प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १/१ पृ. ३
  • मृत्युको खील

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृत्युको खील
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • “मृत्यु विजयमा निलियो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मृत्युबारे तपाईंको दृष्टिकोण कस्तो छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • हामी किन मर्छौं?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • मृत्युको विनाशकारी असर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १/१ पृ. ३
सडक दुर्घटनामा बटुवाको मृत्यु भएको दृश्‍य

आवरण लेख | मृत्यु सबै कुराको अन्त हो?

मृत्युको खील

मृत्यु कुरा गर्न सजिलो विषय होइन। धेरै जना त यस विषयमा कुरै गर्न रुचाउँदैनन्‌। तर चाँडो वा ढिलो, हामी सबैले यसको सामना गर्नै पर्छ। मृत्युको खीलले नराम्रोसित घोच्छ र यो पीडादायी हुन्छ।

आमा वा बुबाको, पति वा पत्नीको वा आफ्नो बच्चाको मृत्युको लागि हामी कोचाहिं पूरै तयार हुन्छौं र? कसैको अचानक मृत्यु हुन्छ भने कसैले चाहिं लामो समयसम्म यससित सङ्‌घर्ष गर्नुपर्ने हुन्छ। अवस्था जस्तोसुकै भए तापनि हामी कोही पनि मृत्युको असरबाट जोगिन सक्दैनौं र यसको असर दर्दनाक हुन्छ।

सडक दुर्घटनामा आफ्नो बुबा गुमाएका आन्टोनियो यसो भन्छन्‌: “यो त कसैले तपाईंको घरमा ताल्चा लगाइदिएर साँचो पनि आफूसँगै लिएर गएजस्तै हो। तपाईं आफ्नो घरभित्र छिर्न समेत सक्नुहुन्‍न। तपाईंसँग केवल सम्झनाहरू मात्र बाँकी रहन्छन्‌। जीवनमा यो नयाँ मोड तपाईंले स्वीकार्नै पर्छ। एकदमै अन्याय भएजस्तो लागेकोले इन्कार गर्न लाख कोसिस गरे तापनि तपाईं लाचार हुनुहुन्छ।”

सतचालीस वर्षको उमेरमा आफ्नो पति गुमाएकी डोरोथीले पनि मृत्युसम्बन्धी केही प्रश्‍नको जवाफ पाउने प्रयास गरिन्‌। चर्चले चलाउने आइतबारे स्कूलकी शिक्षिका डोरोथीलाई मृत्यु सबै कुराको अन्त हो जस्तो त कहिल्यै लागेको थिएन। तर अर्कोतर्फ तिनले चित्तबुझ्दो जवाफ पनि पाएकी थिइनन्‌। “मान्छे मरेपछि के हुन्छ?” भनेर तिनले आफ्नो चर्चको पादरीलाई प्रश्‍न गरिन्‌। पादरीले जवाफमा यसो भने, “यसको जवाफ वास्तवमा कसैलाई थाह छैन। पर्खनु सिवाय अरू केही गर्न सक्दैनौं।”

के हामीसँग “पर्खनु सिवाय” अरू केही उपाय छैन? मृत्यु सबै कुराको अन्त हो कि होइन भनेर थाह पाउने कुनै तरिका छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने