प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १२/१ p. ११
  • क्रिसमसबारे सत्य कुरा के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्रिसमसबारे सत्य कुरा के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • आधुनिक क्रिसमसको मूल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • क्रिसमस—पूर्वीय देशहरूमा पनि किन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • तपाईंहरू किन क्रिसमस मनाउनुहुन्‍न?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १२/१ p. ११

हाम्रा पाठकहरू सोध्छन्‌ . . .

क्रिसमसबारे सत्य कुरा के हो?

संसारभरि लाखौं मानिसहरू क्रिसमस मनाउने गर्छन्‌ र यसका विभिन्‍न कारणहरू छन्‌। कोही-कोही आफ्नो साथीभाइ र परिवारसित रमाइलो गर्नका लागि क्रिसमस मनाउँछन्‌। अरू कतिपय भने परमेश्‍वरबारे चिन्तन गर्दै अथवा गरिब तथा खाँचोमा परेकाहरूलाई मदत गर्दै क्रिसमसको समय बिताउँछन्‌। अवश्‍य पनि यी कार्यहरू आफैमा गलत छैनन्‌। तर यी असल कार्यहरूभन्दा क्रिसमसका नराम्रा पक्षहरू धेरै छन्‌।

पहिलो, थुप्रै मानिसहरू क्रिसमस येशूको जन्मोत्सव हो भनी विश्‍वास गर्छन्‌। तर थुप्रै इतिहासकारका अनुसार उहाँको जन्मदिन ठ्‌याक्कै कुन मितिमा पर्छ भनेर कसैलाई थाह छैन। ख्रीष्टियन विश्‍वास र परम्पराबारे चर्चा गरिएको एउटा किताबअनुसार “सुरु-सुरुका ख्रीष्टियनहरूले येशूको जन्मदिनको मिति तोक्न इन्कार गरे” किनभने तिनीहरू “सम्पूर्ण मूर्तिपूजक रीतिथितिबाट आफूलाई अलग राख्न” चाहन्थे। चाखलाग्दो कुरा के छ भने बाइबलमा येशूले आफ्नो वा अरू कसैको जन्मदिन मनाउनुभएको कुनै विवरण पाइँदैन। बरु उहाँले चेलाहरूलाई आफ्नो मृत्युको सम्झना गर्न आज्ञा दिनुभएको पाउँछौं।—लूका २२:१९.

दोस्रो, क्रिसमसका प्रायजसो चलनहरू गैर-ख्रीष्टियन वा मूर्तिपूजक रीतिथितिबाट सुरु भएका हुन्‌ भनी थुप्रै शास्त्रविद्‌ बताउँछन्‌। जस्तै: सान्टा क्लज, क्रिसमस ट्री अथवा मिसल्टो भनेर चिनिने एक किसिमको झारको प्रयोग गर्नु, उपहार साटासाट गर्नु, मैनबत्ती अथवा ठूलठूला काठका मुढा बाल्नु, फूलमाला झुन्ड्‌याउनु अनि क्यारोल गाउनु। यस्ता चलनबारे क्याथोलिक चर्चको परम्परासम्बन्धी एउटा किताबलेa यस्तो टिप्पणी गरेको छ: “क्रिसमसको लागि उपहार साटासाट गर्दा, घरमा वा चर्चमा फूलमाला झुन्ड्‌याउँदा हामीले मूर्तिपूजक रीतिथिति मानिरहेका हुन्छौं भनेर के तपाईंलाई थाह छ?”

“क्रिसमसको लागि उपहार साटासाट गर्दा, घरमा वा चर्चमा फूलमाला झुन्ड्‌याउँदा हामीले मूर्तिपूजक रीतिथिति मानिरहेका हुन्छौं भनेर के तपाईंलाई थाह छ?”​—द एक्सटर्नल्स अफ द क्याथोलिक चर्च

तर खासै हानिकारक नदेखिने यी चलनअनुसार चल्नुमा के नै खराबी छ र जस्तो तपाईंलाई लाग्न सक्छ। त्यसो हो भने यो तेस्रो बुँदालाई विचार गर्नुहोस्‌: साँचो उपासनामा मूर्तिपूजक चलनहरू मिसाएको परमेश्‍वरलाई पटक्कै मन पर्दैन। यहोवा परमेश्‍वरले पुरातन इस्राएलका अटेरी उपासकहरूलाई अगमवक्‍ता आमोसमार्फत यसो भन्‍नुभएको थियो: “तिमीहरूका चाडहरूलाई म घृणा गर्छु। म तुच्छ ठान्छु . . . तिमीहरूका गीतहरूको हल्ला मदेखि टाढा राख।”—आमोस ५:२१, २३.

परमेश्‍वरले किन यत्ति कडा शब्दहरू प्रयोग गर्नुभयो? इस्राएलको उत्तरी राज्यका मानिसहरूले के गरिरहेका थिए, विचार गर्नुहोस्‌। तिनीहरूका प्रथम राजा यारोबामले दान र बेतेल भन्‍ने सहरहरूमा सुनका बाछाहरू बनाए। अनि मानिसहरूलाई यरूशलेमको मन्दिरमा गएर सही तरिकामा यहोवा परमेश्‍वरको उपासना गर्नुको सट्टा ती बाछालाई पुज्न लगाए। साथै राजाले विभिन्‍न चाड स्थापित गरे र मानिसहरूलाई ती चाड मनाउन मदत गर्ने पुजारीहरू पनि नियुक्‍त गरे।—१ राजा १२:२६-३३.

इस्राएलीहरूले राम्रै मनसायले यी सब गरेका थिए जस्तो देखिन्छ। आखिर तिनीहरूले परमेश्‍वरको उपासना गर्ने अनि उहाँलाई खुसी तुल्याउने नाममा त्यसो गरेका थिए। तर परमेश्‍वरले आमोस तथा अरू अगमवक्‍ताहरू मार्फत बताउनुभएको कुराबाट उहाँ ती चलनहरूलाई कस्तो ठान्‍नुहुन्थ्यो भनेर प्रस्ट हुन्छ। अगमवक्‍ता मलाकीमार्फत परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “म परमप्रभु कहिल्यै परिवर्तन हुँदिन।” (मलाकी ३:६) यसबाट परमेश्‍वर क्रिसमसका चलनहरूलाई कस्तो ठान्‍नुहुन्छ भनेर प्रस्ट हुँदैन र?

माथि बताइएका तथ्यहरूलाई विचार गरिसकेपछि लाखौं मानिसहरूले क्रिसमस मनाउन छोड्‌ने निर्णय गरेका छन्‌। बरु तिनीहरू आफूलाई इच्छा लागेको कुनै पनि बेला परिवार र साथीभाइसित रमाइलो गर्ने वा गरिब तथा खाँचोमा परेकाहरूलाई मदत गर्ने गर्छन्‌। अनि यसो गर्दा तिनीहरू आनन्दित र सन्तुष्ट हुन सकेका छन्‌।

a द एक्सटर्नल्स अफ द क्याथोलिक चर्च

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने