प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ६/१५ p. ७
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • शव दहनबारे बाइबलले के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • माटैमा फर्कनु कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • पुनरुत्थानको आशामा शक्‍ति छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “मरेकाहरू कसरी ब्युँताइनेछन्‌?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ६/१५ p. ७
नयाँ संसारमा पुनर्जीवित भएकाहरूलाई स्वागत गर्दै

पाठकहरूको प्रश्‍न

के ख्रीष्टियनहरूले मरेकाहरूलाई जलाउनु उचित हो?

मरेकाहरूलाई जलाउने विषयमा बाइबलले कुनै आपत्ति जनाउँदैन।

मरेकाहरूको शरीर वा हड्डी जलाइएको विवरण बाइबलमा दिइएको छ। (यहो. ७:२५; २ इति. ३४:४, ५) यसरी जलाइनु ती मरेका व्यक्‍तिहरू उचित तरिकामा अन्त्येष्टि गर्न लायकका थिएनन्‌ भन्‍ने सङ्‌केत हुन सक्थ्यो। तर सधैं त्यही कुरालाई सङ्‌केत गर्थ्यो भन्‍ने छैन।

यो कुरा राजा शाऊल र तिनका तीन छोराको विवरणबाट थाह पाउन सक्छौं। तिनीहरू पलिश्‍तीहरूसित युद्ध गर्दागर्दै मरे। शाऊलका छोराहरूमध्ये एक जना दाऊदका असल साथी र वफादार समर्थक जोनाथन थिए। यावेश-गिलादमा बसिरहेका साहसी इस्राएलीहरूले तिनीहरू मरेको थाह पाएपछि तिनीहरूको लास खोजे र जलाए अनि हड्डीहरूचाहिं गाडे। दाऊदले यो कुरा थाह पाएपछि ती इस्राएलीहरूको प्रशंसा गरे।—१ शमू. ३१:२, ८-१३; २ शमू. २:४-६.

बाइबलले मरेकाहरू ब्यूँतनेछन्‌ भनी बताउँछ। परमेश्‍वरले मरेकाहरूलाई नयाँ जीवन दिनुहुनेछ। मरेकाहरूलाई जलाइएको होस्‌ वा गाडिएको, यहोवा तिनीहरूलाई नयाँ शरीर दिएर पुनर्जीवित पार्न सक्षम हुनुहुन्छ। राजा नबूकदनेसरको आदेशअनुसारै तीन वफादार हिब्रूहरूलाई आगोको भट्टीमा हालियो। आफूहरू जलेर मर्ने भएकोले परमेश्‍वरले पुनर्जीवित पार्न सक्नुहुन्‍न कि भनेर तिनीहरू डराएनन्‌। (दानि. ३:१६-१८) नाजी यातना शिविरमा यहोवाका वफादार सेवकहरूलाई मारियो अनि जलाइयो। तर आफू पुनर्जीवित हुनेछु भन्‍ने कुरामा तिनीहरू ढुक्क थिए। परमेश्‍वरका थुप्रै वफादार सेवक विस्फोटमा मरेका छन्‌। कोही-कोहीचाहिं दुर्घटनाले गर्दा शरीरको एउटा पनि भाग नरहनेगरि नष्ट भएका छन्‌। तैपनि तिनीहरू सबै पुनर्जीवित हुनेछन्‌।—प्रका. २०:१३.

पुनर्जीवित पार्न यहोवाले मरेकाहरूको शरीरको एक-एक भाग बटुल्नु आवश्‍यक छैन। उहाँले अभिषिक्‍त ख्रीष्टियनहरूलाई स्वर्गमा पुनर्जीवन दिने कुराबाट यो बुझ्न सक्छौं। येशू “अदृश्‍य व्यक्‍तिको रूपमा ब्यूँताइनुभयो।” अभिषिक्‍त ख्रीष्टियनहरू पनि अदृश्‍य व्यक्‍तिको रूपमा ब्यूँताइन्छन्‌ तर तिनीहरूको सोचाइ तथा भावना पहिलाको जस्तै हुन्छ र पृथ्वीमा छँदा गरेको कुराहरू पनि तिनीहरूलाई याद हुन्छ। तिनीहरू स्वर्गमा रगत र मासुको शरीर लिएर जाँदैनन्‌।—१ पत्रु. ३:१८; १ कोरि. १५:४२-५३; १ यूह. ३:२.

कुनै व्यक्‍ति पुनर्जीवित हुन्छन्‌ कि हुँदैनन्‌, त्यो कुरा तिनको अन्त्येष्टि कसरी गरियो भन्‍ने कुरामा नभई तिनको विश्‍वास कस्तो थियो, त्यसमा भर पर्छ। तिनले यहोवा प्रतिज्ञा पूरा गर्न इच्छुक हुनुहुन्छ अनि उहाँसित क्षमता पनि छ भनेर विश्‍वास गरेको हुनुपर्छ। (प्रेषि. २४:१५) यहोवाले विगतमा कसरी पुनर्जीवित पार्नुभएको थियो अनि भविष्यमा कसरी पार्नुहुनेछ, त्यसबारे एक-एक कुरा बुझ्न त सक्दैनौं। तैपनि हामी यहोवामा भरोसा राख्छौं। येशूलाई पुनर्जीवन दिएर उहाँले यो कुराको “ग्यारेन्टी” दिनुभएको छ।—प्रेषि. १७:३१; लूका २४:२, ३. 

अन्त्येष्टि कसरी गर्ने भन्‍नेबारे समाजको चलन, मानिसहरूको धारणा अनि कानुनले माग गरेको कुरा ख्रीष्टियनहरूले विचार गर्नुपर्छ। (२ कोरि. ६:३, ४) त्यसपछि लासलाई जलाउने कि गाड्‌ने, त्यो कुरा व्यक्‍तिविशेषले अनि परिवारले निर्णय गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने