प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १/१ pp. १२-१३
  • यहोवाले मलाई बिर्सनुभएको छैन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले मलाई बिर्सनुभएको छैन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: “तिनीहरूले मसित मर्यादापूर्ण व्यवहार गरे”
  • कमजोर हुँदा पनि बल पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १/१ pp. १२-१३
सुसाना प्लासिन उडिअस ख्रीष्टियन भाइबहिनीहरूको माझमा

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

यहोवाले मलाई बिर्सनुभएको छैन

सुसाना प्लासिन उडिअसको वृत्तान्तमा आधारित

  • जन्म मिति: १९२२

  • जन्म स्थान: स्पेन

  • विगतमा: क्याथोलिक शिक्षिका

सुसाना प्लासिन उडिअसको जवान बेलाको तस्बिर

मेरो विगत:

मेरो जन्म उत्तरी स्पेनको बिलबाओ भन्‍ने ठाउँमा मध्यम-वर्गीय परिवारमा भएको थियो। चार छोरीमध्ये म माइली थिएँ। हामी सब-परिवार क्याथोलिक धर्ममा निकै आस्था राख्थ्यौं। म दिनदिनै मास जान्थें। तेइस वर्षको उमेरमा म शिक्षिका भएँ। मलाई यो पेसा एकदम मनपर्थ्यो र ४० वर्षसम्म यही पेसा अपनाएँ। अरू विषयभन्दा मलाई क्याथोलिक धर्मबारे सिकाउँदा गर्व लाग्थ्यो। साँझचाहिं क्याथोलिक चर्चमा मनाइने कम्युनियन भन्‍ने एउटा समारोहमा पहिलो पटक भाग लिन लागेका साना केटीहरूलाई त्यहाँ के गर्नुपर्छ भनेर सिकाउँथें।

बाह्र वर्षको सुखद दाम्पत्य जीवनपछि मेरो श्रीमान्‌को मृत्यु भयो। म एक्लैले चार छोरीलाई हुर्काउनुपऱ्‍यो। म त्यतिबेला भर्खर ३३ वर्षकी थिएँ। मैले क्याथोलिक धर्ममा सान्त्वना पाउने प्रयास गरें तर मनमा प्रश्‍नहरू खेलिनैरह्‍यो। मलाई लाग्थ्यो: ‘येशूले हाम्रो उद्धार गरिसक्नुभएको छ भने हामी किन मर्छौं? असल मानिसहरू स्वर्ग जान्छन्‌ भने परमेश्‍वरको राज्य आओस्‌ भनेर किन प्रार्थना गर्ने?’ मनमा सबैभन्दा खेलेको प्रश्‍न त यो थियो: ‘हामी मर्दाखेरि नै परमेश्‍वरले हाम्रो न्याय गरिसक्नुभएको छ भने अन्तिम न्यायको लागि हामीले स्वर्ग, पापमोचनस्थान वा नरक किन छोड्‌नुपऱ्‍यो?’

मैले भेटेका केही पादरीहरूलाई यी प्रश्‍नहरू सोधें। तीमध्ये एक पादरीले यस्तो जवाफ दिए: “मलाई थाह छैन। गएर विशपलाई सोध। तिमीले यस विषयमा सोचीराख्नै पर्दैन। तिमी परमेश्‍वरमा विश्‍वास गर्छौं नि होइन? त्यतिभए पुगिहाल्यो नि।” तर मैले जवाफ पाउने प्रयास गरिरहें। पछि मैले जेसुइट, पेन्टिकोस्टल र नस्टीकका प्रवचनहरू सुनें। तर चित्तबुझ्दो जवाफ कतै भेट्टाउन सकिनँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?:

म ६० वर्ष नाघिसकेपछि एक सात वर्षीया विद्यार्थीले मलाई यहोवाका साक्षीहरूको सभामा आउन निम्तो दिइन्‌। त्यहाँ देखेको र सुनेको कुरा मलाई मनपऱ्‍यो तर व्यस्तताको कारण मैले साक्षीहरूलाई पछि भेट्‌न सकिनँ। दुई वर्षपछि एक साक्षी दम्पती क्वान र माइटेले मेरो ढोका ढकढक्याए। तीन महिनासम्म विस्तृत रूपमा छलफल गऱ्‍यौं। त्यसपछि मात्र बाइबल अध्ययन गर्न थालें।

प्रत्येक अध्ययनको लागि म एकदम उत्सुक हुन्थें। यहोवाका साक्षीहरूले सिकाइरहेको कुरा सत्य हो कि होइन भनी पक्का गर्न तीनवटा बाइबल अनुवादहरू राखेर गहिरो अनुसन्धान गर्थें। आफ्नो विश्‍वासको सन्दर्भमा वर्षौंसम्म म कत्ति अन्योलमा रहेछु भनी बुझें। मैले बाइबलबाट सिकिरहेको कुरा अनि मेरो पहिलेको विश्‍वासबीचको भिन्‍नता देखेर म चकित भएँ। बलियो जरा गाडेर बसेको मेरो विश्‍वासको रूख उखेलिंदै गरेको मलाई अनुभव भयो।

अनमोल सत्य पाएकी छु भनेर मलाई थाह थियो

त्यसपछि मेरो दोस्रो श्रीमान्‌ सिकिस्त बिरामी पर्नुभयो र बित्नुभयो। त्यसै समयताका मैले कामबाट अवकाश लिएँ र केही समयको लागि बिलबाओबाट अन्यत्रै गएँ। क्वान र माइटे पनि त्यहाँबाट बसाइँ सरे। दुःखको कुरा मैले बाइबल अध्ययन गर्न छोडें। तर अनमोल सत्य पाएकी छु भनेर मलाई थाह थियो। मैले त्यो कुरा बिर्सेकी थिइनँ।

त्यसको झन्डै २० वर्षपछि क्वान र माइटे बिलबाओ फर्के र मलाई भेट्‌न आए। त्यतिबेला म ८२ वर्ष पुगिसकेकी थिएँ। उनीहरूलाई फेरि भेट्‌न पाउँदा म एकदमै खुसी भएँ। यहोवाले मलाई बिर्सनुभएको छैन भनेर महसुस गरें र फेरि अध्ययन सुरु गरें। म एउटै प्रश्‍न दोहोऱ्‍याइ तेहऱ्‍याइ सोध्थें। तर क्वान र माइटे झर्को मान्दैनथे। मेरो मनमा अमेट छाप पारेको पहिलेको विश्‍वास मेटाउन एउटै कुरा पटक-पटक सुन्‍नु मेरो लागि आवश्‍यक थियो। मेरा साथीहरू अनि परिवारलाई बाइबल सत्य बताउन पनि म पोख्त हुन चाहन्थें।

आखिर मैले ८७ वर्षको उमेरमा बप्तिस्मा गरें। त्यो दिन मेरो लागि सबैभन्दा खुसीको दिन थियो। यहोवाका साक्षीहरूको सम्मेलनमा बप्तिस्माको प्रबन्ध गरिएको थियो। बप्तिस्माको लागि तयार भएकाहरूलाई विशेष ध्यान दिंदै एक ख्रीष्टियन एल्डरले बाइबलआधारित भाषण दिनुभयो। त्यो भाषण सुनेर मैले आँसु थाम्नै सकिनँ। यहोवाले मसँग सीधै कुरा गरिरहनुभएको मलाई आभास भयो। बप्तिस्मापछि थुप्रै साक्षीहरूले मलाई बधाई दिए, कतिलाई त मैले चिनेकै थिइनँ।

मुस्कुराइरहेकी सुसाना प्लासिन उडिअसको अहिलेको तस्बिर

मैले कसरी लाभ उठाएको छु?

येशू ख्रीष्ट “बाटो” हुनुहुन्छ भन्‍ने कुरामा मलाई कहिल्यै शङ्‌का थिएन। (यूहन्‍ना १४:६) तर बाइबल अध्ययनपछि मैले यहोवालाई चिनें। आखिर हामीले यहोवालाई चिन्‍न सकोस्‌ भनेर नै येशूले बाटोको काम गर्नुहुन्छ। अहिले म परमेश्‍वरलाई एक प्यारो बुबा र साथीको रूपमा प्रार्थना गर्छु। यहोवासित नजिक हुनुहोस्‌a (अङ्‌ग्रेजी) भन्‍ने किताब पढेपछि मेरो जीवनले नयाँ मोड लियो। मैले त्यो किताब एकै रातमा पढिसिध्याएँ। यहोवा साँच्चै कत्ति कृपालु हुनुहुन्छ भनी सिक्न पाउँदा मेरो मनै छोयो।

सत्य खोज्ने मेरो अथक प्रयासलाई फर्केर हेर्दा म येशूका शब्दहरू सम्झन्छु, “मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको लागि उघारिनेछ।” (मत्ती ७:७) मैले जान्‍न चाहेका सबै जवाफहरू अहिले पाएकी छु र ती कुराहरू अरूलाई बताउन पाउँदा मलाई धेरै खुसी लाग्छ।

अहिले म ९० वर्षकी भएँ। तैपनि यहोवाबारे अझ धेरै कुरा सिक्नु छ जस्तो लाग्छ। राज्यभवनमा हुने प्रत्येक सभा मेरो लागि विशेष छ। त्यहाँ म अमूल्य ज्ञान पाउँछु र प्यारा भाइबहिनीसितको सङ्‌गतिको आनन्द उठाउँछु। प्रतिज्ञा गरिएको पार्थिव प्रमोदवनमा फेरि शिक्षिका हुने तीव्र इच्छा छ। (प्रकाश २१:३, ४) मेरा प्रिय मृत जनहरू ब्यूँतिएको हेर्ने र तिनीहरूलाई बाइबल सत्य सिकाउने मौका कहिले आउलाजस्तो लाग्छ। (प्रेषित २४:१५) यहोवाले मेरो वृद्ध अवस्थामा यस्तो अमूल्य उपहार दिनुभएको कुरा तिनीहरूलाई बताउन म कत्ति उत्सुक छु!

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने