प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ७/१ पृ. १३
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • सन्त पत्रुसको माछा
    ब्यूँझनुहोस्‌!—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ७/१ पृ. १३

के तपाईंलाई थाह थियो?

प्राचीन समयमा जहाज निर्माण गर्नेहरूले जहाजमा पानी नछिरोस्‌ भनेर के गर्थे?

पुराना जहाजहरूको विशेषज्ञ लायोनेल क्यासनले रोमी समयमा मानिसहरूले जहाजमा पानी छिर्न नदिन के गर्थे भनेर बताउँछन्‌। जहाज निर्माण गर्दा पहिले काठका फल्याकहरू बिछ्याइन्थ्यो र ती फल्याकहरूबीचको प्वाल टालिन्थ्यो। त्यसपछि “प्वालहरूका साथै जहाजको बाहिरी र भित्री भाग पूरै अलकत्रा [बिटुमिन] वा अलकत्रा र मैन मिसाएर लिप्ने गरिन्थ्यो।” रोमीहरूको समयभन्दा धेरै अघि अक्काडीहरू र बेबिलोनीहरूले पनि जहाजमा पानी नछिरोस्‌ भनेर अलकत्राले लिप्ने गर्थे।

तरल अलकत्रा

यस्तो तरल अलकत्रा बाइबलकालीन समयका देशहरूमा प्रशस्तै पाइन्थ्यो

यस्तै किसिमको प्रक्रियाबारे बाइबलको उत्पत्ति ६:१४ मा उल्लेख गरिएको पाइन्छ। यस पदमा उल्लेख गरिएको अलकत्रा अर्थात्‌ बिटुमिन प्रकृतिमा पाइने एक किसिमको पेट्रोलियम पदार्थ हो।

प्राकृतिक अलकत्रा तरल र ठोस दुवै किसिमका हुन्छन्‌। पुरातन समयमा जहाज बनाउनेहरूले चाहिं तरल अलकत्रा जहाजमा लिप्ने गर्थे। अलकत्रा लिपेपछि त्यो सुक्छ अनि कडा पत्र बन्छ। यही पत्रले पानी छिर्न दिंदैन।

बाइबलकालीन समयका देशहरूमा अलकत्रा प्रशस्तै पाइन्थ्यो। मृत सागरको वरपर रहेको सिद्दीमको बेसी “अलकत्राको धापले भरिएको थियो।”—उत्प. १४:१०.

प्राचीन समयमा माछालाई कुहिन नदिन के गरिन्थ्यो?

धेरै पहिलेदेखि मानिसहरूले माछा एउटा महत्त्वपूर्ण परिकारको रूपमा खाँदै आएका छन्‌। येशूसँग हिंड्‌नु अघि उहाँका केही चेलाहरू गालीलको समुद्रमा माछा मार्ने काम गर्थे। (मत्ती ४:१८-२२) त्यहाँका जलारीहरूले पक्रेका केही माछा छुट्ट्याएर नजिकै रहेको “कारखानामा” लगेर तयार पार्थे।

पुरातन समयका माझीहरू माछा बोक्दै

पुरातन समयका मिश्री जलारीहरू (काठमा कुँदिएको चित्र)

प्राचीन समयको गालीलमा माछालाई कुहिन नदिन चलाइने तरिका अहिले पनि कुनै-कुनै ठाउँमा चलाइन्छ। पहिला माछाको आन्द्राभुँडी निकालेर सफा गरिन्थ्यो। एउटा किताबअनुसारa त्यसपछि “माछाको गिल्स, मुख अनि कत्लामा समुद्री नुन दलिन्थ्यो। नुन र माछालाई तह-तह मिलाएर राखिन्थ्यो। त्यसलाई गुन्द्रीले बेहेरेर तीनदेखि पाँचदिनसम्म सुकाइन्थ्यो। त्यसपछि नुन र माछाको त्यो चाङलाई पल्टाएर फेरि त्यति नै दिनसम्म सुकाइन्थ्यो। यसो गर्दा माछाको शरीरबाट झोल पदार्थ बाहिर निस्कन्छ अनि नुन चाहिं माछाको शरीरभित्र छिर्छ। त्यसपछि माछा सुक्खा अनि कडा हुन्छ।”

यसो गर्दा माछा कति दिनसम्म कुहिदैन थियो भनेर पत्ता लागेको छैन। तर पुरातन समयमा मिश्रीहरूले यसरी तयार पारेको माछालाई सिरिया भन्‍ने देशसम्मै निर्यात गर्थे। पक्कै पनि, माछालाई कुहिन नदिन तिनीहरूले चलाउने तरिका भरपर्दो थियो।

a Studies in Ancient Technology

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने