प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ७/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ७/१ p. १६
प्रार्थना गरिरहेका वृद्ध व्यक्‍ति

बाइबल प्रश्‍नहरूको जवाफ

किन प्रार्थना गर्नुपर्छ?

यहोवा परमेश्‍वर हामीले आफ्नो चिन्ताबारे धक नमानी उहाँसित कुराकानी गरेको चाहनुहुन्छ। (लूका १८:१-७) उहाँ हाम्रो चासो राख्नुहुन्छ, त्यसैले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ। स्वर्गमा बस्नुहुने हाम्रो बुबाले प्रार्थना गर्न मायालुपूर्वक निम्तो दिनुभएको छ। उहाँको यो निम्तो खुसीसाथ स्वीकारे कसो होला?—फिलिप्पी ४:६ पढ्‌नुहोस्‌।

प्रार्थना गर्नु भनेको मदतको लागि बिन्ती गर्नु मात्र होइन। बरु प्रार्थनाले हामीलाई परमेश्‍वरको नजिक हुन मदत गर्छ। (भजन ८:३, ४) हामीले नियमित रूपमा आफ्नो भावना परमेश्‍वरलाई पोखायौं भने उहाँ हाम्रो घनिष्ठ साथी बन्‍नुहुनेछ।—याकूब ४:८ पढ्‌नुहोस्‌।

प्रार्थना कसरी गर्नुपर्छ?

प्रार्थना गर्दा हामीले बनावटी शब्दहरू प्रयोग गरेको वा कण्ठ गरेको प्रार्थना दोहोऱ्‍याएको परमेश्‍वर चाहनुहुन्‍न। हामीले कुनै विशेष आसन धारण गर्नु पनि आवश्‍यक छैन। यहोवा परमेश्‍वरले हामीलाई मनैदेखि प्रार्थना गर्न आग्रह गर्नुभएको छ। (मत्ती ६:७) उदाहरणको लागि पुरातन इस्राएलमा हन्‍ना नामकी स्त्रीले आफ्नो पारिवारिक समस्याबारे प्रार्थना गरेकी थिइन्‌। पछि तिनको पीडा खुसीमा परिणत हुँदा तिनले मनैदेखि प्रार्थना गरेर परमेश्‍वरलाई धन्यवाद दिइन्‌।—१ शमूएल १:१०, १२, १३, २६, २७; २:१ पढ्‌नुहोस्‌।

हामीले साँच्चै ठूलो सुअवसर पाएका छौं। हामी सृष्टिकर्तालाई आफ्नो मनको पीडा पोखाउन सक्छौं। उहाँको प्रशंसा गर्न अनि उहाँले गर्नु भएका कामहरूका लागि धन्यवाद दिन सक्छौं। आफूले पाएको यस्तो बहुमूल्य सुअवसरलाई बेवास्ता नगरौं।—भजन १४५:१४-१६ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय १७ हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने