प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जून पृ. १४-१५
  • के तपाईं मानिसको भित्री रूप हेर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं मानिसको भित्री रूप हेर्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • तिनले आफ्नो गुरुबाट क्षमा दिन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • हाम्रो अनमोल विश्‍वासलाई थामिराखौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • परीक्षा आइपर्दा तिनी वफादार रहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • पत्रुसजस्तै यहोवाको सेवामा लागिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जून पृ. १४-१५
घरबार नभएका पिटर

के तपाईं मानिसको भित्री रूप हेर्नुहुन्छ?

क्यानाडाका डन नाम गरेका एक साक्षी सडकमा जीवन बिताइरहेका मानिसहरूसँग कुराकानी गर्न सक्दो कोसिस गर्छन्‌। त्यस्तै एक जना मानिसबारे डन भाइ यसो भन्छन्‌: “मैले पिटरलाई भेटेको थिएँ। उहाँको घरबार थिएन; गल्लीहरूमै सुत्नुहुन्थ्यो। त्यस्तो फोहोरी मान्छे मैले कहिल्यै देखेको थिइनँ। उहाँ असाध्यै रुखो स्वभावको हुनुहुन्थ्यो, कसैलाई आफ्नो नजिक आउन दिनुहुन्‍नथ्यो। मानिसहरूले दया गरेर मदत गर्न खोज्दा पनि बारम्बार इन्कार गर्नुहुन्थ्यो।” तैपनि डन भाइले हार नमानीकन १४ वर्षसम्म त्यस मानिसलाई धीरजी अनि मायालु हुँदै पटक-पटक मदत गर्न खोजे।

डन भाइ पिटरलाई प्रचार गर्दै

एक दिन, पिटरले डन भाइलाई सोधे: “तिमी किन मलाई दुःख दिइरहन्छौ हँ? अरू कसैलाई मेरो मतलब छैन। तिमीचाहिं किन मेरो चासो राख्छौ?” पिटरको मन छुन डन भाइले कुशलतासाथ तीन वटा शास्त्रपद देखाए। सुरुमा, तिनले परमेश्‍वरको पनि नाम छ भन्‍ने कुरा थाह थियो कि भनेर पिटरलाई सोधे अनि सिधै बाइबल खोलेर भजन ८३:१८ पढ्‌न लगाए। त्यसपछि, आफूले चासो देखाउनुको कारण बुझाउन रोमी १०:१३, १४ पढ्‌न लगाए, जहाँ यस्तो लेखिएको छ: “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।” अन्तमा तिनले मत्ती ९:३६ पढ्‌न लगाए, जहाँ यस्तो लेखिएको छ: “भीडलाई देखेर [येशू] टिठाउनुभयो किनभने तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता थिए।” त्यसपछि आँखाभरि आँसु राख्दै पिटरले सोधे: “के म पनि ती भेडाहरूजस्तै छु?”

पिटरले परिवर्तन गर्न थाले। उनले नुहाए, दाह्री मिलाएर काटे अनि डन भाइले दिएको राम्रो लुगा लगाए। उनी पहिलाजस्तो फोहोरी भएर बसेनन्‌।

पिटरसँग एउटा डायरी थियो। त्यो डायरीको सुरु-सुरुका पानाहरू दुःख अनि निराशाले भरिएका थिए। तर पछि-पछि लेखिएका कुराहरू भने निकै फरक थिए। उनले एक ठाउँमा यस्तो लेखेका छन्‌: “आज मैले परमेश्‍वरको नाम थाह पाएँ। अबदेखि म पनि यहोवालाई प्रार्थना गर्न सक्छु। उहाँको नाम थाह पाएकोले म धेरै खुसी छु। डन भाइले भनेको म पनि यहोवाको साथी बन्‍न सक्छु रे। अनि उहाँ मेरो जुनसुकै कुरा जहिले पनि सुन्‍न तयार हुनुहुन्छ रे।”

उनले डायरीमा लेखेका अन्तिम शब्दहरू आफ्नो दिदी र भाइको लागि थियो। उनले यस्तो लेखेका थिए:

“आज मलाई अलि सन्चो छैन। म बूढो भइसकें। अब म धेरै दिन बाँच्दिनँ होला। म आजै मरेछु भने पनि मलाई कुनै चिन्ता छैन। किनभने म आफ्नो साथीलाई [डन] प्रमोदवनमा फेरि भेट्‌न सक्छु। तिमीहरूले यो डायरी पढ्‌ने बेलासम्म सायद म यो संसारमा हुँदिनँ होला। मेरो अन्त्येष्टिको दिनमा तिमीहरूले नचिनेको कुनै मान्छे आयो भने ऊसित कुरा गर्नू। यो सानो निलो किताब पनि पढ्‌नू।a यो किताबमा म आफ्नो साथीलाई प्रमोदवनमा फेरि भेट्‌न पाउँछु भनेर लेखिएको छ। म यो कुरामा मनैदेखि विश्‍वास गर्छु। तिमीहरूको प्यारो पिटर।”

अन्त्येष्टिपछि पिटरकी दिदी उमीले भनिन्‌: “करिब दुई वर्षअघि पिटरसँग कुरा भएको थियो। लामो समयपछि पहिलो पटक ऊ खुसी भएको जस्तो लाग्यो। ऊ मुस्कुराउँदै थियो।” उमीले डन भाइलाई यसो भनिन्‌: “म यो किताब पढ्‌छु। किनभने मेरो भाइको मन छुन सक्ने किताब पक्कै विशेष हुनुपर्छ।” उमी एक जना यहोवाको साक्षीसित बाइबलले वास्तवमा के सिकाउँछ? किताबबाट छलफल गर्न राजी भइन्‌।

डन भाइ पिटरलाई आध्यात्मिक रूपमा मदत गर्न छोड्‌दैनन्‌; पिटरले सफा लुगा लगाएका छन्‌

हामी पनि मानिसको बाहिरी रूप होइन, भित्री रूप हेरेर तिनीहरूलाई साँचो प्रेम देखाउन सक्छौं। अनि सबै किसिमका मानिसलाई धीरजी भई सुसमाचार सुनाउन सक्छौं। (१ तिमो. २:३, ४) यसो गऱ्‍यौं भने पिटरजस्तै बाहिरबाट फोहोरी अनि झुत्रेझाम्रे देखिने तर भित्रबाट सफा मन भएका मानिसहरूको मन छुन सक्नेछौं र परिवर्तन गर्न मदत गर्न सक्नेछौं। हामी यस कुरामा ढुक्क हुन सक्छौं, ‘हृदय हेर्नुहुने’ परमेश्‍वरले असल मनसाय भएका मानिसहरूलाई सत्य कुरा सिकाइरहनुहुनेछ।—१ शमू. १६:७; यूह. ६:४४.

a पिटरले यहाँ अनन्त जीवनतर्फ लैजाने सत्य (अङ्‌ग्रेजी) किताबबारे उल्लेख गरेका हुन्‌। उनले यो किताब वर्षौंअघि पाएका थिए। यो किताब यहोवाका साक्षीहरूद्वारा प्रकाशित भएको हो तर अहिले छापिंदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने