प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ५ pp. १०-११
  • मलाई परमेश्‍वर छैन जस्तो लाग्थ्यो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाई परमेश्‍वर छैन जस्तो लाग्थ्यो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • परमेश्‍वरले मात्र अन्याय हटाउन सक्नुहुन्छ भनेर बल्ल बुझेँ
    ब्यूँझनुहोस्‌!—२०११
  • “आफूले चाहेको सबै कुरा मसित छ जस्तो लाग्थ्यो”
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ५ pp. १०-११
आन्द्रियास र तबीता गोलेक

प्रचारकार्यमा मेरी पत्नी तबितासँगै

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

मलाई परमेश्‍वर छैन जस्तो लाग्थ्यो

आन्द्रियास गोलेकको वृतान्तमा आधारित

  • जन्म मिति: १९७४

  • जन्म स्थान: जर्मन प्रजातान्त्रिक गणतन्त्र

  • विगतमा: नास्तिक

मेरो विगत

आन्द्रियास गोलेक जवान छँदा

मेरो जन्म जर्मन प्रजातान्त्रिक गणतन्त्रको स्याक्सोनी भन्‍ने गाउँमा भएको थियो। मेरो आमाबुबा मायालु हुनुहुन्थ्यो। उहाँहरूले मलाई असल नैतिक मूल्यमान्यता सिकाउनुभएको थियो। जर्मन प्रजातान्त्रिक गणतन्त्र एउटा कम्युनिस्ट राज्य भएकोले स्याक्सोनीका धेरै मानिसहरू धर्मकर्ममा विश्‍वास गर्दैन थिए। मलाई पनि परमेश्‍वर छैन जस्तो लाग्थ्यो। अठार वर्षको उमेरसम्म नास्तिकवाद र साम्यवादले मेरो जीवनमा ठूलो प्रभाव पारेको थियो।

समाजका सबै मानिस समान हुन्‌ भन्‍ने साम्यवादको सिद्धान्त मलाई मन पर्थ्यो। अनि भौतिक स्रोतसाधन सबैलाई समान रूपमा बाँड्‌नुपर्छ जस्तो मलाई लाग्थ्यो। यसो गर्दा समाजमा धनी-गरिब भन्‍ने नै हुँदैन। त्यसैले म कम्युनिस्ट युवा सङ्‌घको सदस्य भएँ। चौध वर्षको हुँदा मैले खेर गएका कागजलाई पुनःप्रयोग गर्ने प्रोजेक्टमा जोडतोडले भाग लिएँ। औव सहरका मानिसहरूले मेरो यस्तो प्रयासको खुबै प्रशंसा गरे। अनि मलाई यस कामको लागि अवार्ड पनि दिइयो। सानै उमेरमा मैले केही गण्यमान्य नेताहरूसँग चिनापर्ची गर्ने मौका पाएको थिएँ। म सही गर्दै छु अनि मेरो भविष्य उज्ज्वल छ जस्तो लाग्थ्यो।

केही समय नबित्दै मेरा सबै सपना चकनाचुर भए। सन्‌ १९८९ मा बर्लिन पर्खाल भत्काइयो, त्यससँगै पूर्वी युरोपका कम्युनिस्ट मुलुकहरू पनि विभाजित भए। एकपछि अर्को घटना घट्‌यो। जर्मन प्रजातान्त्रिक गणतन्त्रमा अन्याय र अत्याचार सामान्य भइसकेको थियो। उदाहरणको लागि, साम्यवादलाई समर्थन नगर्ने मानिसहरूलाई तल्लो दर्जाका नागरिकहरूलाई जस्तो व्यवहार गर्न थालियो। कहाँ हरायो समानता? साम्यवादको सिद्धान्तले सबै मानिस समान हुन्‌ भनेर सिकाउँदैन र? के साम्यवाद सिद्धान्तमा मात्र सीमित थियो? मलाई निराशाको बाक्लो बादलले ढाक्न थाल्यो।

त्यसैले साम्यवादको पछि लाग्न छोडेर मैले सङ्‌गीत र चित्रकला सिक्न थालें। म सङ्‌गीत एकेडेमीमा सङ्‌गीत सिक्दै थिएँ अनि विश्‍वविद्यालय जान चाहन्थें। सङ्‌गीतकार अनि चित्रकार बन्‍ने मेरो ठूलो धोको थियो। सानोमा छँदा सिकेका सबै नैतिक मूल्यमान्यता मैले बेवास्ता गर्न थालें। मेरो लागि महत्त्वपूर्ण कुरा भनेकै मोजमस्ती गर्नु थियो। जस्तै, एकै चोटि धेरै केटीहरूसँग डेटिङ गर्नु। तर सङ्‌गीत, कला र बिन्दास पाराको जीवनशैलीले मलाई निराशाबाट छुटकारा दिन सकेन। मेरो मनमा लुकेका डरहरू मैले कोरेका तस्बिरहरूमा छर्लङ्‌गै देखिन्थे। मेरो भविष्य कस्तो होला? मेरो जीवनको उद्देश्‍य के हो?

मेरो मनमा उठेका यी प्रश्‍नहरूको जवाफ पाउँदा म छक्क परें। एक साँझ एकेडेमीका केही विद्यार्थीहरू सँगै भविष्यबारे कुराकानी गर्दै थियौं। म्यान्डीa पनि त्यही थिइन्‌। तिनी एक जना यहोवाको साक्षी थिइन्‌। त्यस साँझ तिनले मलाई राम्रो सल्लाह दिइन्‌। तिनले मलाई यसो भनिन्‌, “आन्द्रियास, यदि तिमी जीवन र भविष्यबारे जान्‍न चाहन्छौं भने एक चोटि राम्रोसँग बाइबल पढ।”

मेरो मनमा शङ्‌का पनि थियो अनि जिज्ञासा पनि थियो। तर मैले बाइबल खोलेर हेर्ने निधो गरें। म्यान्डीले मलाई दानियल अध्याय २ पढ्‌न भनिन्‌। त्यहाँ लेखिएका कुरा पढ्‌दा मलाई अचम्म लाग्यो। त्यो भविष्यवाणीमा हाम्रो समयसम्म असर गर्ने विश्‍वशक्‍ति अनि सरकारहरूबारे चर्चा गरिएको छ। म्यान्डीले मलाई भविष्य कस्तो हुनेछ भन्‍नेबारे लेखिएका अरू भविष्यवाणीहरू पनि बाइबलबाट देखाइन्‌। मैले मेरा प्रश्‍नहरूको जवाफ पाएँ! तर कसले यी भविष्यवाणीहरू लेख्यो अनि कसले भविष्यमा हुने कुरा यत्ति राम्रोसँग बताउन सक्छ र? के यसको मतलब परमेश्‍वर साँच्चै हुनुहुन्छ?

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

म्यान्डीले मलाई होर्स्ट र एन्जेलिकासँग भेट गराइन्‌। ती साक्षी दम्पतीले मलाई बाइबलका कुराहरू राम्रोसँग बुझ्न मदत गरे। यहोवाका साक्षीहरूले मात्र परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा प्रयोग गर्छन्‌ र उहाँको आदर गर्छन्‌ भन्‍ने कुरा बुझें। (भजन ८३:१८; मत्ती ६:९) यहोवा परमेश्‍वरले मानिसजातिलाई सुन्दर पृथ्वीमा सधैंभरि बाँच्ने आशा दिनुभएको छ भनेर पनि मैले सिकें। भजन ३७:९ मा लेखिएको कुरा साँच्चै मन पऱ्‍यो। त्यहाँ यस्तो लेखिएको छ: “परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌।” यो आशा परमेश्‍वरको स्तरअनुसार जीवन बिताउने सबैको लागि हो भन्‍ने कुराले मेरो मन छोयो।

तर बाइबलको स्तरअनुसार जीवन बिताउन मैले निकै सङ्‌घर्ष गर्नुपऱ्‍यो। सङ्‌गीतको क्षेत्रमा राम्रो नाम कमाएकोले म घमन्डी भएको थिएँ। त्यसकारण सुरुमा मैले नम्र हुन सिक्नुपर्थ्यो। साथै अनैतिक जीवनशैली त्याग्न पनि मेरो लागि त्यत्ति सजिलो थिएन। बाइबलको शिक्षाअनुसारै जीवन बिताउन कोसिस गर्नेहरूप्रति यहोवा धीरजी, दयालु र अनुग्रही हुनुभएकोमा म साँच्चै कृतज्ञ छु।

अठार वर्षको उमेरसम्म नास्तिकवाद र साम्यवादले मेरो जीवनमा ठूलो प्रभाव पारेको थियो। तर त्यसदेखि यता बाइबलले मेरो जीवनलाई नयाँ मोड दिएको छ। बाइबलबाट सिकेको कुराले भविष्यको चिन्ताबाट मुक्‍त हुन र जीवनको उद्देश्‍य थाह पाउन मदत गरेको छ। मैले सन्‌ १९९३ मा बप्तिस्मा गरें र सन्‌ २००० मा तबितासँग विवाह गरें। हामी अरूलाई बाइबलबाट सिकाउन सकेसम्म धेरै समय प्रयोग गर्छौं। हामीले भेटेका मानिसहरूमध्ये धेरैको पृष्ठभूमि मेरोजस्तै छ। तिनीहरूलाई पनि साम्यवाद र नास्तिकवाद विचारधाराले प्रभाव पारेको छ। तिनीहरूलाई यहोवाबारे सिकाउँदा म साँचो सन्तुष्टि पाएको महसुस गर्छु।

मैले कसरी लाभ उठाएको छु?

आन्द्रियास गोलेक

यहोवाका साक्षीहरूसँग सङ्‌गत गर्न थाल्दा मेरो आमाबुबा असाध्यै रिसाउनुभएको थियो। तर यहोवाका साक्षीहरूसँगको सङ्‌गतले गर्दा मेरो जीवनमा आएका सकारात्मक परिवर्तनहरू उहाँहरूले याद गर्नुभयो। खुसीको कुरा, उहाँहरू अहिले बाइबल पढ्‌नुहुन्छ र यहोवाको साक्षीहरूको सभामा पनि उपस्थित हुनुहुन्छ।

तबिता र म सुखी पारिवारिक जीवन बिताउँदै छौं। किनभने विवाहित दम्पतीहरूका लागि बाइबलमा दिइएका सल्लाहहरू पालन गर्न हामी सक्दो प्रयास गर्छौं। उदाहरणको लागि, आफ्नो पति वा पत्नीप्रति वफादार हुनुपर्छ भन्‍ने बाइबलको सल्लाह लागू गर्दा हाम्रो वैवाहिक बन्धन अझै बलियो भएको छ।—हिब्रू १३:४.

मलाई अहिले भविष्यको डर र जीवनको चिन्ताले सताउँदैन। संसारभर रहनुभएका मेरा सङ्‌गी दाजुभाइ दिदीबहिनीसँगै साँचो शान्ति र एकतामा रहन सकेको छु। यस अन्तरराष्ट्रिय परिवारमा हामी सबै एकअर्कालाई समान व्यवहार गर्छौं। मैले सानैदेखि कल्पना गरेको र चाहेको कुरा पनि यही नै हो।

a नाम परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने