प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ५/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • न्यायको दिनमा के हुनेछ?
    प्रहरीधरहरा: के ईश्‍वर महिलाहरूलाई अनमोल ठान्‍नुहुन्छ?
  • न्यायको दिन र त्यस पछि
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • न्यायको दिन के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ५/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

न्यायको दिन भनेको के हो?

हजार वर्षको दौडान पुनर्जीवनले परिवारको मिलन गरायो

न्यायको दिन किन खुसीको दिन हो?

बाइबलकालीन समयमा आफ्ना उपासकहरूलाई अन्याय नहोस्‌ भनेर परमेश्‍वरले न्यायकर्ताहरूलाई चलाउनुभयो। (न्यायकर्त्ता २:१८) भविष्यमा आउने न्यायको दिन खुसीको दिन हुनेछ भनेर बाइबलमा बताइएको छ। किनभने त्यतिबेला पृथ्वीका न्यायकर्ता यहोवा परमेश्‍वरले मानिसहरूलाई अन्याय र अत्याचारबाट छुटकारा दिनुहुनेछ।—भजन ९६:१२, १३; यशैया २६:९ पढ्‌नुहोस्‌।

परमेश्‍वरले येशूलाई जीवित र मरेकाहरूको न्याय गर्न नियुक्‍त गर्नुभएको छ। (प्रेषित १०:४२; १७:३१) थुप्रै मानिसले परमेश्‍वरबारे सिक्न नपाईकनै मृत्यु भोगेका छन्‌। न्यायको दिनमा ती मानिसहरूलाई येशूले फेरि जीवित गर्नुहुनेछ। त्यतिबेला तिनीहरूलाई परमेश्‍वरबारे सिक्ने र उहाँलाई माया गर्ने मौका दिइनेछ।—प्रेषित २४:१५ पढ्‌नुहोस्‌।

न्यायको दिन किन हजार वर्ष लामो हुनेछ?

हजार वर्षको दौडान मरेकाहरूलाई फेरि जीवित गरिनेछ। (प्रकाश २०:४, १२) परमेश्‍वरबारे सिक्न र उहाँप्रति आज्ञाकारी हुन तिनीहरूलाई समय चाहिन्छ। प्रायः मानिसहरू मर्नुभन्दा अघि गरेको कामको आधारमा न्याय गरिन्छ भन्‍ने विश्‍वास गर्छन्‌। तर त्यसको विपरीत मानिसहरूलाई जीवित गरेपछि तिनीहरूले देखाउने प्रतिक्रियाको आधारमा मात्र न्याय गरिनेछ भनेर बाइबलमा बताइएको छ।—रोमी ६:७ पढ्‌नुहोस्‌।

हजार वर्षको शासन सुरु हुनअघि अचानक आउने न्यायको दिनबारे पनि बाइबलमा बताइएको छ। त्यस दिनलाई अन्तको दिन भनिन्छ र यस दिनबारे यही पत्रिकाको आवरण लेखमा चर्चा गरिएको छ। अन्तको दिनमा परमेश्‍वरले दुष्ट मानिसहरूलाई सदाका लागि हटाउनुहुनेछ। (२ पत्रुस ३:७) त्यसैले हामीले परमेश्‍वरलाई माया गर्छौं भनेर शब्दमा मात्र नभई कामबाट देखाइरहनुपर्छ।—२ पत्रुस ३:९, १३ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित यस बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ २१३ हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने