प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ३/१५ p. ३२
  • “एउटा फोटो खिचिदिनुहुन्छ कि?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “एउटा फोटो खिचिदिनुहुन्छ कि?”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ३/१५ p. ३२

“एउटा फोटो खिचिदिनुहुन्छ कि?”

जिल्ला अधिवेशनको दोस्रो दिनको कार्यक्रम सिद्धिएपछि मेक्सिको बेथेलका होस्वा नाम गरेका एक भाइ केरेतारो सहर घुम्दै थिए। कोलम्बियाबाट घुम्न आएका एक विवाहित दम्पती काभियर र मारूले होस्वालाई आफूहरूको एउटा फोटो खिचिदिन आग्रह गरे। होस्वा र तिनका साक्षी साथीहरूले चिटिक्क परेको पहिरन र अधिवेशनको बिल्ला लगाएको देखेर त्यस दम्पतीले कतै तिनीहरू दीक्षान्त समारोह वा अरू कुनै विशेष कार्यक्रमबाट आएका हुन्‌ कि भनेर सोधे। होस्वाले आफूहरू यहोवाका साक्षीहरूको अधिवेशनमा उपस्थित भइरहेको कुरा बताए र आइतबारको कार्यक्रममा उपस्थित हुन उनीहरूलाई पनि निम्तो दिए।

त्यस्तो कार्यक्रममा उपस्थित हुन उपयुक्‍त पहिरन नभएकोले उक्‍त दम्पतीले अप्ठेरो महसुस गरे। तैपनि होस्वाले उनीहरूलाई आफ्नो नाम र आफूले सेवा गरिरहेको शाखा कार्यालयको टेलिफोन नम्बर दिए।

चार महिनापछि काभियरको फोन आउँदा होस्वा छक्क परे। उक्‍त दम्पती अधिवेशनमा उपस्थित भएका रहेछन्‌। साथै, आफूहरू हाल बसिरहेको मेक्सिको सिटीमा यहोवाका साक्षीहरूसँग भेट्‌न चाहेको कुरा उनीहरूले होस्वालाई बताए। त्यसको लगत्तै काभियर र मारूले बाइबल अध्ययन सुरु गरे र तुरुन्तै सभाहरूमा उपस्थित हुन थाले। त्यसको दस महिनापछि उनीहरू प्रकाशक भए। बीचमा उनीहरू क्यानाडाको टोरन्टो सहरमा सर्नुपरे तापनि उनीहरूले आध्यात्मिक उन्‍नति गरिरहे र बप्तिस्मा गरे।

केही समयपछि होस्वाले काभियरबाट एउटा चिठी पाए। आफूलाई सत्य स्वीकार्न केले मदत गऱ्‍यो भनी काभियरले त्यस चिठीमा लेखेका थिए। उनले लेखे: “अधिवेशनमा उपस्थित हुनुभन्दा पहिले म र मेरी पत्नीले परमेश्‍वरको डोऱ्‍याइको आवश्‍यकताबारे कुराकानी गरेका थियौं। तपाईंहरूको चिटिक्क परेको पहिरन देख्दा तपाईंहरू कुनै विशेष सभाबाट आउनुभएको होला भन्ठान्यौं। अधिवेशनमा हामीलाई सिट खोज्न र सँगसँगै बाइबल पदहरू हेर्न मदत गरेकोले अनि त्यहाँ उपस्थित हुनेहरूको असल आचरण देखेकोले हामी प्रभावित भयौं। हाम्रो पहिरनले त्यहाँ कुनै फरक पारेको थिएन।”

बुद्धिमान्‌ राजा सुलेमानका शब्दहरू होस्वाको जीवनमा कत्ति सत्य साबित भयो! तिनले लेखे: “बिहान समयमानै बीउ छर्‌, र बेलुकी साँझसम्म आफ्नो काम गर्न नछोड्‌, किनभने अहिले छरेको अथवा भरै छरेको कुनचाहिं सफल हुन्छ, अथवा दुवैनै राम्रो हुन्छन्‌ होला भनी तँ जान्दैनस्‌।” (उप. ११:६) आउँदै गरेको अधिवेशन वा जनभाषणबारे अरूलाई बताउने मौकाको सदुपयोग गरेर तपाईं पनि बीउ छर्न सक्नुहुन्छ कि? काभियर र मारूजस्तै परमेश्‍वरको डोऱ्‍याइको निम्ति भोकाएका र तिर्खाएका मानिसहरूलाई मदत गर्न यहोवाले तपाईंलाई पनि चलाउन सक्नुहुन्छ।—यशै. ५५:१.

[पृष्ठ ३२-मा भएको चित्र]

बायाँदेखि दायाँ: अलेजान्ड्रो भोगलिन, मारू पिनेडा, अलेजान्ड्रो पिनेडा, काभियर पिनेडा र होस्वा रामिरेज मेक्सिको शाखा कार्यालयमा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने