विषयसूची
३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—म्यानमार
सेप्टेम्बर ३-९, २०१८ को हप्ता
७ तपाईँलाई कसले चिनेको चाहनुहुन्छ?
आज धेरैजसो मानिसहरू अहिलेको दुष्ट संसारले दिने सफलता र ख्याति चाहन्छन्। तर यहोवाका वफादार जनको रूपमा उहाँबाट चिनिन चाहनु नै सबैभन्दा बुद्धिमानी कुरा हो। यहोवाबाट चिनिने कुरामा हामीले किन आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ भनेर यस लेखमा छलफल गर्नेछौँ। साथै हामीलाई चिनेको कुरा यहोवा कसरी देखाउनुहुन्छ भनेर पनि बुझ्नेछौँ। कहिलेकाहीँ हामीले आसै नगरेको तरिकामा यहोवा त्यसो गर्नुहुन्छ।
सेप्टेम्बर १०-१६, २०१८ को हप्ता
१२ तपाईँको आँखाले कसलाई हेर्दै छ?
यहोवाका वफादार जन मोशाले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने सुअवसर किन गुमाए भनेर हामी यस लेखमा केलाउनेछौँ। साथै मोशाको जस्तै पासोमा नपर्न हामीले के गर्नुपर्छ भनेर पनि बुझ्नेछौँ।
सेप्टेम्बर १७-२३, २०१८ को हप्ता
सेप्टेम्बर २४-३०, २०१८ को हप्ता
सबै मानिसमाथि यहोवाकै अधिकार छ। त्यसैले हामीले उहाँको मात्र उपासना गरेको उहाँ चाहनुहुन्छ। तर कोही-कोही भने यहोवाको उपासना गरेको दाबी पनि गर्ने अनि अर्कोतर्फ उहाँले घृणा गर्नुहुने काम पनि गरिरहने गर्छन्। पहिलो लेखमा हामी कयिन, सुलेमान, मोशा र हारूनको विवरणबाट सिक्न सकिने महत्त्वपूर्ण पाठ विचार गर्नेछौँ। दोस्रो लेखमा, यहोवाका जन हुन पाएकोमा हामी कृतज्ञ छौँ भनेर देखाउन सक्ने विभिन्न तरिकाहरू विचार गर्नेछौँ।
२७ “सबै किसिमका मानिसहरू”-प्रति दयालु भइरहौँ