प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ५/१ पृ. ३
  • केही पूरा, धेरै अधुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • केही पूरा, धेरै अधुरा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • के कसैले भविष्य देख्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के यस संसारको अन्त नजिकै छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • अन्धविश्‍वास—किन यस्तो खतरनाक?
    ब्यूँझनुहोस्‌!—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ५/१ पृ. ३
आमा आफ्ना दुई जना बच्चासँगै अनिश्‍चित गन्तव्यतर्फ जाँदै छिन्‌।

आवरण लेख | के कसैले भविष्य देख्न सक्छ?

केही पूरा, धेरै अधुरा

आफ्नो भविष्य जान्‍न नचाहने मान्छे को होला र? त्यसैले थुप्रै मानिस भविष्यमा के होला भनेर अनेक अडकल काट्‌छन्‌। तर तीमध्ये कुनै पूरा हुन्छन्‌ त कुनै हुँदैनन्‌। निम्न उदाहरण विचार गर्नुहोस्‌:

  • वैज्ञानिकहरू विभिन्‍न विषयमा पूर्वानुमान गर्छन्‌। जस्तै: प्रदूषणले पृथ्वीलाई कुन हदसम्म असर गर्नेछ, भोलि पानी पर्छ कि पर्दैन आदि। यसको लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिन्छ, अरबौं पैसा खर्च गरिन्छ।

  • अनुभवी विश्‍लेषकहरू व्यापार र राजनीतिमा के-कस्ता उतारचढाब आउनेछन्‌ भनेर अनुमान लगाउँछन्‌। वारेन बफेट संसारको सबैभन्दा धनी व्यक्‍तिहरूमध्ये एक हुन्‌। लगानी व्यवसायको क्षेत्रमा निकै सफलता हासिल गरेकोले उनलाई ज्योतिषको संज्ञा दिइएको छ। अर्का विश्‍लेषक नेट सिल्भरले पनि तथ्याङ्‌कको आधारमा थुप्रै पूर्वानुमान गरेका छन्‌। जस्तै: अमेरिकी निर्वाचनमा को विजय हुनेछ भन्‍नेदेखि लिएर हलिउड फिल्म क्षेत्रमा क-कसले अवार्ड पाउनेछन्‌ भन्‍नेसम्म।

  • प्राचीन सामग्रीहरूमा भविष्यमा के हुनेछ भन्‍ने रहस्य लुकेको हुन्छ भनेर धेरैले विश्‍वास गर्छन्‌। सोह्रौं शताब्दीका मिसेल दे नोट्रेडम भन्‍ने लेखकले रहस्यले भरिएका किताबहरू लेखे। तिनले लेखेका कुराहरू हाम्रो समयमा पूरा भइरहेका छन्‌ भनेर कोही-कोही विश्‍वास गर्छन्‌। कसै-कसैले माया भनिने एउटा पुरानो क्यालेन्डर सन्‌ २०१२ डिसेम्बर २१ को दिन सकिने हुनाले पृथ्वीको आयु पनि सोही मितिमा समाप्त हुनेछ भनेर अनुमान लगाएका थिए।

  • धार्मिक नेताहरू मानिसहरूलाई होसियार गराउन अनि आफ्ना चेलाहरूको सङ्‌ख्या बढाउन विपत्तिहरूबारे भविष्यवाणी गर्छन्‌। हारोल्ड क्याम्पिङ नामका व्यक्‍तिले पृथ्वी ध्वस्त हुने भविष्यवाणी गरे। तिनी र तिनका चेलाहरूले सन्‌ २०११ मा पृथ्वी ध्वस्त भएरै छाड्‌छ भनेर व्यापक प्रचारप्रसार गरे। तर परिणाम के भयो, भनिरहनु आवश्‍यक छैन।

  • अलौकिक शक्‍ति भएका व्यक्‍तिहरू आफूसित भविष्यवाणी गर्ने विशेष खुबी भएको दाबी गर्छन्‌। एड्‌गर केसी र जिन डिक्सनले बीसौं शताब्दीमा हुने घटनाहरूबारे भविष्यवाणी गरेका थिए। तीमध्ये केही मात्र पूरा भए तर धेरै भने फेल खाएका छन्‌। जस्तै: जिन डिक्सनले सन्‌ १९५८ मा तेस्रो विश्‍व युद्ध हुनेछ भनेका थिए अनि एड्‌गरले चाहिं सन्‌ १९७५ तिर न्यु योर्क सहरलाई समुद्रले डुबाउनेछ भनेका थिए।

भविष्यबारे थाह पाउन सकिने के कुनै भरपर्दो स्रोत छ? यो एकदमै महत्त्वपूर्ण प्रश्‍न हो। किनभने भविष्यबारे पहिल्यै थाह पाउनुभयो भने तपाईंले अहिले नै सही निर्णय गर्न सक्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने