के ईश्वरले तपाईँको ख्याल राख्नुहुन्छ?
© 2018 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरणको तस्बिरमा प्राकृतिक प्रकोपमा घर गुमाएकी एउटी केटीलाई देखाइएको छ
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ। अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
यस प्रहरीधरहरा पत्रिकाले ब्रह्माण्डको शासक यहोवा परमेश्वरलाई आदर गर्छ। स्वर्गमा स्थापित परमेश्वरको राज्यले छिट्टै सारा दुष्टता नामेट गर्नुका साथै पृथ्वीलाई सुन्दर बगैँचामा परिणत गर्नेछ भन्ने सुसमाचार सुनाएर यसले मानिसहरूलाई सान्त्वना दिन्छ। हामीले अनन्त जीवन पाउन सकोस् भनी आफ्नो जीवन दिनुहुने येसु ख्रिष्टमाथि विश्वास राख्न यसले प्रोत्साहित गर्छ, तिनै येसु जसले अहिले परमेश्वरको राज्यको राजाको रूपमा शासन गरिरहनुभएको छ। यो पत्रिका यहोवाका साक्षीहरूले सन् १८७९ देखि लगातार प्रकाशित गरिरहेका छन्। यो राजनैतिक पत्रिका होइन। यसले बाइबललाई आफ्नो मूल आधार मान्छ।