प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 १/१ p. १६
  • जीवनको सुरुवात कसरी भयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनको सुरुवात कसरी भयो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • के जनावरहरू स्वर्ग जान्छन्‌?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • जीवनको सुरुवात कसरी भयो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • पशुपक्षीहरूलाई क्रूर व्यवहार गर्नु—के गलत हो?
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 १/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

थुप्रै मानिसले सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्‍वास गर्नुको कारण के हो?

आफ्नो बच्चालाई माया देखाइरहेकी आमा

जीवन अद्‌भुत छैन र?

आजभन्दा करिब ३,००० वर्ष अघि एक जना कविले यसो लेखे: “म भयानक र आश्‍चर्य रीतिले बनिएको छु।” (भजन १३९:१४) एउटा सानो कोष विकास हुँदै कसरी शिशु बन्छ भन्‍ने कुरा विचार गर्दा तपाईंलाई अचम्म लाग्दैन र? थुप्रै मानिस जीवित प्राणीहरूको डिजाइनको श्रेय सृष्टिकर्तालाई दिन्छन्‌।—भजन १३९:१३-१७; हिब्रू ३:४ पढ्‌नुहोस्‌।

ब्रह्‍माण्ड सृष्टि गर्नुहुने र पृथ्वीलाई जीवित प्राणीहरू बस्न लायक बनाउनुहुने सृष्टिकर्ताले नै जीवनको सुरुवात गर्नुभयो। (भजन ३६:९) उहाँले मानिसहरूसित कुराकानी गर्नुभएको छ र हामीलाई आफ्नो बारेमा बताउनुभएको छ।—यशैया ४५:१८ पढ्‌नुहोस्‌।

के हामी जनावरबाट विकास भएका हौं?

हुन त जनावर र हाम्रो शरीरबीच थुप्रै समानता पाइन्छ। तर सृष्टिकर्ताले मानिस र जनावर दुवैलाई पृथ्वीमा बाँच्नको लागि डिजाइन गर्नुभएकोले नै त्यस्तो समानता पाइएको हो। उहाँले पहिलो मानिसलाई जनावरबाट नभई माटोबाट बनाउनुभएको थियो।—उत्पत्ति १:२४; २:७ पढ्‌नुहोस्‌।

मानिस दुई वटा तरिकामा जनावरभन्दा फरक छ। पहिलो, मानिससित सृष्टिकर्ताको विषयमा ज्ञान लिने, उहाँलाई माया गर्ने र उहाँको आदर गर्ने क्षमता छ। दोस्रो, मानिसलाई सधैंभरि बाँच्न सक्नेगरि सृष्टि गरिएको थियो तर जनावरलाई भने थिएन। तर पहिलो मानिसले सृष्टिकर्ताको निर्देशन पालन नगरेकोले सबै मानिस मर्नु परेको हो।—उत्पत्ति १:२७; २:१५-१७ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको अध्याय १ हेर्नुहोस्‌

www.jw.org /ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने