प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 सेप्टेम्बर p. १३
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वरको विश्राम” के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • के तपाईं परमेश्‍वरको विश्राममा प्रवेश गर्नुभयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • हिब्रू ४:१२—“परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्छ”
    शास्त्रपदको व्याख्या
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 सेप्टेम्बर p. १३
प्रमोदवनमा आमा-छोरी फूलमा पानी हाल्दै

‘परमेश्‍वरको वचन जीवित र प्रबल छ’

पाठकहरूको प्रश्‍न

हिब्रू ४:१२ मा “परमेश्‍वरको वचन”-लाई “जीवित र प्रबल” भनिएको छ। त्यसको अर्थ के हो?

यसको प्रसङ्‌गलाई विचार गर्ने हो भने प्रेषित पावलले परमेश्‍वरको सन्देश अर्थात्‌ उहाँले बाइबलमा प्रकट गर्नुभएको उद्देश्‍यलाई सङ्‌केत गर्न खोजिरहेका थिए भनेर स्पष्ट हुन्छ।

प्रायजसो हाम्रा प्रकाशनहरूमा बाइबलसित मानिसको जीवन परिवर्तन गर्ने शक्‍ति छ भन्‍ने कुरालाई बुझाउन हिब्रू ४:१२ उल्लेख गरेको पाउँछौं अनि यो पदलाई यो तरिकामा बुझ्नु उचित पनि हो। तर हिब्रू ४:१२ को अर्थ यतिमा मात्र सीमित छैन। उक्‍त पदमा पावलले हिब्रू ख्रीष्टियनहरूलाई परमेश्‍वरको उद्देश्‍यलाई साथ दिन आग्रह गरिरहेका थिए। उहाँको उद्देश्‍यबारे धेरैजसो कुरा पवित्र लेखोटमा उल्लेख गरिएको थियो। पावलले मिश्रबाट बचाएर ल्याइएका इस्राएलीहरूलाई उदाहरणको रूपमा प्रयोग गरेका छन्‌। ती इस्राएलीहरूसित “दूध र मह बहने” देशमा प्रवेश गर्ने आशा थियो, जहाँ तिनीहरूले साँचो विश्राम पाउने थिए।—प्रस्थ. ३:८; व्यव. १२:९, १०.

त्यो उद्देश्‍य परमेश्‍वरले प्रकट गर्नुभएको थियो। तर इस्राएलीहरूले पछि आफ्नो मन कठोर बनाए र अविश्‍वासी भए। फलस्वरूप तिनीहरूमध्ये धेरै जनाले त्यो विश्राममा प्रवेश गर्न पाएनन्‌। (गन्ती १४:३०; यहो. १४:६-१०) तर पावलले “[परमेश्‍वरको] विश्राममा प्रवेश गर्ने प्रतिज्ञा अझ पनि कायमै छ” भनी बताए। (हिब्रू ३:१६-१९; ४:१) स्पष्ट छ, यो “प्रतिज्ञा” परमेश्‍वरको उद्देश्‍यको एउटा भाग हो। त्यसैले हिब्रू ख्रीष्टियनहरूले जस्तै हामीले पनि यस उद्देश्‍यबारे पढ्‌न र त्यसलाई साथ दिन सक्छौं। यो प्रतिज्ञा धर्मशास्त्रमा आधारित छ भनेर देखाउन पावलले उत्पत्ति २:२ र भजन ९५:११ का केही भाग उद्धरण गरे।

“[परमेश्‍वरको] विश्राममा प्रवेश गर्ने प्रतिज्ञा अझ पनि कायमै छ” भन्‍ने कुराले हाम्रो मन छुन्छ। बाइबलमा बताइएको परमेश्‍वरको विश्राममा प्रवेश गर्ने आशा साँच्चै सम्भव छ भनेर हामी विश्‍वास गर्छौं र त्यसमा प्रवेश गर्न हामीले आवश्‍यक कदम पनि चालिसक्यौं। मोशाको व्यवस्था पालन गरेर वा अरू कामद्वारा यहोवाको अनुमोदन पाउन खोजेर हामीले यस्तो कदम चालेका होइनौं। बरु, विश्‍वास देखाउँदै परमेश्‍वरका उद्देश्‍यलाई साथ दिएका छौं र अहिले पनि साथ दिइरहेका छौं। साथै, सुरुको अनुच्छेदमा बताइएझैं अहिले संसारभरि हजारौं मानिसले बाइबल अध्ययन गर्न र उहाँले प्रकट गर्नुभएका उद्देश्‍यहरूबारे सिक्न थालेका छन्‌। तिनीहरूमध्ये धेरै जना आफ्नो जीवनशैली परिवर्तन गर्न, विश्‍वास गर्न र बप्तिस्मा गरेर यहोवाका साक्षी बन्‍न उत्प्रेरित भएका छन्‌। मानिसहरूमा परेको यस्तो प्रभावले “परमेश्‍वरको वचन जीवित र प्रबल” छ भन्‍ने स्पष्ट प्रमाण दिन्छ। बाइबलमा परमेश्‍वरले प्रकट गर्नुभएको उद्देश्‍यले हाम्रो जीवनलाई असर गरिसकेको छ र यसले आगामी दिनहरूमा पनि असर गरिरहनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने