहरूबाट घृणित भयो र हामीले उसलाई कुनै मोलको गनेनौं। निश्‍चय उसले हाम्रै कष्टहरू सह्‍यो। . . . ऊ ता हाम्रा अपराधको निम्ति घायल भयो। . . . मारिनलाई लगेको थुमा र आफ्नो ऊन कत्रनेको सामु भेडा लाटो भएझैं उसले आफ्नो मुख खोलेन।” यी पदहरूलाई एउटा सिङ्‌गो भविष्यवाणीको रूपमा गन्‍ने कि छुट्टाछुट्टै भविष्यवाणीको रूपमा?

त्यसै गरी यशैया ११:१ लाई पनि विचार गर्नुहोस्‌। उक्‍त पदमा यस्तो लेखिएको छ: “यस्सीको ठुटाबाट एउटा बोट उम्रनेछ।” पद १० मा यो भविष्यवाणी फेरि दोहोऱ्‍याइएको छ। यी दुई पदलाई दुई वटा बेग्ला-बेग्लै भविष्यवाणीको रूपमा गन्‍ने कि एउटै भविष्यवाणीको रूपमा? यशैया अध्याय ५३ र अध्याय ११ को भविष्यवाणीलाई हामी जसरी गन्छौं त्यसले पनि मसीहसम्बन्धी गरिएका भविष्यवाणीहरूको सङ्‌ख्यामा फरक पार्छ।

अतः हिब्रू शास्त्रमा मसीहबारे कति वटा भविष्यवाणी गरिएको छ भनेर निश्‍चित सङ्‌ख्या नखोज्नु नै राम्रो हुन्छ। यहोवाको संगठनले येशूसम्बन्धी गरिएका दर्जनौं भविष्यवाणी अनि त्यसको पूर्तिसम्बन्धी सूची प्रकाशित गरेको छ।a ती जानकारी हाम्रो व्यक्‍तिगत अनि पारिवारिक अध्ययन र प्रचारकार्यमा मदतकारी साबित हुन सक्छ। यहोवाले भन्‍नुभएको कुरा सधैं पूरा हुन्छ भन्‍नेमा यसले हाम्रो विश्‍वास अझ बलियो बनाउँछ। समग्रमा भन्‍नुपर्दा मसीहसम्बन्धी गरिएका भविष्यवाणीहरूको सङ्‌ख्या जति नै भए पनि ती भविष्यवाणीहरू येशू नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्न पर्याप्त छ।

[फुटनोट]

a धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी), खण्ड १, पृष्ठ १२२३; खण्ड २, पृष्ठ ३८७; धर्मशास्त्र—परमेश्‍वरबाट प्रेरणा भएको र उपयोगी (अङ्‌ग्रेजी), पृष्ठ ३४३-३४४; बाइबलले वास्तवमा के सिकाउँछ? पृष्ठ २००.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने