प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या ५ पृ. ३
  • स्वर्गदूतहरू—के तिनीहरूले हाम्रो जीवनमा प्रभाव पार्न सक्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्गदूतहरू—के तिनीहरूले हाम्रो जीवनमा प्रभाव पार्न सक्छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • के प्रत्येक व्यक्‍तिलाई सुरक्षा दिन स्वर्गदूत खटाइएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • वफादार स्वर्गदूतहरूको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या ५ पृ. ३
एउटा दम्पतीले एक महिलालाई बाइबलबाट सान्त्वना दिंदै

आवरण लेख | स्वर्गदूतहरू—तिनीहरू साँच्चै छन्‌? हामीलाई कस्तो प्रभाव पार्छन्‌?

स्वर्गदूतहरू—के तिनीहरूले हाम्रो जीवनमा प्रभाव पार्न सक्छन्‌?

कुरासाओमा बस्ने केनिथ र फिलोमेना बाइबलको कुरा सिकाउन एक दिन एउटा दम्पतीको घरमा गएका थिए।

केनिथ भन्छन्‌, “हामी त्यहाँ पुग्दा घरको ढोका बन्द थियो र तिनीहरूको गाडी पनि थिएन। तर किन हो कुन्‍नी, मलाई ती अध्ययन गर्ने बहिनीलाई फोन गरूँ-गरूँ जस्तो लाग्यो।”

तिनले फोन उठाइन्‌ र आफ्नो श्रीमान्‌ काममा गएको कुरा बताइन्‌। तर केनिथ र फिलोमेना घरमा आएको थाह पाएपछि तिनले उनीहरूलाई भित्रै बोलाइन्‌।

तिनी रोइरहेकी थिइन्‌ भन्‍ने कुरा उनीहरूले बुझिहाले। केनिथले प्रार्थना गरेर बाइबल अध्ययन सुरु गर्न मात्र के लागेका थिए तिनी फेरि रुन थालिन्‌। त्यसैले केनिथ र फिलोमेनाले तिनलाई आफ्नो मनको बह पोखाउन आग्रह गरे।

तिनले आफ्नो मनको कुरा खोलिन्‌। त्यही दिन तिनले आत्महत्या गर्ने सोच बनाएकी रहेछिन्‌। अनि केनिथले फोन गर्दा तिनी आफ्नो श्रीमान्‌लाई चिठी लेख्दै थिइन्‌। तिनले आफूलाई डिप्रेसन भएको कुरा पनि बताइन्‌। त्यसैले केनिथ र फिलोमेनाले बाइबलबाट तिनलाई केही सान्त्वनादायी कुराहरू बताए। तिनीहरूले दिएको त्यो प्रोत्साहनले ती महिलाको ज्यान जोगियो।

केनिथ भन्छन्‌, “निराश भएकी ती महिलालाई मदत दिन पाएकोमा हामी यहोवाप्रतिa कृतज्ञ छौं। हुन सक्छ उहाँले आफ्नो स्वर्गदूत वा पवित्र शक्‍तिद्वारा हामीलाई ठिक समयमा फोन गर्न झकझकाउनुभयो।”

परमेश्‍वरले स्वर्गदूत वा पवित्र शक्‍ति चलाएर ती महिलालाई मदत गर्नुभयो भनेर केनिथ र फिलोमेनाले विश्‍वास गर्नु जायज छ? अथवा केनिथले ठ्‌याक्कै त्यति नै बेला फोन गर्नु के एउटा सन्जोग मात्र थियो?

हामी तोकेरै भन्‍न त सक्दैनौं। तर परमेश्‍वरले आफ्ना जनहरूलाई आध्यात्मिक मदत दिन स्वर्गदूतहरू चलाउनुहुन्छ भन्‍ने कुरामा चाहिं हामी ढुक्क हुन सक्छौं। उदाहरणको लागि, परमेश्‍वरले प्रचारक फिलिप कहाँ एक जना स्वर्गदूत पठाउनुभयो। ती स्वर्गदूतले इथियोपियाली नपुंसकलाई आध्यात्मिक तवरमा मदत दिन फिलिपलाई डोऱ्‍याए।—प्रेषित ८:२६-३१.

थुप्रै धर्मले आत्मिक प्राणीहरू छन्‌ भनेर सिकाउँछन्‌। तीमध्ये केहीलाई परमेश्‍वरको इच्छा पूरा गर्न वा व्यक्‍तिविशेषको हेरचाह गर्न खटाइएको हुन्छ भनेर पनि बताइन्छ। स्वर्गदूतहरूले हामीलाई मदत गर्न सक्छन्‌ भनेर थुप्रै मानिस विश्‍वास गर्छन्‌। तर अरू कतिपय चाहिं स्वर्गदूतहरू हुन्छन्‌ भनेर पटक्कै विश्‍वास गर्दैनन्‌।

के स्वर्गदूतहरू साँच्चै छन्‌? छन्‌ भने, तिनीहरू कसरी अस्तित्वमा आए? स्वर्गदूतहरूबारे सत्य कुरा के हो? के तिनीहरूले तपाईंको जीवनमा कुनै प्रभाव पार्न सक्छन्‌? आउनुहोस्‌, यस विषयमा केही प्रमाणहरू केलाएर हेरौं।

a यहोवा बाइबलमा उल्लेख गरिएको परमेश्‍वरको नाम हो।—प्रकाश ४:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने